कृषकलाई हाते ट्याक्टर

कृषकलाई हाते ट्याक्टर

सन्धिखर्क : अर्घाखाँचीको पाणिनी गाँउपालिकाले कृषकलाई हाते ट्याक्टर बितरण गरेको छ । परम्परागत कृषि पेशालाई  व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ४० वटा हाते ट्याक्टर बितरण गरेको हो ।

श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।पाणिनी गाँउपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरेको गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन ।

पाणिनी गाँउपालिकाका अध्यक्ष गौतमले ट्याक्टर वितरण गर्दै छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपुर्ण हुने बताए । यस आर्थिक वर्षमा कृषि कार्यक्रम अन्तरगत ४० वटा हाते ट्रयाक्टर  कृषक समुह तथा सहकारीले ५० प्रतिशत अनुदानमा बितरण गर्न थालिएको हो ।

 परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो  होस भनेर पावर टेलर वितरण गरेको उनको भनाइ छ । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकै नासले जोत्न सकिने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.