जय मार्क्स !
सन्दर्भ : कार्ल मार्क्सको २००औं जन्मजयन्ती
जता सुुन्यो, देशमा पनि र देशावरमा पनि, अहिले कार्ल मार्क्सको चर्चाको मौसम छ। यो चौतर्फी चर्चामा मार्क्सको दुुई शतवार्षिकीमा उनको श्रद्धायुुक्त सम्झना छ। यस धरामा, पुुस्तापछि पुुस्ताको स्मृतिमा सर्दै र यत्रतत्र जीवन्त हुँदै, यतिका मानिसका सम्झनामा, मार्क्स आफ्ना विचार र दर्शनको प्रभावमा दुुई सय वर्ष बाँचिसकेछन्। प्रोफेसर प्रमोद मि श्रका विचारमा, भूतलभरि अनुुयायीको सागरका दृष्टिले तीन सर्वाधिक लोकप्रियमध्येका एक हुुन्— कार्ल मार्क्स ! अरू दुुई सर्वाधिक लोकप्रिय रहेछन् क्राइस्ट र बुुद्ध। अनि गान्धी ? मि श्रको आकलन भन्छ— अनुुयायीको गणितमा यी तीन मनीषीको दाँजोमा गान्धी सीमित छन्।
प्रिय साथी सोनाम साथी कटाक्ष भावले भन्छन्— भेना, नेपालमा कम्निस्ट दुुई थरीका हुुन गए। साहुु कम्निस्ट र सर्वहारा कम्निस्ट। मार्क्सको सम्झना दुुवै थरीले गरे। साहुु कम्निस्टहरू हाल सत्ताधारी गठे वामका नामले चिनिन्छन्। सके विलासी पजेरोमा सवार भई तिनले कतै मक्र्सको निष्प्राण प्रतिमामा धूपधुुवाँर गरे हुुनन्। गैरसत्ताधारीहरूले मार्क्सलाई लेखनमा सम्झे, वचनमा सम्झे, विमर्शमा सम्झे। हाम्रो वाम वृत्तको पठन फाँटमा दुुई निकै चाखलाग्दा जीव छन्— घनश्याम भुुसाल र राम कार्की उर्पm सुुरेन्द्र कार्की। छनलाई यी दुुई भाइ कम्निस्टको सत्ताधारी साहुु महलमा छन्, तर पठनप्रेम प्रदर्शन गर्दै यी घरिघरि बौलाउन खोज्छन्। स्मरण रहोस्, साहुु कम्निस्टको भयाक्रान्त दृष्टिमा जो धेरै पढ्छ, ऊ बौलाउँछ। आहुुति बौलाए, र ज्ञानविरोधी साहुु वृत्तबाट ती भागे।
अँ, पठनप्रेमी एवं पागलपनमुुखी राम कार्की अभिनय कलामा बडो कुुशल छन्। यी अभिनेता पद पड्कायो कि ट्याक्क दौरा–सुुराल, टोपी धारण गर्छन्। र, पद खुुस्क्यो कि यो औतारी परिधान फ्यास्स परित्याग गर्छन्। तथापि भुुसाल र यी कार्की सत्तावृत्तका न्यूनाधिक वागी जीव मानिन्छन्। यी मन मिल्ने जोडाले मार्क्सको सम्झनामा वैचारिक प्रशिक्षण चलाउने योजना गरे। सुुलसुुलेले मेरा कानमा साउती गर्यो— साहुु कम्निस्टहरूले नेपथ्यमा लुुकेर यिनको योजनामा भाँजो हाल्ने यत्न गरे। सके कार्यक्रम हुुनै नदिने, नसके हलपतिहरूलाई यिनलाई गतिलो हल उपलब्ध गराउन नदिने। आखिरमा मिस्टर भुुसाल र श्रीमान् कार्कीले विवश भई छिँडी टाइपको असुुविस्ताजनक हलको शरण परेर प्रशिक्षण चलाए। यिनको प्रशिक्षणको ध्येय सुुन्दैमा बडो उदात्त छ। थोरैतिनो जनलाई होइन, द–दस हजार जनलाई प्रशिक्षण दिने रे, जसले मार्क्सवादको जीवन्त सम्झनालाई आमजनमानसमा घोल्दै विवेक र आवेगले डोर्याएर पचास वर्ष परसम्म तन्काउन्।
मार्क्स स्मरणको मेसोमा यसो केही लेखिदेऊ भन्न मकहाँ पनि निवेदन नआएका होइनन्। मैले न लेख्दिनँ भनेँ, न लेखेँ। अहिले यो दुुर्भिक्षग्रस्त र धूमिल देशको ‘अन्नपूर्ण पोस्ट्’का दीपक सापकोटाले मलाई पक्राउ गरे। र, किर्नोझैं टाँसिएर यिनले मलाई कर गरे— दाज्यै, अक्षरका लागि केही अक्षर लेखिपाऊँ। के लेख्ने ? चल्तीको संस्कृतिमा दर्शनको कुुरा उठ्यो कि ठूला कुुरा गरिन्छ। लोकलाई अत्याउने ढ्याके कुुरा ! जब मार्क्सको प्रसंग उठ्छ, दर्शन र अर्थशास्त्रका पर्वततुुल्य गह्रुुँगा शब्दहरूको लस्कर लाग्छ। द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, निषेधको निषेध, सर्वहारा वर्गको अधिनायकत्व, राज्य र क्रान्ति, वर्ग र वर्ग संघर्ष, पुुँजी र श्रम, अतिरिक्त मूल्य र हाक्काहाक्की ठगी आदि इत्यादि। यति गह्रुुँगा कुुरा गर्न मलाई जाँगर लाग्दैन। वास्तवमा यस्ता कुुरा गर्न न मसँग मनग्गे ज्ञान छ न मेरो पोलिटब्युुरो टाइपको पदीय हैसियत नै छ।
ज्ञानले र पदले यसै पनि म सानो मान्छे। र, नै म कुुरा पनि सानै गर्छुु। उसो त जगत्का सबै ठूला कुुरा साना कुुराहरूको योग, संयोजन र संश्लेषणले त बन्छन्। विशाल महलले इँटामाथि इँटा थपिएर भव्य विशालता धारण गर्छ। मानिसको विशाल व्यक्तित्व जीवन–व्यवहारका झिना–मसिना घर्षण र अनुुभूतिहरू, घटना र दुुर्घटना, संयोग र दुुर्योग, मिलन र बिछोड, ठेस र ठक्कर, उकाली र ओराली, सफलता र विफलता, आँसुु र हाँसोको सञ्चयबाट निर्मित सम्बन्धहरूको जटिल जालोले बन्छ। आखिर दर्शनको कथा पनि त यस्तै हो। घर्षणकारी सभ्यताको इतिहासमा पौरखी पुुर्खाहरूले सञ्चय गरेका अनुुभव र ज्ञानहरू, तिनले गरेका प्रयोग र परिक्षणहरू, तिनका सफलता र विफलताहरूको सामाजिक प्रयोगशालामा विश्लेषण र संश्लेषणद्वारा सामान्यीकृत ज्ञान नै त दर्शन हो। त्यसैले मार्क्सवादबारे म यहाँ केवल एकाध ससाना कुुरा गर्छुु। आफ्ना नितान्त निजी अनुुभवका कुुरा। अफ्ना मोटामोटी वा स्थूल तत्वबोधका कुुरा।
०००
मार्क्सवादसँगको सत्संगबाट आर्जित मेरा ससाना अनुुभवहरू निश्चय नै रोचक छन्, रंगीन छन् र अर्थपूर्ण छन्। यी त्यस्ता अनुुभवहरू हुुन्, जसमा मैले जीवनका कतिपय जटिल प्रश्नहरूको उत्तर फेला पारेँ। यहाँ म पाँच सातवटा त्यस्ता उत्तरका कुुरा गर्छुु। किशोर वयदेखि नै जगत्का रहस्यहरूप्रति जिज्ञासा बढ्दै जाँदा मेरो चुुल्बुुले र असन्तुुष्ट मनमा केही प्रश्नहरू उठे। र, यी प्रश्नले मलाई आफ्नै छायाँले झैं नित्य पछ्याइरहे, हर्दम् लखेटिरहे। यी मनुुष्य जीवनका एकदमै विशिष्ट र विरल प्रश्न किमार्थ होइनन्। वास्तवमा यी हामी सबैको जीवनमा उठ्ने साझा प्रश्न हुुन्। यति हो, कसैका प्रश्न चित्तको तलाउमा मन्द हुुटहुुटी जगाउने र किञ्चित् शान्त प्रकृतिका होलान्, कसैका प्रश्न तीव्र हुुटहुुटी जगाउने र सन्तापकारी होलान्। मेरा प्रश्नहरू सन्तापकारी थिए।
भूतलभरि अनुुयायीको सागरका दृष्टिले तीन सर्वाधिक लोकप्रियमध्येका एक हुुन्— कार्ल मार्क्स ! अरू दुुई सर्वाधिक लोकप्रिय रहेछन् क्राइस्ट र बुुद्ध। अनि गान्धी ?
को कसको सृष्टिकर्ता हो ? ईश्वर मानिसको सृष्टिकर्ता हो कि मानिस ईश्वरको सृष्टिकर्ता ? सभ्यताको शैशवकालदेखि कार्ल मार्क्सको समयको सेरोफेरोसम्म मानिसको सृष्टिकर्ता कतै चतुुरमुुखी ईश्वर थियो, कतै थियो एकमुुखी ईश्वर। अगोचर, निराकार र शून्यबासी रहस्यमय ईश्वर। विचारको संघर्षमा मार्क्सवाद जब मैदानमा उत्रियो, त्यसले सबै सनातनी सत्यहरूमाथि पुुनर्विचार गर्यो। जीवन र जगत्का तथ्यहरूको उत्खनन र अन्वेषण गरियो, तिनउपर सम्यक् चिन्तन र मन्थन गरियो। सबै परम्परागत सत्यहरू विज्ञान र व्यवहारको कसीमा जाँचिए। मूर्त अनुुभूति र अनुुभवको प्रयोेगशालामा तिनको मिहिन परीक्षण गरियो। र, नतिजामा मार्क्सवादी सत्यहरूको जायजन्म भयो।
एउटा ढोङयुुक्त प्रसंग हठात् मेरो मनमा आयो। म मार्क्सवादी हुुँ भन्ने कतिपय अजीवका पोलिटब्युुरोवासी छन्। म लुुकेर देख्छुु— ती मोदीझैं मन्दिर परिक्रमा गरिरहेका हुुन्छन्। ती बडो भक्तिमुुद्रामा मूर्तिहरूलाई ढोग्छन्। लोकका आँखा छलेर ढोग्छन्, रात–साँझ पारेर ढोग्छन्, ढाड दोबारेर ढोग्छन्। अनि बाहिर निस्केर पानीमाथि ओभानो हुँदै ती भन्छन्— यो जगत् भौतिक हो। भौतिक तत्वहरूको जटिल योगबाट निर्मित एक जटिल संरचना। म भौतिकवादी हुुँ। म नास्तिक, म अनिश्वरवादी। जो यो लिच्चड ढोङको मञ्चन गर्छन्, स्वनाम साथीको भाषामा ती साहुु कम्निस्टहरू हुुन्।
अँ, म फेरि ईश्वरतिरै फर्किन्छुु। यथार्थमा कल्पनाशील र सिर्जनशील मानिस नै ईश्वरको स्रष्टा हो, नाथे ईश्वर मानिसको स्रष्टा किमार्थ होइन। तर, कम्युुनिस्ट आन्दोलनको सस्तो प्रचारबाजीमा सुुनियो— शोषक शासक र तिनका पुुरेत–पण्डाहरूले जनतालाई ठगी खान ईश्वरको सृष्टि गरे। यो सरल र विकृत सूत्र विचार जगत्मा अल्छीहरूले अँगाल्ने सजिलो बाटो हो। दर्शनलाई राजनीतिमा प्रवेश गराइँदा दर्शनभित्रको जटिलतालाई छाडियो र जटिल सत्यलाई हदै सरलीकृत सूत्रमा ढालियो। शनैःशनैः गहन दर्शन सतही कर्मकाण्डमा पतीत भयो। र, ईश्वरलाई जालीफटाहाहरूको कुुटिल धन्दाका रूपमा प्रस्तुुत गरियो। यसको नतिजा नजाती भयो। कम्निस्ट आन्दोलनले प्रबोधित र जिउँदा जनहरू जन्माएन। केवल सतही सूत्रजीवीहरू जन्मायो। ती न आलोचनाशील चेतले सज्जित भए न हस्तक्षेपकारी चेतका स्वामी भए। त्यसैले त ती साहुु कम्निस्ट महलका शिखरबासीहरूको स्तुुतिगान गर्ने पवनपुुत्र बन्न अभिशप्त भए।
०००
मैले मार्क्सवादी सत्यहरू सोझै मार्क्सका ग्रन्थहरूबाट सिकिनँ। अनुुभव आर्जनको नागबेली यात्रामा म सधैं घुुमेर हिँडे। म म्यक्सिम गोर्की र माओ हुँदै निकै पछिमात्र मार्क्सका मौलिक रचनाहरूमा पुुगेँ। राम असारे वर्मा र शिव वर्माकृत मार्क्सवादका सरल भाषाटीकाहरू पढ्दाको मेरो युुवावयको अनुुभव अर्कै छ। पठनयात्रामा भेटिएका मेरा अति प्रिय लेखक गोर्कीको भाषामा मानिसद्वारा गरिएको ईश्वरको सृष्टि एक महानतम् काव्य हो। एक अद्भुुत र विरल काव्य।
आखिर सभ्यताको शैशवकालमा आदिम मानिसले ईश्वरको सृष्टि गर्यो किन ? कारण बडो रोचक छ। मनिसका कडिकडाउ सीमाहरू थिए। मानिस भूगोलमा सीमित थियो। ज्ञानमा सीमित थियो। दृष्टि क्षितिजमा सीमित थियो। अभावग्रस्त थियो। र, प्रकृतिका निर्मम शक्तिहरूसामुु पल–प्रतिपल भयाक्रान्त थियो। प्रकृतिको चक्र के हो ? सृष्टिको कथा के हो ? मानिस किन जन्मिन्छ र आखिर मर्छ किन ? जो आँखासामुु जीवन्त छ, त्यो हेर्दाहेर्दै मरेर, जड भएर जान्छ कहाँ ? बिजुुली र चट्याङ, हुुरी र असिना, बाढी र पैरो, ज्वालामुुखी र भूकम्प, दिन र रात— यी सब के हुुन् ? रहस्यको गर्तमा यी सब जिनिसको स्रष्टा र सञ्चालक को हो ? हाम्रा दूर अतीतबासी पुुर्खाहरूलाई केही थाहापत्तो थिएन।
जीवनको त्यो विराट् अज्ञानता, त्यो संकुुुुचित सीमा, त्यो विकराल अभाव र त्यो अत्यासकारी भयमाझ मानिस सर्वथा असहाय थियो, अन्योलग्रस्त र दिग्भ्रमित थियो। यस्तोमा मानिसले ईश्वरको भेषमा एक आदर्श बिम्बको रचना गर्यो। आफूमा जे–जे गुुण थिएनन्, मानिसले ती–ती गुुण थपक्क त्यो ईश्वरमा राखिदियो। मानिस भूगोलमा सीमित थियो, ईश्वरलाई सर्वव्यापी बनाइयो। मानिसको ज्ञानका साँगुुरा सीमा थिए, ईश्वरलाई सर्वज्ञ बनाइयो। मानिसको दृष्टिको दूरी सीमित थियो, ईश्वरलाई सर्वदर्शी बनाइयो। यसरी मानिसले आफूद्वारा रचित ईश्वरमा आफ्ना यावत् अभावहरूको पूर्ति गर्यो। मानिसद्वारा ईश्वरको सृष्टि वास्तवमा मानिसका असीम आकांक्षा र रंगीन सपनाहरूको एक भव्य प्रतिमूर्तिको सृष्टि हो। यो सृष्टि वास्तवमा शैशवकालीन मानव जातिको सयौं वर्ष र अनेकन् पुुस्ताको परिकल्पना र परिमार्जनको भव्य नतिजा हो।
को कसको सृष्टिकर्ता हो ? ईश्वर मानिसको सृष्टिकर्ता हो कि मानिस ईश्वरको सृष्टिकर्ता ? सभ्यताको शैशवकलदेखि कार्ल मार्क्सको समयको सेरोफेरोसम्म मानिसको सृष्टिकर्ता कतै चतुुरमुुखी ईश्वर थियो, कतै थियो एकमुुखी ईश्वर। अगोचर, निराकार र शून्यबासी रहस्यमय ईश्वर।
अनि धर्म ? हाम्रा कम्निस्ट बन्धुुहरूले जटिल सत्यको सरल औतार खोज्दै आफ्ना अनुुयायीहरूमाझ प्रचार गरे— धर्म पनि ईश्वरजस्तै शोषक–सामन्त र तिनका पण्डित–पुुरोहितहरूले लाटासीधा जनतालाई ठग्नकै लागि बनाएका हुुन्। यो अल्छीहरूद्वारा निर्मित अर्को मिथ्या सूत्र हो। तथ्य के हो भने धर्म पनि शैशवकालीन मानव जातिकै सृष्टि हो, एक काव्यात्मक सृष्टि। यो अन्धविश्वासको व्यापार र ठगवृत्तिमा आधारित कर्मकाण्डीय धर्मको चर्चा होइन। यो त धर्मको आदि वा मौलिक रूपको चर्चा पो हो।
वास्तवमा ईश्वरको सिर्जनाझैं धर्मको सिर्जना पनि अशक्त र असहाय एवं निरुपाय र निरीह मानिसले विपत्कालमा मुुन्टो लुुकाउने आत्मशान्त्वनाकारी परिकल्पनाको एक बिम्ब हो। कार्ल मार्क्सको चिन्तनको यो अंशलाई बेवास्ता गरी हाम्रा कम्निस्ट ब्रोहरूले धर्म जनताका लागि अफिम हो भन्ने अंशमात्र टिपेर अर्थको अनर्थ गरे। यसरी दर्शन र धर्मका अपभ्रम्सित र अति सरलीकृत एवं मिथ्या सूत्रहरू कम्निस्ट प्रशिक्षणका विषय बने। सायद कम्निस्ट आन्दोलन वैचारिक दृष्टिले यति साह्रो छिपछिपे र जडसूत्रजीवी हुुनुुमा यस्तै छिपछिपे र जडसूत्रीय प्रशिक्षणको हात छ।
आफ्नो सिर्जनाको प्रारम्भमा ईश्वर मानिसको एक प्रेरक मित्र थियो, र धर्म थियो दुुःखमा चित्त टेकाउने एउटा सान्त्वनाकारी आधार। कालान्तरमा त्यही ईश्वर आफ्नो सृष्टि गरिदिने मानिसमाथि शासन चलाउने एक निरंकुुश शक्ति बन्यो र बन्यो त्यो मानिसको अग्रगति र प्रगतिको भयानक बाधक। र, धर्म पनि कालान्तरमा लुुब्ध, आततायी, भ्रान्तिकारी र पीडादायी कर्मकाण्डमा पतीत भयो।
०००
मेरा प्रश्नहरू अनेक थिए। उत्तर खोज्दै म मार्क्सवादको पछिपछि हिँडिरहेँ। सुुन्दा असम्भव लाग्छ। चौपाया जंगली जन्तुु कुुन जादुुगरी शक्तिले मानिस बन्यो ? चौपायाका अगाडिका खुुट्टा कुुन चमत्कारले मानिसका हात बने ? प्रविधिविहीन र संस्कृतिविहीन पशुु कसरी प्रविधि र संस्कृतिसहितको मानिस बन्यो ? मेरा यी प्रश्नको उत्तर खोज्ने माध्यम फेरि पनि मार्क्सवादै बन्यो। कसरी ? आयो कुुरा अब जादुुगरी शक्ति भएको सिर्जनशील श्रमको। त्यो के तत्व हो, जसले क्रमागत विकास–प्रक्रियामा चौपाया बानरलाई दोपाया नरमा फेरिदियो ? र, के तत्व हो त्यो, जसले प्रविधि र संस्कृतिको भ्रूणको सिर्जना गर्यो ? त्यो श्रम हो। यो बानरको एक विशेष प्रजातिको विशेष परिस्थितिमा नरमा रुपान्तर हुुँदाको एक रोमाञ्चक कथा हो। नरोन्मुुख बानर रूखका हाँगा भाँच्न, झटारा हान्न, लाठा बोक्न ढाड सोझ्याउन थाल्यो।
उसले पहिले ढुुंगाका र पछि हाडका कोरा हतियार बनायो। धातुुका हतियार त धेरैपछि आगोको आविष्कार भएपछिको कथा हो। आदिम हतियार निर्माण र प्रयोगको यस प्रक्रियामा नरोन्मुुख बानरका अघिल्ला खुुट्टा हातमा फेरिँदै गए र उसको डाढ ठाडो हुँदै गयो। यी हतियार नै वास्तवमा प्रारम्भिक प्रविधिका भ्रूण हुुन्। र, यो शैशवकालीन प्रविधि नै मानव संस्कृतिको जननी पनि हो। म्याक्सिम गोर्कीका शब्दमा संस्कृति भनेको मानिसको दोस्रो स्वभाव हो। संस्कृति प्राकृतिक होइन, मानव–निर्मित हो। यो श्रम र त्यसबाट निर्मित प्रविधिको प्रिय सन्तति हो।
भाग्य के हो ? मानिसको भाग्यविधाता को हो ? हाम्रोमा प्रचलित सनातनी उत्तर हो, चतुुर्मुुखी ब्रह्माजी। ब्रह्माजीको दूत भावीले छैटीमा मानिसका ललाटमा भाग्य लेखिदिन्छ। र, मानिस यो भाग्यको निरुपाय दास बन्छ। अब ऊ केवल ललाटमा लेखेको पाउँछ, आँखाले देखेको वा मनले चिताएको पाउँदैन। भगवानको दूतरूपी पुुरेत भन्छ— जसले पूर्वजन्ममा पुुण्य कर्म गर्यो, उसले यो जन्ममा सुुखभोग गर्छ। जसले यो जन्ममा पुुण्य कमाउँछ, उसले पुुनः अर्को जन्ममा सुुखभोग गर्छ। यसको अर्थ सबै जन्ममा सुुखभोग गर्ने त धनधान्यले परिपूर्ण शोषक एवं शासकहरू नै हुुने भए। कारण जोसँग धन छ, जुुनसुुकै जुुनीमा पनि उसैले पुुण्यकर्म गर्छ र उसैले सुुखभोग गर्छ। जोसँग छैन, ऊ जुुनसुुकै जुुनीमा पनि पुुण्यकर्म गर्न नसकी दुुःखैदुुःख भोग्न अभिशप्त हुुन्छ। तसर्थ ललाटमा लेखिने भाग्यमा शोषक र शासकहरूका भागमा सधैँ सुुखैसुुख पर्ने भयो, शासित र शोषितको भागमा सधैँ दुुःखैदुुःख।
कार्ल मार्क्स भाग्यको यो छलकारी विधानसँग सर्वधा असहत छन्। र, नै त ज्ञानी बूढा भन्छन्— मानिस आफ्नो भाग्यको निर्माता आफैं हो। तर, यसमा एउटा सीमा छ। त्यो हो, इतिहासले तोकेका सीमाभित्र मात्र मानिस आफ्नो भाग्यको निर्माता हो। बस्, वागी मार्क्स मानिसलाई हौस्याउँछन्— उठ, जाग, लड र आफ्नो भाग्य आफैं निर्माण गर !
अनि मानव संस्कृति र सभ्यताको निर्माता को हो नि ? साहुु–सेठहरू कि श्रमिक ? जगत्का यावत् उपयोगी वस्तुुहरूको निर्माता को हो ? साहुु–सेठहरू कि श्रमिक ? मार्क्सवादको लयमा म्यक्सिम गोर्की भन्छन्— संस्कृति र सभ्यताको जडी तत्व श्रम हो, र श्रमको मालिक श्रमिक हो। तर, यस अन्यायी जगत्मा श्रमकर्ता र श्रमको मालिक एउटा छ, श्रमको फल लुुटिखाने अर्कै छ। जो अन्न फलाउँछ, ऊ पेटभरि खान पाउँदैन। जो वस्त्र बुुन्छ, ऊ आङ न्यानो हुुने गरी लुुगा लाउन पाउँदैन। जो ओखती र उपकरणहरू उत्पादन गर्छ, ऊ दबाईमूलोबाट वञ्चित छ। जसको श्रम लोकका यावत् मूल्यवान् चीजको आधरशिला हो, उही नानाओली वञ्चनाहरूको सिकार भएको छ।
शिक्षा र स्वास्थ्यको सुुविधा, साहित्य र कलाको आस्वादन, वि श्राम र मनोविनोदको आनन्द उसका लागि अकाशको फल आँखा तरी मर् सरह छन्। यो संसार यसको निर्माता श्रमिकको हो, तर विडम्बनावश यसको स्वामी अर्कै ठालुु भएको छ। र नै करुणामयी कार्ल मार्क्स लोककल्याणको मुुद्रामा घोषणा गर्छन्— श्रमिकसँग गुुमाउनलाई बन्धनकारी सिक्री सिवाय केही छैन, जित्नलाई सारा संसार छ। र नै यो विजयका लागि मार्क्स क्रान्तिको देउरालीमा उभिएर संग्रामी आह्वान गर्छन्— संसारभरिका श्रमिकहरू एक होऔँ।
बस्, आजलाई यति नै। जय मार्क्स !