कर्णाली प्रिमियर लिग : धनगढी शीर्ष स्थानमा

कर्णाली प्रिमियर लिग : धनगढी शीर्ष स्थानमा

सुर्खेत : प्रथम कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगितामा शनिबारसम्म धनगढी क्रिकेट क्लब शीर्ष स्थानमा उक्लिएको छ। समूह ‘बी’मा रहेको धनगढीले प्रतियोगितामा लगातार तीन जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। शनिबारको खेलमा धनगढीले एबीसी स्पोर्टस् क्लबलाई ३२ रनले हरायो।

टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५३ रनको योगफल तयार गरेको थियो। धनगढीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४०, वसन्त चौधरीले ३० र लोकेश बमले २५ रनको योगदान दिएका थिए। एबीसीका बलर सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान दुईदुई विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको एबीसीले एक सय २१ रन मात्र जोड्न सक्यो। एबीसीका लागि आयुष्मान बमले सर्वाधिक ३१ र महेश खत्रीले २१ रनको योगदान दिए। धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले समान दुईदुई विकेट आफ्नो नाममा गरे। खेलको प्लेयर अफ द म्याच सुनिल धमला घोषित भए।

अर्को खेलमा मध्यपश्चिम क्रिकेट क्लब र रूपन्देही ११ ले पनि जित हासिल गरेका छन्। समूह ‘ए’मा टीकापुर क्रिकेट क्लब र रूपन्देही–११, दुई खेलमा समान दुईदुई जितका साथ चार अंक बटुल्दै दोस्रो स्थानमा छन्। मध्यपश्चिम क्रिकेट क्लब दुई अंक बटुल्दै तेस्रो स्थानमा छ।

शनिबारको अर्को खेलमा पहिलो मध्यपश्चिम क्रिकेट क्लबले रोयल राइजिङ क्लबलाई आठ विकेटले हरायो। टस हारेर ब्याटिङ गरेको रोयल राइजिङले १८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सकेको थियो। मध्यपश्चिम क्रिकेट क्लबका बलर दीपेन्द्र रावत एक्लैले चार विकेट हात पारे। सुनिल सुनारले तीन तथा भीम धमलाले दुई विकेट लिए।

रोयलका लागि प्रकाश जैसीले सर्वाधिक ३० रन बनाए। ८८ रनको लक्ष्य पाएको मध्यपश्चिमले नौ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसको जितमा ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रन जोडे। खेलको म्यान अफ दी म्याच दीपेन्द्र रावत चुनिए।

अर्को खेलमा रूपन्देही–११ ले त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हरायो। टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले २० ओभरमा नौ विकेट गुमाएर एक सय ५५ रन जोडेको थियो। आर्मीका लागि भीम सार्कीले सर्वाधिक ४३ रन, कप्तान विनोद भण्डारीले ३२ रन र सागर पुनले २९ रन बनाए। रूपन्देहीका बलर कृष्ण कार्की र बसिर अहमदले समान चारचार विकेट हात पारे। रूपन्देहीले २.२ ओभरमा २४ रन बनाएर एक विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो।

आधा घन्टापछि पुनः सुरु भएको खेल प्याराबोला प्रणालीअनुसार रूपन्देहीलाई ११ ओभरमा ९३ रनको लक्ष्य दिइएको थियो। २४÷१ को अवस्थामा रहेको रूपन्देहीले त्यसपछि ५२ रनको स्कोरमा ६ विकेट गुमाउन पुग्दा हारको खतरा देखिएको थियो। तर, सातौं नम्बरमा ब्याटिङ गर्न आएका सुरज राईले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा चार चौका र चार छक्का प्रहार गरेपछि रूपन्देहीले ६ बलअगाडि नै लक्ष्य पूरा गरेको थियो। खेलको प्लेयर अफ दी म्याच सुरज दराई घोषित भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.