लेप्मुुहाङको डुुंगामा सयर गर्दा
जीवनमा कविताको उपस्थिति अपरिहार्य छ। मानिसहरू कतै न कतै कविताको रस पिएर हिँडेकै छन्। बोधगम्यता अनि अबोधगम्यता भन्ने कुुरा र कविताले गर्ने अभिव्यक्तिलाई चेतनाको स्तरले फरक पार्ने मात्र हो। तर पनि कविता जहिल्यै जीवनको छेउबाटै हिँडिरहेको हुुन्छ। कविताले आफ्नो धरातलमा टेकेर स्थानीयताको रङ ओढेर मानवताको वैश्विक चेत बोलोस्, युुगको प्रतिनिधित्व गरोस्, प्रत्येक कविले चाहेको यही हुुन्छ। किनभने सापटीमा ल्याएका कविताका बिरुवाहरू, यो माटो र हावापानीमा मौलाउन नसकेका दृष्टान्तहरू धेरै पढियो, देखियो। र, तिनीहरूको अवसान पनि। अहिले स्थानीय ढुुंगा माटोमा उभिएर कला साहित्यको विरासत कायम गर्ने जुुन धार बगेको छ, त्यसले विविधतामा विभक्त स्वरहरूलाई अति नै सुुन्दर ढंगबाट मान्छेले बनाएर ल्याएको सभ्यताको ठूलो हाइवेमा ठड्याइदिएका छन् मौलोहरू, जहाँबाट सदीयौंदेखि छायाँमा परेका अनुुहार पढ्न सकिन्छ।
पराजित पोमुुका कविताहरू ‘गर्भिणी जुुग’, ‘साक्षी इतिहास’, ‘अन्तर आकृति’, ‘रक्तबीजका सन्तान’, ‘पुुल’, ‘सिसिफसको बुुट्टी’, ‘बुुद्ध पुुनः जन्मनुुपर्छ’मा जुुन शब्द–चित्रहरू छन् तिनीहरू केवल पढिँदैनन्, हेरिन्छन् र अर्थहरूको विराटतामा सम्प्रेषित हुुन्छन्। उनले पछ्याएको यो शैली विरलै भए पनि कविताका रागहरू टाढाटाढासम्म गुुञ्जिन्छन्। शीर्ष कविता ‘लेप्मुुहाङको डुुंगा’ले किराँत मुुन्धुुमको मिथकलाई विकृति, विसंगतिसित जोडेर एउटा सुुन्दर मानवसमाजको आह्वान गरेको छ। वास्तवमै भन्ने हो भने यही कविताको सेरोफेरोमा रहेर संग्रहका सबै कविताले उचाइ खोजिरहेभैंm देखिन्छ।
उनका केही कविता पढ्दा यस्तो लाग्छ— उनी आफ्नो मातृभाषा, साहित्य, संस्कृति, सभ्यतालाई मूलधारको साहित्यसित जोडेर एउटा नयाँ सौन्दर्य र धुुन थप्न चाहन्छन्, जुुन साह्रै उत्साहवर्धक छ, किनभने भाषाहरू संसारभरि मृत्युु र लोपोन्मुुख अवस्थामा तीव्र रहेको बेला यो सन्दर्भ निकै सोचनीय छ। यो कवितासंग्रहको एउटा विशेषता भनेको कविताका शीर्षकहरूको कलात्मक र अर्थपूर्ण चयन पनि हो, जसले पाठकलाई खिचेर लैजान्छ, कविताका अवयवहरू हुुँदै तल उपसंहारसम्म। उदाहरणका लागि ‘चेतको भीर’, ‘सिसिफसको बुुट्टी’, ‘हिस्टेरिया मन’, ‘एक ढाकर युुग’जस्ता कवितामा कविको काव्यचेत एवं कविताको लालित्य, बुुनोट निकै प्रखर भएर प्रस्तुुत भएको छ।
उनको अर्को विशेषता भनेको थोरै शब्दमा उभिएर धेरै कुुरा भन्नुु। व्याख्या, पुुनव्र्याख्या गरेर कविताको अजंगको रूप विधान कोर्ने प्रचलनबाट चटक्क हटेर जुुन छोटाछोटा कविता उनले रचेका छन्, ती सशक्त र सुुन्दर छन्। कविता संक्षिप्तमै सुुन्दर देखिन्छन्, को उदाहरण उनका कविता हुुन्। कवि पोमुुका कविता सरल त नभनौं तर चाखलाग्दा भने छन्। उनले जोडेका शब्दहरू जीवनकै छेउछाउमा अलपत्र परेर बसेका हुुन्, कविको काव्यचेतले त्यसलाई न्वारान गरेर जीवनको बुुटी बाँधिदिएको छ। कविहरूको यो हूलमा कवि पोमुु आफ्नो अस्तित्व पनि छ भन्ने कुुरा जनाउन सफल मात्रै छैनन्, कुुशल पनि देखिएका छन्। उनी आफ्नो कविता ‘लालमोहर’मा काव्यचेतको भर्भराउँदो अगुुल्ठोले ठोसिदिन्छन्— इतिहासको एउटा कारुणिक कालखण्डको दस्तावेजलाई यसरी ः
‘मेरो इतिहास
बूढो याक्साको कुुनाबाट
१८३१ उठाउँदै छुु
सन्दुुकको हिरासतबाट
लालमोहर’
इतिहासका कतिपय पानाहरू दुुखिरहन्छ, बल्झिरहन्छ, सायद चेतनाको दियोमा सलेदो बलेसम्म। कविहरू थपिरहन्छन् तेल दियोमा चेतनाको।
कवि पोमुु कविता ‘उन्मुुक्त आवेग’ मा विसंगत जीवनको चित्र कोर्छन् र विसंगतिले चिथोरेको घाइते जीवन यसरी बर्बराउँछन्—
‘कुुर्कुुच्चाले
उमार्दैछ कुुकुुर डाइनो जिन्दगी
कुुकुुरको पुुच्छर
गजो बनाएर
जिन्दगीको डम्फुु बजाइररहेछुु।’
जिन्दगी विसंगत नै छ, नमिलेको। मान्छे जीवनको संगतिको लागि लड्छ या विसंगतिको धुुन थुुनेर बस्छ। तर, जीवनमा रङ त लागेकै छ विसंगतिको।
कवितासंग्रह ‘लेप्मुुहाङको डुुंगा’ झट्ट सुुन्दा मस्तिष्कमा एउटा फाल्टै विम्ब बने पनि यो किताब समकालीन नेपाली कविताको धारमा बग्न सक्षम भएर मौलिक कविताको चिनारी दिन सफल छ। कविताले उठाएका मुुद्दाहरू गम्भीर र संवेनशील छन्। देखियो र पढियो पनि, कविताहरू सबै कालजयी भएर बाँच्दैनन्। कविताको आयुु सायद कविको काव्यचेतमा निहित हुुन्छ। कविले आफूलाई पराजित भनेर सम्बोधन गरेका छन्, यत्रो जुुझारु मान्छे जो विदेशमा रहेर पनि निरन्तर काव्य साधना गरिरहेछन्। कविता कर्म गरिरहेछ। कहाँनिर हारे ? उत्सुुकता बढिरहेछ। कविको कविताहरू पढेर निःसृत काव्यरसमा जीवनका रङहरू देखिरहेको छुु। नदेखिएका, नसुुनिएका जीवनका अनुुहारहरू नियालिरहेको छुु।
त्यस्तै पोमुुका कवितामा खट्किएका केही कुुरा केलाउने हो भने उनका कवितामा शब्दविन्यासको अभाव देखिन्छ। कवितामा आवश्यकताभन्दा बढी शब्दको प्रयोग घातक हो भने कम प्रयोग पनि जोखिम हो। कवितामा काव्यिक अन्तरलयको कमी अर्को खट्किने पक्ष हो। यी पक्षमा सचेत हुुने हो भने पराजित पोमुुको काव्यिक क्षितिज उज्यालो देखिन्छ।
कविताको सौन्दर्य र त्यसमा निहित शक्तिलाई सम्प्रेषण गरेर पाठकको मन मस्तिष्कमा काव्यिक चेत सल्काउन कवि सफल छन्। उनको कविता–किताब ‘लेप्मुुहाङको डुुंगा’ले यसै भन्छ। यो किताब जीवन र जगत्लाई हेर्ने एउटा नयाँ चस्मा हो।