पुुरुष जननेन्द्रियको प्रत्यारोपण

पुुरुष जननेन्द्रियको प्रत्यारोपण


अमेरिकी चिकित्सकहरूको एउटा समूहले पुुरुष जननेन्द्रियको सफल प्रत्यारोपण गरेका छन्। मेरिल्यान्ड राज्यको बाल्टिमोरस्थित जोन्स हप्किन्स विश्वविद्यालयका शल्य चिकित्सकको टोलीले एक अमेरिकी सैनिकको लिंग र अण्डकोषको सफलतापूर्वक प्रत्यारोपण गरेका हुुन्। ती सैनिक अफगानिस्तानमा कार्यरत रहँदा एक घटनामा बम विस्फोटमा घाइते भएका थिए।
चिकित्सकहरूले एक मृत व्यक्तिको लिंग, अण्डकोष र पेटको भित्री छाला ती सैनिकको जननेन्द्रिय प्रत्यारोपणमा उपयोग गरेका थिए। चिकित्सक टोलीले ती सैनिकका जननेन्द्रियले काम गर्ने दाबी गरेको छ। उनीहरूका अनुुसार ती सैनिकको आफ्नै लिंग पुुनर्निर्माण गरेको भए त्यो उपयोगी हुुने थिएन।

११ जना शल्य चिकित्सकको टोलीले गत मार्च २६ मा १४ घन्टा लगाएर ती सैनिकमा सफल प्रत्यारोपण गरेका थिए।

कर्तव्यपालन गर्दा घाइते भएका कुुनै पनि सैनिकको जननेन्द्रिय प्रत्यारोपण गरिएको योे पहिलो घटना हो भने अण्डकोष र जननेन्द्रियसहित त्यस वरिपरिका टिस्युुलगायत पेटको तल्लो भागको छालासमेत प्रत्यारोपण गरिएको पनि पहिलो पटक हो। तर, चिकित्सकहरूले नैतिक कारणले कुुन दाताको अण्डकोष ती सैनिकमा प्रत्यारोपण गरिएको हो जनाएका छैनन्।

‘घाइते सैनिकको जननेन्द्रिय काटिइसकेकाले अक्षम भइसकेको थियो’, जोन्स हप्किन्स युुनिभर्सिटीको प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी प्रमुुख डा.डब्ल्यूपी एन्ड्र्युु लीले भने, ‘युुद्धका केही घाउ र चोटपटक बाहिर देखिँदैनन् तर तिनको असर भने धेरैलाई मन पदैन।’ उनले यस्ता जननेन्द्रिय नै बेकम्मा हुुने गरी लागेका चोटपटकलाई युुद्धका अव्यक्त (मूक) घाउको उपमा दिए।

‘हाम्रो विश्वविद्यालयले सन् २०१४ मा चोटपटकपछि गरिने सहवास कार्यक्रम सहप्रायोजन गरेको थियो’, उनले भने, ‘कार्यक्रममा हामीले जननेन्द्रियमा चोट लागेका घाइते सैनिकका पत्नी, पारिवारिक सदस्य र घाइतेको सेवा गर्नेहरूबाट त्यस्ता चोटग्रस्त व्यक्तिको जीवनमा, सहबास, पहिचान र आत्मसम्मानमा नै परेका अत्यन्त नकारात्मक प्रभाव थाहा पायौं।’

जननेन्द्रिय प्रत्यारोपित सैनिकले अज्ञात नै रहने सर्तमा विश्वविद्यालयबाट जारी विज्ञप्तिमा भनेका छन्, ‘शल्यक्रियापछि जब म होशमा आएँ, मैले आफूलाई बल्ल सामान्य अनुुभव गरेँ, म अब ठीक छुु।’

मेडिकल शब्दावलीमा यस्तो शल्यक्रियालाई भास्कुुलराइज्ड कम्पोजिट एलोट्रान्सप्लान्ट भनिन्छ। यो शल्यक्रियामा छाला, हाड, मांसपेशी, टेन्डन र रक्त नली प्रत्यारोपण गरिन्छ।

द जोन्स हप्किन्स जेनिटल ट्रान्सप्लान्ट प्रोग्रामले प्रत्यारोपणको खर्च बेहोरेको थियो। कार्यक्रमको पहिलो प्राथमिकता पोस्ट–ट्रमेटिक बिरामी खासगरी जननेन्द्रिय गुुमाएका र परम्परागत विधिबाट उपचार नहुुने घाइते सैनिकका चोट थिए।

शल्य चिकित्सक टोलीमा समावेश विशेषज्ञहरूले ती सैनिक ६ देखि १२ महिनामा पूर्णतया निको भइसक्ने अपेक्षा गरेका छन्। जेनिटोयुुरिनरी ट्रान्सप्लान्ट प्रोग्रामका क्लिनिकल डाइरेक्टर डा. रिक रिडटले ती सैनिकले स्वास्थ्यलाभ गरिरहेका र यसै साता अस्पतालबाट डिस्चार्ज हुुने अपेक्षा गरिएको जानकारी दिए।

‘हामीले यस्ता जीवन सुुधार्ने प्रत्यारोपणबाट उनले पिसाब फेर्न र सहबास गर्न सक्ने तथा उनी सामान्य जिन्दगी जिउन सफल हुुने अपेक्षा हामीले लिएका छौं’, डा. रिडटले भने, ‘हाम्रो अर्को उद्देश्य भविष्यमा यस्तै अन्य बिरामीको यसरी नै सफल उपचार गर्ने प्रविधि उपलब्ध छ भन्ने जानकारी दिनुु पनि हो।

विश्वविद्यालयले कार्यक्रमअन्तर्गत यस्तै प्रकृतिका अन्य ६० वटा जननेन्द्रिय प्रत्यारोपण शल्यक्रिया गर्न स्वीकृति दिइसकेको जानकारी प्रत्यारोपण गर्ने चिकित्सक टोलीले दिएको छ।

अमेरिकामा पुुरुष जननेन्द्रियको पहिलो प्रत्यारोपण सन् २०१६ मा बोस्टनस्थित म्यासाचुुसेट्स जनरल हस्पिटलमा गरिएको थियो। विश्वमा पहिलोपल्ट लिंगको सफल प्रत्यारोपण भने सन् २०१४ मा एकजना दक्षिण अफ्रिकी शल्य चिकित्सकले गरेका थिए।

एजेन्सीकाे सहयाेगमा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.