कांग्रेस नेता शेखरको आक्रोशः देउवा-ओली दुवै अधिनायकवादी

कांग्रेस नेता शेखरको आक्रोशः देउवा-ओली दुवै अधिनायकवादी

चौताराः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देउवा र ओली दुबै अधिनायकवाद तिर लम्केको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर समितिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले शेरबहादुर देउवा पार्टी भित्र र केपी ओलीले सरकारमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका हुन् । 

माइतीघर मण्डलामा जुलुस धर्ना निषेध गरेर ओलीले अधिनायकवादको सुरुवाती विन्दुको थालनी गरेको कोइरालाले बताए । उनले पार्टी सभापति देउवाले विधान पनि नमान्ने र सहमतिमा पनि नआई पार्टी भित्र अधिनायकवाद हाबी गराउन खोजेको धारणा राखे ।

‘चुनाव सम्पन्न गरेको जस लिन हतार गर्नेले हारको जिम्मेवारी पनि लिनुपर्छ’, पार्टी सभापति देउवालाई लक्षित गर्दै कोइरालाले भने, ‘पार्टी नेतृत्वले संगठन जिरो पारेकाले चुनाव हारिएको हो ।’ 

वाम एकताबाट पार्टी भित्र सत्तामा जान चाहानेहरु मात्र अतालिएको उल्लेख गर्दै कोइरालाले काँग्रेसलाई संगठन मजबुत बनाउने अवसर आएको बताए । 

‘कांग्रेस हारको कारण बाम गठबन्धन मात्र होइन, म जिम्मेवार लिन तयार छु केही कारण मेरो पनि होला’, कोइरालाले भने, ‘सबै भन्दा बढी जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ ।’

उनले महासमिति वैठकबाट प्रादेशिक ढाँचाको विधान परिवर्तन गरी छिटो महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेस भित्र गैरराजनीतिक चरित्र हाबी भएका छन्, फाइदा लिने हिसाबले आएका व्यवसायी नेता बनेका छन्’, कोइरालाले थपे, ‘अधिनायक र गैरराजनीतिक चरित्रलाई निस्तेज पार्न छिटो महाधिवेशनमा जान जरुरी छ ।’ 

नेतृत्वसँग आँखा जुधाएर गलत प्रवृत्तिको विरोध गर्न कोइरालाले कार्यकर्तालाई निर्देशन दिए । खबरदारी गर्न नसकेकै कारण नेतृत्व निरंकुस बन्दै गएको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.