नेकपाको केन्द्रीय कार्याल धुम्बाराही, सम्पर्क कार्यालय पेरिसडाँडा
काठमाडौँ: नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धम्बाराहीमा रहने भएको छ । पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
धूम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए ।
शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नम्बर पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।