युुरोपका बेगर

युुरोपका बेगर

युुरोप सम्पन्नताको पर्याय हो। विकास चरमचुुलीमा छ यहाँ। भौतिक सुुखसयलको लागि विश्वका कैयन मुुलुुकबाट वैधानिक, अवैधानिक बाटोबाट यहाँ आउनेको संख्या गनिसाध्य छैन। हाम्रो मनमा लाग्न सक्ला, युुरोपमा कोही भोको नहोला, कोही नांगो नहोला। तर, यहाँको अवस्था हामीले सोचे जति वैभवपूर्ण पनि छैन। युुरोपका गल्लीगल्लीमा भोकले छट्पटाएका अनुुहारहरू नदेखिने होइनन्। सुुकिला मान्छेहरूको भीडमा माग्न तेस्र्याइएको हातहरू पनि यत्रतत्र पसारिएका पाइन्छन् यहाँ।

सामान्य जीवनयापनको लागि राज्यले युुरोपका प्रायः मुुलुुकमा भत्ता दिन्छ। त्यसैले, यहाँ माग्नुुपर्ने कठिन बाध्यता त छैन। तर, आफूलाई सडकमा पसारो पारेर माग्नुु कसैको रहर पनि त नहोला। नेपाल, भारतलगायतका देशहरूका सहर गल्लीहरूमा असरल्ल माग्नेहरूले दिक्क बनाएका हामीलाई संसारका सबै मगन्तेहरूले उसैगरी दुुःख देलान्झैं लाग्न सक्छ तर विकसित मुुलुुकका माग्नेहरूको माग्ने तरिका भने अलि फरक छ। कला देखाएर माग्न बस्ने मगन्तेहरूले दुुःखभन्दा बढी मनोरञ्जन दिइरहेका हुुन्छन् यहाँ। चटक देखाएर होस् वा बाजागाजा बजाएर होस्, यहाँका मगन्तेहरूले यात्रुुलाई झन्झट नदिइकन फकाउँछन्।

लागूऔषध सेवनकर्तादेखि जागिर नपाएर दैनिकी गुुजारा गर्न नसकेकासम्म माग्न निस्किन्छन् यहाँ। बढ्दो बेरोजगारीको चपेटा अनि राज्यले दिने सीमित भत्तामा महिना चलाउन मुुस्किल परेकाहरू सडकमा माग्न आउने यहाँका जानकारहरू बताउँछन्। उसो त महँगो लागूपदार्थको जोहो गर्न पनि उनीहरू सडकमा हात पसार्छन्। घरपालुुवा जनावरको खानेकुुराको जोहो गर्नसमेत माग्न बस्ने चलन छ। घुुमन्तेहरू बाटो खर्च जुुटाउनसमेत निश्चित समय माग्ने गर्छन्।

नेपाली नयाँ वर्ष २०७५ को दिन युुरोपको पुुरानो र भव्य सहर लिस्वनमा झलमल घाम लागिरहेको थियो। लामो वर्षापछि उघ्रिएको आकाशले मानिसलाई आल्हादित पारिरहेको बेला मगन्तेहरूलाई पनि यो उपयुुक्त अवसर भइदिन्छ माग्ने। पोर्चुुगलको राजधानी लिस्वनमा प्रत्येक वर्ष एक करोडभन्दा बढी पर्यटक भित्रिने तथ्यांक छ।

पर्यटकको भीड हुुने मुुख्य चोकहरूमा विभिन्न कला देखाएर माग्न बस्नेको संख्या बाक्लै रहेछ। एकल वा समूहमा, बाजा बजाएर वा कुुकुुर साथी लिएर उनीहरू मागिरहेका हुुन्छन्। करकाप भने पटक्कै नगर्ने यहाँका मगन्तेहरू दाताहरूप्रति कृतज्ञ हुुन बिर्संदैनन्। शारीरिक अपांगतालाई देखाएर माग्नेहरू पनि हुुने रहेछन् यहाँ, नेपालमा जस्तै।

कला देखाएर माग्ने हुुँदा उनीहरू ग्लानी महसुुस गर्दैनन्, बरु यसलाई आफ्नो काम भन्ठान्छन् र कसैको सहानुुभूति अपेक्षा गर्दैनन्। विभिन्न भनाइहरू लेखिएका प्लेकार्डसहित माग्न बसेका मगन्तेहरू आफ्ना आवश्यकताहरूको खुुलमखुुला माग गर्छन्। कुुकुुरलाई खाना, आफूलाई बियर, घरभाडाजस्ता आवश्यकताका लागि मागेको जनाउने माग्नेहरूको भीडमा एकजना माग्नेले त फरारी गाडीको लागि माग्न बसेको बताएका थिए।

यो उनले आवश्यकता दर्शाइरहेका थिए या व्यंग्य, उनै जानुुन्। दुुवै आँखा नदेख्ने एकजना वृद्धा मुुखले हावा दिने पियानो बजाइरहेकी थिइन्। सँगैको ब्यानरमा लेखिएको थियो, मेरो ठाउँमा तपाईं हुुनुुभएको भए सहयोगको अपेक्षा गर्नुु हुुँदैनथ्यो। -लिस्वनबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.