शक्तिशाली महासचिवमा पौडेलको छलाङ
काठमाडौं ः नवगठित नेपाल कम्युुनिस्ट पार्टीको महासचिवमा विष्णुु पौडेलको ‘छलाङ’ले शक्तिशाली कम्युुनिस्ट पार्टीको भावी नेतृत्वबारेको बहस बढेको छ। नेपाल कम्युुनिस्ट पार्टीको अध्यक्षता केपी ओली र पुुष्पकमल दाहालले संयुुक्त रूपमा गर्ने भए पनि महŒवपूर्ण चरणमा संगठन विभागको नेतृत्व पौडेलको काँधमा आएको छ। दुुई दलका संगठनलाई सन्तुुलित र विवादरहित रूपमा समायोजन गर्नेदेखि संगठन विभागलाई चलायमान र सशक्त बनाउने जिम्मेवारीसमेत पाएका छन् पौडेलले।
नहोस् पनि किन, तत्कालीन एमालेको महाधिवेशनबाटै निर्वाचित उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेल एकाएक पाखा लागे र पौडेल चामत्कारिक रूपमा पार्टी महासचिवमा उदाए। पोखरेल ९ सदस्यीय सचिवालयमा परे पनि रावल भने त्यसभित्र पनि अटाएनन्। ओली र दाहालपछि पार्टीको नेतृत्वबारे अनेक टिप्पणी भइरहेका बेला जबर्जस्त रूपमा प्रवेश भएको छ, पौडेलको। तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, रामबहादुुर थापा मात्र होइन, एमालेकै भीम रावल र ईश्वर पोखरेललाई पनि एकाएक पछि पार्दै शक्तिशाली पार्टीको संगठनमा पौडेलको आगमन भएको हो।
शान्त कूटनीतिक स्वभावका पौडेलको महासचिव पदमा आगमनलाई पार्टीको भावी नेतृत्वसँग जोडेर हेर्न थालिएको छ। २ वर्षपछिको एकता महाधिवेशन अघि नै पौडेललाई पार्टीको भावी नेतृत्वको रूपमा हेर्न थालिएको छ। एमाले र माओवादी केन्द्रबीच एकताको प्रयास अघि बढ्दै गर्दा नेताले भन्ने गरेका थिए, एकीकृत पार्टीको पदाधिकारीमा दुुई जना अध्यक्ष मात्रै। एकता घोषणाअघिको बिहीबार बिहान बसेको एकता संयोजन समिति बैठकसम्म पनि महासचिव पद रहने÷नरहने निश्चित थिएन। तर एकाएक पौडेल महासचिवमा नियुुक्तिको खबरले पार्टी एकतामा अर्कै तरंग पैदा गरिदियो। पार्टी अध्यक्ष केपी ओलीले आफ्नो ‘उत्तराधिकारी’का रूपमा पौडेललाई अघि सारेको एकथरी राजनीतिक विश्लेषकहरू बताउँछन्। ओलीको सुुखदुुःखमा साथ दिने नेताका रूपमा चिनिन्छन्, पौडेल।
मिलनसार एवं शान्त स्वभावका पौडेलले ओली नेतृत्वको वर्तमान सरकारको महŒवपूर्ण मन्त्रालयको जिम्मा पाउने चर्चा थियो। तर उनी क्याबिनेटमा नअटेपछि धेरैले धेरै थरी अनुुमान पनि गरे। तत्कालीन माओवादीसँग चुुनावी तालमेल र पार्टी एकताको सुूत्रधारका रूपमा काम गरेका पौडेलले ओली क्याविनेटमा नअटेपछि पार्टीको काममा निकै सक्रियता देखाए। माओवादीसँग केन्द्रसंग एकता, राजनीतिक भागबण्डा र संसदमा पार्टीको विभिन्न भूमिकामा अग्रणी भए, पौडेल। महासचिव ईश्वर पोखरेल समेत रक्षा मन्त्रालयको नेतृत्वमा गएपछि पौडेलले माओवादी नेतृत्वलाई एकतामा ल्याउन भूमिका खेल्नेदेखि पार्टीका वरिष्ठ नेता माधव नेपालसम्मको मन जित्ने काम गरे।
शान्त कूटनीतिक स्वभावका पौडेलको महासचिव पदमा आगमनलाई पार्टीको भावी नेतृत्वसँग जोडेर हेर्न थालिएको छ।
‘मिसन ओरेण्टेड’ पौडेलले कुुनै पनि जिम्मेवारी लिंदा विचमा छोडेको वा असफल भएको ईतिहास नरहेको दावी गर्छन, उनका समकक्षीहरु। अत्यन्तै ‘लो प्रोफाईल’ मा रहेर काम गर्ने पौडेल चर्चामा आउन त्यति रुची गर्दैनन। पौडेलको महत्वपूर्ण विशेषता भनेको जहिले पनि भूगोलको राजनीतिमा केन्द्रित भएर काम गर्ने शैली हो। ३२ वर्षको उमेरमा तत्कालीन एमालेका स्व. महासचिव मदन भण्डारीले पार्टीको केन्द्रिय सदस्यमा मनोनित गरेपछि पौडेल कांग्रेसको जगजगीको बेला महाकाली ईञ्चार्ज भएर काम गरेका थिए। त्यस यताका समयमा पनि पौडलले भूगोलको राजनीतिलाई निकै महत्व दिएर काम गरेका थिए। तत्कालीन एमालेको ५ नम्वर प्रदेशको ईञ्चार्ज रहेका पौडेलको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भुुगोलबाट एमालेले राम्रै नजिता निकाल्यो।
कार्यकर्ता र शुुभेच्छुुकसंग मित्रवत र ‘ज्यान दिने’ माया र व्यवहारका कारण पौडेलसँग जो कोही पनि टाढा हुुन नसक्ने उनका समकक्षीहरु बताउँछन। पार्टीका दस्तावेज निर्माण देखि दस्तावेजलाई व्यवस्थित गर्ने र तथ्यांकमा खेल्ने पौडेलका लागि दुुई दलका संगठनलाई न्यायोचित र सन्तुुलित रूपमा अघि बढाएर पाटीलाई शसक्त बनाउने जिम्मेवारी थपिएको छ। तत्कालीन एमालेले पहिलो संविधानसभामा नराम्रो हार व्यहोर्दा पनि स्थायी समितिबाट चुुनाव जित्ने दोस्रो व्यक्ति थिए, पौडेल। दोस्रो संविधानसभामा माओवादी केन्द्रका बाबुुराम भट्टराईलाई नराम्रोसँग पराजित गरेका पौडेललाई मिलनसार, मिजासिलो नेताका रूपमा हेर्ने गरिन्छ। केपी ओलीको अघिल्लो सरकारका पालामा अर्थमन्त्री रहंदा धेरैको अनुुमान विपरित उनले लोकप्रिय बजेट ल्याएका थिए।