प्राधिकरणको लापरवाही : करेन्ट लागेर दुई युवतीको मृत्यु

प्राधिकरणको लापरवाही : करेन्ट लागेर दुई युवतीको मृत्यु

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ६ बिहुँकोटमा करेन्ट लागेर दुई युवतीको मृत्यु भएको छ।  शनिबार बिहान जंगलमा घाँस काट्न गएका स्थानीय २० वर्षीया निशा कँडेल र २५ वर्षीया गुमा कँडेल अबेरसम्म घरमा नफर्केपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन्। 

बिहान अबेरसम्म पनि घरमा नफर्केपछि अभिभावक र आफन्तले निरन्तर फोन गरेका थिए। तर, सम्पर्क नभएकाले वनमा गएर खोजी गर्ने क्रममा विद्युत पोल नजिकै दुई युवती मृत अवस्थामा भेटिएको स्थानीय भरत सापकोटाले जानकारी दिए। 

करेन्ट लागेर मृत्यु भएको घटनापछि अवस्था तनावपूर्ण बनेको थियो। विद्युत प्राधिकरणको चरम लापवाहीका कारण दुई युवतीले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले मध्यपहाडी लोकमार्ग अवरुद्ध समेत गरेका थिए। उनीहरुले मृतक युवतीको शव उठाउन समेत दिएका छैनन्। विद्युत प्राधिकरणले घटनाको जिम्मेवारी लिनुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, जीर्ण पोल हटाएर जोखिम अन्त्य गर्नुपर्नेलगायत माग स्थानीयले राखेका छन्। 

जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारे पनि आक्रोशित स्थानीयले विद्युत प्राधिकरणले घटनाको जिम्मा नलिएसम्म शव उठाउन नदिने अडान राखेको प्रहरी नायव निरीक्षक कृष्ण कार्कीले जानकारी दिए। 

धेरै पहिलेदेखि विद्युत पोलकोमाथि रहेको तार अडाउने ठाउँबाट तार छुट्टिएर पोलमा छुने र त्यहाँबाट करेण्ट जमिनमा प्रवाह भएर बाटो हिँड्नेको ज्यान जान सक्ने देखिए पनि  प्राधिकरणले ध्यान नदिएको स्थानीयको आरोप छ । विद्युत पोल जीर्ण रहेको र प्राधिकरणले समयमै त्यसको उचित व्यवस्थापन गर्न नसक्दा दुःखद घटना दोहोरी रहेको स्थानीय सापकोटाले बताए । 

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत लाइनको तारबाट पोलमा करेण्ट लिग हुँदा दुखद घटना भएको स्वीकार गरेको छ । ‘हामी घटनास्थलमै पुगेर घटनाबारे यथार्थ जानकारी लिने क्रममै छौं । तर, जे घटना भएको छ, त्यो दुखद छ,’ बागलुङ वितरण केन्द्र प्रमुख कपिलराज पाण्डेले भने, ‘जिल्लामा धेरै जीर्ण पोल र जोखिम छ, हामीले यसलाई जति सक्दो छिटो हटाउने प्रयासमा छौँ ।’ यसमा प्राधिकरणको एकल प्रयासले मात्र यस्ता घटना उल्लेख्य रुपमा कम नहुने भएकाले उपभोक्ता पनि सचेत बन्न आवश्यक रहेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.