बलात्कृतलाई किन लाज ?

बलात्कृतलाई किन लाज ?

मानिसले सधैं आफ्नो कर्मलाई विश्वास गर्नुुपर्छ। चुुनौती, अप्ठ्यारा, आरोह, अवरोह व्यक्तिगत जीवनमा मात्र नभई आफूले अपनाएको पेसामा पनि आउँछन्। जस्तो कि टेलिभिजनमा समाचार हेर्दा दर्शकलाई सहज लाग्ला तर हरप्रकारका घटना, दुुर्घटनालाई फरक भावमा एउटै लयसहित प्रस्तुुत गर्न कहिलेकाहीँ समाचार वाचकलाई कठिन हुुन्छ।

पाँच वर्षअगाडि मैले बालयौन दुुव्र्यवहारसम्बन्धी रेडियो कार्यक्रम सञ्चालन गर्दा यौन हिंसामा परेका बालिकाहरूका समस्या र जीवनप्रतिको नैराश्यलाई नजिकबाट अनुुभव गरेकी थिएँ। एक ११ वर्षीया बालिका आफ्नै काकाबाट बलात्कृत भइन्। बलात्कारीलाई जेलसजाय पनि भयो। तर, बालिकाका हरेक दिन अपमान, हेला र घृणामा बित्ने गरेको थियो। उनले अन्तर्वार्ताका क्रममा मसामुु रुँदै भनेकी थिइन्, ‘दिदी म घरबाट धेरै निस्किन्न, स्कुुलसम्म जाँदा पनि ममाथि नराम्रो दृष्टिले हेरिन्छ। बाटोमा हिँड्दै गर्दा छिमेकीहरूले यो केटी त बलात्कारको सिकार भएकी छे, हेर्दा सानो भए नि यिनी कुुमारी होइनन् भनेर सुुन्ने गरी कुुरा काट्ने गर्छन्।’

ती बालिकाकी आमाले यही कारण आफ्नो छोरीले आत्महत्यासम्म गर्न खोजेको भन्दै भक्कानो छाड्दा मेरा आँखा रसाएका थिए। मेरो मानसपटलमा अझै ताजा छ— ती बालिकाको रोदन। पाँच वर्षअघि भेट भएकी पोखराकी ती बालिका अहिले १६ वर्ष पुुगिसकिन्। विगत केही महिना देखिको लगातारका बलात्कारका घटनाले मलाई हिजोआज उनीसँगको भेट र संवादले झस्काउन थालेको छ।

हालै पर्सा, वीरगन्जकी आठ वर्षीया बालिका बलात्कारपछिको अवस्थाको स्थलगत रिपोर्टिङका लागि म तम्सिएँ। रक्षा नेपालकी मेनुुका थापाको पहलमा बलात्कृत बालिकालाई उद्धार गरी उपचारका लागि काठमाडौंको ग्रिनसिटी हस्पिटल भर्ना गरिएको थियो। अस्पतालको शय्यामा बालिका ‘बाबा बाबा’ भन्दै चिच्याउँदै रुँदै थिइन्। उनलाई देख्नेबित्तिकै मेरो हंशले ठाउँ छाड्यो।

उनी पुुरुष जो देखे पनि डराउँथिन्, भर थियो त आफ्नो बुुवाको मात्र। छोरीमाथि भएको कुुकृत्यले भावविह्वल ती बाबुु छोरीको हात समाउँदै ‘सब ठीक हुुन्छ’ भनी झूठा आश्वासन दिँदै थुुम्थुुम्याइरहेका थिए। बालिकालाई बलात्कार मात्र गरिएको थिएन, उनलाई आफ्नो यौनचाहना मेटाइसकेपछि पनि टोकिएको, चिथोरिएको र कुुटिएको थियो। बलात्कारकै कारण बालिकाका योनी, पिसाब थैली, पाठेघर छियाछिया भएका थिए। मैले त्यो दृश्य समयजति आफूलाई लाचार र विवश कहिल्यै महसुुस गरिनँ।

किन समाजले दोषी चिन्न सक्दैन ? बलात्कृत बालिका सामान्यसरह हिँडडुुल गर्न किन पाउँदिनन् ? बलात्कृत युुवतीलाई विवाह गर्न समाजका बुुद्धिजीवीमा डर किन छ ?

ती बालिकाको अवस्था र घटनाबारे एक रिपोर्ट तयार गरियो। पत्रिका र रेडियोमा भन्दा टेलिभिजन केही जटिल हुुन्छ, यस्ता संवेदनशील घटनाबारे समाचार तयार पार्न। पत्रिकामा अक्षर र रेडियोमा आवाजबाटै जानकारी दिन सकिन्छ भने टेलिभिजनमा आवाजसँगै दृश्यको उत्तिकै महत्व हुुन्छ। बलात्कारका घटनामा बलात्कृतको अनुुहार देखाउन नहुुने कुुरा पत्रकार आचारसंहिताले उल्लेख गरेको छ। बलात्कृत व्यक्तिको परिचय लुुकाउनुुपर्छ; उनको भविष्यका लागि, उनलाई समाजमा पुुनस्र्थापित हुुनका लागि। कुुनै अप्ठ्यारो नहोस् भनेर पनि यसो गरिँदै आइएको हो। सोहीअनुुरूप बालिकाको अनुुहारलाई धमिलो बनायौं र ठेगाना नखुुलाई रिपोर्ट तयार गर्‍यौं।

म र मेरा सहकर्मी त्यो दिनका लागि समाचार प्रस्तुुत गर्न स्टुुडियोमा थियौं। मैले तयार पारेको बलात्कृत बालिकासम्बन्धी रिपोर्टको लिंक उनले वाचन गरिन्। रिपोर्ट बजुुन्जेल हामी दुुवै घरिघरि रिपोर्ट हेर्दै मुुखामुुख गथ्र्यौं। एकघन्टे बुुलेटिन पूरै भारी मनका साथ सकाएर बाहिरियौं। म त्यही रिपोर्टको चर्चा गरिरहेकी छुु, जुुन ट्विटर र फेसबुुकका वालमा कैयौंले ‘बालिकाको अनुुहार देखियो, धमिल्याउन पुुगेन, त्यो रोएको आवाज हटाउनुुस् सुुन्न गाह्रो भयो’ भन्दै विरोधहरू आए। मैले दोहोर्‍याई, तेहर्‍याई धेरैपटक रिपोर्ट हेरेँ, ब्लर गरिएकै थियो। बालिकाको परिचय लुुकाइएकै थियो। तर, चौतर्फी विरोधले मलाई निद्रा परेन। निकै तनाव भयो र अन्ततः मैले एपीवान टीभीको फेसबुुक वालबाट रिपोर्ट हटाएँ। बालिकासम्बन्धी टेलिभिजन रिपोर्टपछि गृहमन्त्री रामबहादुुर थापा पीडित बालिकालाई भेट्न पुुग्नुुभयो। उपचारका लागि सहयोग गर्ने र दोषीमाथि कडा सजाय गरिने आश्वासन दिएर फर्कनुुभयो। अहिलेसम्म त सायद उहाँले घटना, पीडित र आश्वासन सबै बिर्सनुुभयो होला।

अब काठमाडौंमा भएको अर्को घटनातर्फ लागौं। फागुुन १७ देखि २७ गतेसम्म १० दिन मानसिक अपांगता भएकी किशोरीलाई चालक र सहचालकबाट बन्धक बनाउँदै शृंखलाबद्ध रूपमा सामूहिक बलात्कार गरियो। पीडितको स्वास्थ्य जाँचबाट बलात्कृत भएको पुुष्टि भएपछि प्रहरी अनुुसन्धानबाट चारजनालाई पक्राउ गरियो। म योपटक स्टुुडियोभित्र बसेर समाचार प्रस्तुुत गरिरहेकी थिएँ। बलात्कारमा पक्राउ परेका बलात्कारीहरू सबैको अनुुहार पूर्ण रूपमा कालो कपडाले बेरिएको थियो। मलाई ती कुुकृत्य गर्ने मानवरूपी दानवहरूको अनुुहार हेर्न मन थियो। हत्कडी लगाएर उभिएका उनीहरूलाई प्रहरीले सञ्चारकर्मीमाझ सार्वजनिक त गर्‍यो तर अनुुहार सबै छोपिएको थियो। अनि मैले सोचेँ— दोषी बलात्कार गर्ने हो वा बलात्कृत हुुने ?

आफ्नो क्षणिक यौनप्यास मेटाउन निर्दोष, अशक्त र बालिकाहरूलाई झम्टने ती यौनपिपाशुुहरूको त पूरै अनुुहार देखाउनुु पथ्र्याे। उनीहरू पक्राउ परेपछि पनि उनीहरूका बारेमा न हामी सञ्चारकर्मीले फोकस गरेर स्टोरी लेख्ने गरेका छौं, न त प्रहरीले नै त्यस्ता कुुकृत्य गर्ने अपराधीको अनुुहार देखाउन सकेको छ। अपराध गरेकाको अनुुहार छ्यांग देखाउनुुपर्छ, जसबाट उनीहरूलाई सबैले चिनून् र भविष्यमा यस्ता दर्दनाक घटनाबाट कुुनै पनि छोरी, चेलीले नारकीय जीवन जिउन पर्दैनथ्यो। अभिभावकले आफूले छोरी जन्माएपछि डर र थप हेरचाहको बोझ बोक्नुु पर्दैन थियो।

बलात्कृत भएका बालिका, महिलाहरूको अनुुहार देखिए, ठेगाना सही भनिए उसलाई यो समाजले तिरस्कार गर्छ। पोखराकी बालिकाजस्तो हर दिन बाँचेर मर्नुुपर्छ। किन समाजले दोषी चिन्न सक्दैन ? बलात्कृत बालिका सामान्यसरह हिँडडुुल गर्न किन पाउँदिनन् ? बलात्कृत युुवतीलाई विवाह गर्न समाजका बुुद्धिजीवीमा डर किन छ ? उनी दोषी हो भनेर फरक व्यवहार गर्नेहरूप्रति मलाई दया लाग्छ। भोलि यस्तै घटना आफू र आफ्नो परिवारमाथि भयो भने पनि घटनाको विरोध खुुलेर गर्नुुपर्छ। यौनजन्य हिंसा र बलात्कारमा परेका महिलालाई समाजमा सामान्यसरह हाँस्ने, बाँच्ने र विवाह गर्न योग्य वातावरण निर्माण गर्न थाल्नुुपर्छ। बलात्कारीलाई सबैको अगाडि सार्वजनिक गर्नुुपर्छ ताकि उसले फेरि कुुनै चेलीमाथि कुुदृष्टिले हेर्ने आँट गर्न थरथर काँपोस्।

त्यसैले यौनजन्य हिंसा र बलात्कारबारे खुुलेर बोल्न सिकौं। म त भन्छुु— बलात्कृत महिला, बालिका वा जोकोही आफूमाथिको अन्यायविरुद्ध लड्न आफैं जाग्नुुपर्छ। निर्धक्क परिचय खुुलाएर अनुुहार देखाएर न्याय माग्नुुपर्छ। अनि यो समाजमा बसेका हरकोहीले मानसिकता परिवर्तन गर्न सक्नुुपर्छ। उनीहरूलाई स्कुुल, घरपरिवारले सहज स्वीकार्नुुपर्छ। मै हुँ भनेर आफूप्रति गर्व गर्ने पुुरुष जातले पनि सहर्ष आफ्नो धर्मपत्नीका रूपमा भिœयाउन र जीवन सँगै बिताउन अप्ठ्यारो मान्नुु हुुन्न। आजैबाट दृष्टिकोण बदलौं, मानसिकता बदलौं र घोत्लिएर सोचौं। के यौनजन्य हिंसामा परेका बालिका, किशोरी लगायतका महिला दोषी हुुन् र ? बलात्कारीलाई हदैसम्मको सजायका लागि दबाब दिऊँ।

लाज बलात्कृत हुुनेलाई होइन, बलात्कार गर्नेलाई लाग्नुुपर्ने हो। आइन्दा कोही पनि बलात्कार भएकाले हैन, बलात्कार गरेकाले मात्र शिर निहुुराएको र कानुुनी र सामाजिक सजाय भोगेको देख्न पाइयोस्। यी मेरा हरफसँग तपाईं असहमत हुुनुुहुुन्छ भने छातीमा हात राखेर सोच्नुुस्— दोषी बलात्कृत कि बलात्कारी ? त्यसो भए बलात्कृतलाई किन लाज ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.