जसको प्रेम एक हातको ताली थियो

जसको प्रेम एक हातको ताली थियो

अलि वर्षअघि काठमाडौंको एउटा साहित्य उत्सवमा बंगलादेशकी चर्चित नारीवादी लेखक डा. तसलिमा नसरिन आउने चर्चा चल्यो। उनका पाठक खुुबै उत्साहित भए। आखिरमा उनी आइनन्। किन आइनन् ? कसैलाई थाहा भएन। उनी आउने चर्चा हंगामा मात्र भइदियो। यसरी, काठमाडौंमा उनको प्रतीक्षित आगमनलाई लगभग असम्भव ठान्न थालियो।

यो धारणालाई गलत साबित गर्दै गत वर्ष एक्कासि उनी एउटा कार्यक्रममा भाग लिन काठमाडौंमा झुुल्किइन्। राजधानीका अखबार र अनलाइनहरूलाई खुुलेर अन्तर्वार्ता दिइन् र फोटो सेसन समेत गराइन्। अन्तर्वार्ताहरूमा उनको जीवनका मार्मिक प्रसंग र अँध्यारा गल्छेडाहरू उधिन्नेभन्दा सामयिक मुुद्दाहरूमाथि विचार प्रवाहमा जोड दिएको पाइयो। तर, उनका आत्मकथात्मक कृतिमा पस्ने हो भने यस्तो विचारका पृष्ठभूमि सजिलै बुुझ्न सकिन्छ।

एक हातको ताली

यस कारण सायद यस्तो भयो

कि तिमीलाई आफ्नै ज्यामिति थाहा थिएन

–लोर्का।

उनको प्रेमकथा रोचक मात्र होइन, उत्तिकै हृदयविदारक पनि छ। आत्मकथाको तेस्रो भाग ‘वाइल्ड विन्ड’मा उनले यस्ता मार्मिक र अन्तरंग कुुराहरू खुुलेर लेखेकी छन्। यस किताबका आत्मकथात्मक निबन्धहरू उनको इमानदारीका साक्षी हुुन्। कहाँसम्म भने उनले घरमा अत्यन्त जोइटिंग्रे देखिने दाजुुहरू नोमान र कमालले बाहिर अन्य युुवतीसित लसपस गरेको, डाक्टरको भेषमा महिला ग्राहकसँग आफ्नै बाबुु राजीव यौनक्रीडामा संलग्न भेटिएको अनि अशिक्षित आमाप्रति बाबुु र आफ्नै क्रूरताको प्रसंगसमेत खुुलेर लेखेकी छन्।

स्पेनी कवि लोर्काको कथन तसलिमाको प्रेमी कवि रुद्रका हकमा ठ्याक्कै लागू हुुन्थ्यो। रुद्रलाई उनी हृदयदेखि प्रेम गर्थिन्। उसको कवितालाई प्रेम गर्दागर्दै तसलिमाले उसैलाई प्रेम गर्न थालेकी थिइन्। एक दिन एउटी सखीको घरमा रुद्र भेटियो। झुुस्स दारी, होचो, पुुड्को र झ्याउरे पुुरुष त्यति सुुन्दर र शक्तिशाली कविता लेख्ने रुद्र होला भन्ने उनलाई लागेकै थिएन। रुद्रकै करमा गोप्य कागजी बिहे भयो। डाक्टरी पढाइ सकिएपछि ढाकामा उनीहरू सँगै बस्न थाले। रुद्रलाई तसलिमा जति हृदय तप्काएर प्रेम गर्थिन्, त्यत्तिकै प्रेम रुद्रले पनि गथ्र्यो त ? सायद उसको प्रेम शारीरिक मात्र थियो। सहृदय प्रेम गरेको हुुँदो हो त ऊ बारम्बार वेश्यालय धाउँदैनथ्यो। आफूलाई लागेको भिरंगी प्रियतमालाई सल्काउँदैनथ्यो।

तसलिमाको प्रेमकथा किशोरी उमेर भर्खर पार गर्दाको हो, जतिखेर उनी डाक्टर हुुनै लागेकी थिइन्। केही रात सँगै बिताएलगत्तै रुद्रलाई भिरंगी सल्केको उनले थाहा पाइन्। उसलाई भिरंगी नहोस् भनेर जति कामना गरे पनि आखिर त्यही भयो। रुद्रले उनलाई भने बारम्बार ढाँटिरह्यो।

‘मसँग नै तिम्रो शारीरिक सम्पर्क पहिलो हो कि यसअघि तिमी वेश्यालय पनि गएका थियौ ? ’ तसलिमाले सोधिन्।

‘अहँ गएको छैन। तिमीसँग बाहेक अरूसँग मेरो सम्पर्क छैन।’

निकै बेरको चुुपचापपछि रुद्रले फेरि भन्यो, ‘खासमा म त्यो एरिया गएको थिएँ।’

‘कुुन एरिया ? ’

‘रेडलाइट एरिया।’

‘तिमी त्यहाँ गयौ ? ’

‘गएँ।’

‘किन गयौ ? ’

‘अरू जेका लागि जान्छन्, म पनि त्यसैका लागि गएँ।’

‘केका लागि जान्छन् ? मतलब, तिमीले वेश्यागमन गर्‍यौ ? ’

‘गरेँ।’

‘प्लिज रुद्र, अरु जे गरेँ भन्छौ भन तर वेश्यासँग रात बिताएँ नभन।’

‘हो, मैले वेश्यासँग सम्भोग गरेँ।’

‘कति दिनअगाडि गएका थियौ ? ’

‘दुुई हप्ताअगाडि।’

‘एकपटक मात्र गएका थियौ ? ’

‘अँ, एकपटक मात्र गएको थिएँ।’

‘तर तिम्रो घाउ त दुुई हप्ताअघि मात्र देखा पर्‍यो भनेका होइनौ ? ’

‘भनेको हो।’

‘सम्पर्क गरेकै दिन त घाउ निस्कँदैन। रुद्र, सम्झने प्रयास गर, त्यसअघि पनि गएका थियौ कि ? ’

‘वास्तवमा म पहिले पनि गएको थिएँ।’

तसलिमाले असाध्यै प्रेम गरेको कविले उनलाई यसरी धोका दियो। रुद्रले केही कविता कुुनै सुुन्दरीलाई समर्पण गरेर लेखेको तसलिमाले भेटिन्।

‘तिमीले आफ्नो जीवन नै समर्पण गरेको त्यो सुुन्दरी को हो ? ’ तसलिमाले सोधिन्।

‘निली। मेरी माइजूकी बहिनी’, उसले सजिलै भनिदियो।

‘माइजूकी बहिनी त तिम्रो नाता पर्ने भइन्। हाडनाता पर्नेसँग पनि रोमान्स गर्‍यौ ? ’

‘गरेँ।’

‘रोमान्स मात्र गर्‍यौ कि अरू पनि भयो ? ’

‘अरु पनि भयो। मज्जासँग खुुलेरै भयो।’

‘तिमीलाई थाहा छ, तिम्रै कविता पढीपढी म तिमीलाई प्रेम गर्न थालेकी थिएँ। अहिले मलाई आफैंप्रति दया लाग्दैछ। तिम्री प्यारी निली कहाँ छिन् अहिले ? ’

‘एउटा मास्टरसँग बिहे भएको थियो। पछि सम्बन्धविच्छेद भयो।’

‘आजभोलि भेट्न जाँदैनौ ? आफ्नी सानी माइजूलाई ‘केही’ गर्न जाँदैनौ ? ’

‘वाहियात कुुरा नगर।’

प्रेमका लागि तड्पिरहेकी तसलिमालाई एकपल्ट रुद्रले छुुरी हान्न खोजेको थियो। नउम्केकी भए उनको हत्या हुुन सक्थ्यो। रुद्र बारम्बार निली र वेश्याहरूसँग सल्किरह्यो। आयन्दा यस्तो हुुन्न भनेर तसलिमासँग माफी मागिरह्यो।

‘तिमीलाई किन वेश्या र निली नै चाहिने ? ’ तसलिमाले सोधिन्।

‘तिमी नहुुँदा यस्तो भइहाल्छ’, उसले भन्यो।

‘तिमी नहुुँदा मलाई यस्तो भयो भने ? म अन्य पुुरुषसँग रात बिताउन गएँ भने के होला ? ’

‘के भनेको त्यस्तो ? शारीरिक सम्बन्धलाई तिमी किन त्यति धेरै महŒव दिन्छ्यौ ? तिमीबाहेक अरूसँग मेरो भावनात्मक सम्बन्ध छैन, बुुझ्यौ ? ’

‘ठीक छ, त्यसो भए अरूसँग म पनि भावनात्मक सम्बन्ध राख्दिनँ। शारीरिक सम्बन्ध मात्र राख्छुु। मान्छौ ? ’

‘अहँ, मलाई स्वीकार्य छैन।’

‘तिमीले स्वीकृति दिएकै भए पनि म त्यसो गर्नेछैन। लैंगिक समानताका कुुरा खुुबै गथ्र्यौ। मैले त्यो मात्र जाँच्न खोजेकी। तिम्रो लैंगिक समानताको कुुरा त फेसन मात्र हो। अथवा आफूलाई प्रगतिशील देखाउन मात्र तिमी यी शब्द प्रयोग गर्छौ।’

इज्जत–बेइज्जत सबै बिर्सेर उपचारका लागि उनले रुद्रलाई आफ्नो मातृसहर मायमनसिंह पुुर्‍याइन्, जहाँका हरेकजसोले उनलाई चिन्थे। जाँडरक्सी, गाँजा, चरेस, वेश्या र निलीसँग उसको कुुलत छुुटेन। असमान सम्बन्ध एक हातको ताली साबित हुुनुु स्वाभाविक थियो र त्यो लामो समय टिक्न सम्भव पनि थिएन। तसलिमा त अझै प्रेम गर्थिन्। आफू ‘भोग्या वस्तुु’ मात्र बनेको महसुुस भएपछि उनी सम्बन्धविच्छेद गर्ने निर्णयमा पुुगिन्।

‘तिमीले मलाई छाड्ने नै भयौ होइन त ? ’ रुद्रले रुग्ण स्वरमा सोध्यो।

‘हो, म तिमीलाई छाड्दैछुु। तिमीलाई भिरंगी लागेपछि मैले छाड्न लागेको नठान। तिमीलाई त्यो रोग लाग्नुु त एउटा दुुःखद संयोग मात्र हो। वेश्यागमन गर्दैमा यो सरिहाल्छ भन्ने छैन। तिमीले मलाई घात गर्‍यौ। त्यसैले तिमीलाई छाड्ने निर्णयमा पुुगेँ। तिमी मेरो ठाउँमा भएको भए के गथ्र्यौ भन त रुद्र ? ’

‘तिमी मलाई साँच्चै छाडेर जान्छ्यौ त ? ’

‘साँच्चै, म तिमीसँगको सारा सम्बन्ध तोडेर जाँदैछुु।’

अन्ततः उनलाई पनि भिरंगी भयो, जुुन रुद्रमार्फत उनको रगतमा संक्रमण भएको थियो। लामो समय उनले त्यो गुुप्त पीडा भोगिरहिन्। सम्बन्ध तोडे पनि रुद्रकोे कवितालाई भने उनले सधैं प्रेम गरिरहिन्।

विचारमा अडिग

अन्न उब्जाउने किसान संसारमा भोकभोकै मरे। कपडा उत्पादन गर्ने श्रमिकहरू नांगै परे। घर बनाउने ज्यामीहरू नांगै भए। यस वर्गको मुुक्तिपछि नै संसारका सारा मानिसको मुुक्ति सम्भव हुुन्छ। नारी आफैंमा उत्पीडित वर्ग हो तर यस वर्गको मुुक्ति नभई नारीको पनि पूर्ण मुुक्ति सम्भव हुुँदैन। तसलिमा नसरिनले यो सत्य आत्मसात् गर्न बाँकी छ। तथापि, विचारमा कहिल्यै सम्झौता नगर्ने उनको दृढता प्रशंसनीय छ। स्त्री स्वाधीनताका पक्षमा उनले निर्भीक भएर कलम चलाइन्। उनको धारिलो भाषाले कथित धर्मको सिक्रीमाथि शक्तिशाली प्रहार गरिरह्यो।

उनले बारम्बार भनिरहिन्, ‘प्राकृतिक रूपले नारी र पुुरुष बराबर छन्। नारी पुुरुष बराबर होइन भन्ने देखाउन पुुरुषले धर्मको सहारा लियो।’ त्यसपछि उनको टाउकाको मूल्य तोकियो। बंगलादेश सरकारले उनको लज्जा, मेरो बाल्यकाल, उत्ताल हवा, द्विखण्डित, सारा अन्धकारजस्ता किताबमाथि प्रतिबन्ध लगायो र माफी माग्न भन्यो। नमागेपछि देश निकाला गर्‍यो। भारतको पश्चिम बंगालबाट पनि उनलाई निर्वासित गरियो। त्यसअघि दिल्ली र कोलकातामा सात महिनासम्म नजरबन्द राखियो। त्यसपछि थाप्लामा मृत्युुको साइनबोर्ड झुुन्ड्याएर विभिन्न देशमा शरण लिँदै, निकालिँदै अझैसम्म भौंतारिइरहेकी छन्। कहाँसम्म भने आफ्ना वृद्ध बाबुुआमाको अन्तिम अवस्थामा पनि उनी स्वदेश फर्कन पाइनन्।

आफ्नो स्वाभिमान कायम राख्दै केही वर्षअघि उनले भारतीय दैनिक जनसत्तामा एउटा महŒवपूर्ण लेख लेखिन्। त्यसमा उनले आफूलाई अंग्रेजीभाषी लेखक सलमान रुस्दी र मुुसलमान चित्रकार एमएफ हुुसेनसँग तुुलना गरिएकोमा आपत्ति जनाएकी थिइन्। ‘रुस्दी र हुुसेन दुुवै महान् स्रष्टा हुुन्’, स्वीकार्दै तसलिमाले लेखेकी थिइन्, ‘दुुवैको रचनाप्रति असीम श्रद्धा राख्दै म भन्छुु, यी दुुईबीच कोष्ठकमा मलाई राख्नुु उचित छैन। जसरी बेठेगान, अनिश्चय, असुुरक्षा र अभावमा म संघर्ष गरिरहेकी छुु, त्यसमा कसैको साथ छ भने ती मेरा आदर्श र विश्वास हुुन्। कसैले मेरा यी कुुरा देख्दैनन् भने जतिसुुकै महान् स्रष्टा भए पनि उनी मेरो विचार र आदर्शसामुु केही होइनन्।’ यस्तै स्तम्भ आजभोलि उनी भारतीय साहित्यिक मासिक ‘हंस’मा लेख्छिन्।

तसलिमाको आत्मविश्वास, स्वाभिमान र निष्ठा नारी अस्मिताका महŒवपूर्ण उपलब्धि हुुन्। आफू बाँचेको युुगभन्दा उनी दशकौं अगाडि छिन्। त्यसले गर्दा उनी आजसम्मै त्यो दुुर्भाग्य झेलिरहेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.