तस्करीको नयाँ जुक्ति: ‘झोल सुन’सहित विमानस्थलबाट भारतीय पक्राउ

तस्करीको नयाँ जुक्ति: ‘झोल सुन’सहित विमानस्थलबाट भारतीय पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम झोल सुन (लिक्विड गोल्ड) सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले भारतीय नागरिक शम्सिद कुझिइललाई पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको विमानबाट नेपाल ओर्लिएका उनलाई प्रहरीले सुरक्षा जाँचका क्रममा झोल सुनसहित नियन्त्रणमा लिएको हो। 

उनले कम्मरमा बाँध्ने पेटी आकारमा सुनलाई झोल बनाएर तस्करी गर्न खोजेका थिए। प्रहरीले पक्राउ परेका कुझिइललाई थप कारबाहीका लागि भन्सार कार्यालय बुझाएको छ । सुनलाई झोल बनाएर तस्करी गरेको अवस्थामा यसअघि पनि प्रहरीले दुई पटक बरामद गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.