पाँच दिनपछि फुयाँलको शव भेटियो

पाँच दिनपछि फुयाँलको शव भेटियो

सिन्धुली : पाँच दिन अघि रामेछापको मन्थलीस्थित रणजोर खोलाले बगाउँदा वेपत्ता भएकी १६ वर्षीया उष्मा फुयाँलको शव पाँच दिनपछि भेटिएको छ। 

गत वैशाख ३१ गते बिहान मन्थलीमा आएको बाढीले बगाएको फुयाँको शव पाँच दिनपछि सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ स्थित खुर्कोट नजिकै सुनकोसी नदीमा फेला पारेको सिन्धुली प्रहरीले जनाएको हो। 

मन्थली नगरपालिका-१ की फुयाँलको शव सुनकोसी नदीमा मृत अवस्थामा फेला परेको सिन्धुलीका प्रहरी प्रमुख रामेश्वरप्रसाद यादवले बताए।उनले शव पोष्ट मार्टमका लागि मन्थली जिल्ला अस्पतालमा पठाइएको र थप अनुसन्धान थालिएको बताए।

उता सिन्धुली प्रहरीले जुवा खेलिरहेको स्थानमा ६ जना जुवाडे  पक्राउ गरेको जनाएको छ ।सिन्धुलीको कमलामाई नगरपालिका- ६ रातमाटास्थित शिव सुनवारको घरबाट जुवा तास खेलिरहेको अवस्थामा ३८ हजार ८ सय ९० नगदसहित पक्राउ गरेको हो।पक्राउ पर्ने सबैलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा नियन्त्रणमा राखेर अनुसन्धान थालेको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.