३७ हजार घुससहित निर्देशक पक्राउ
काठमाडौं : प्रहरीले ३७ हजार घुससहित आयुर्वेद चिकित्शालय नरदेवीका निमित्त निर्देशक डा. रामदेव यादव पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सैतीस हजार घुससहित पक्राउ गरेको हो।
आयुर्विज्ञान अध्ययन संस्थान,नयाँ बानेश्वरमा आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण/तालिममा सहभागी गराइदिने भन्दै घुस मागेपछि यादवलाई पक्राउ गरेको प्रहरीले बताएको छ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।