कांग्रेस जिल्ला सभापति भेला असारको पहिलो साता

कांग्रेस जिल्ला सभापति भेला असारको पहिलो साता

काठमाडौं : नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला असारको पहिलो साता हेटौंडामा हुने भएको छ। आइतबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञिप्त निकाल्दै जिल्ला सभापतिको भेला असार ५, ६ र ७ गते मकवानपुरको हेटौंडामा गर्ने जानकारी दिएका हुन्। 

वैशाखमा सकिएको कांग्रेसको केन्द्रीय कार्यसमिती बैठकले जेठको अन्तिम हप्तासम्म  जिल्ला सभापति भेला र भदौमा महासमिती भेला गर्ने निर्णय गरेको थियो। केन्द्रीय  कार्यसमितिको निर्णय अनुसार जिल्ला सभापतिको भेला असारको पहिलो हप्ता तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय कार्यसमितिको बैठक लगत्तै पदाधिकारी मनोयन गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा केही हप्ता यता जिल्ला सभापति भेला र  विधान संशोधन मस्यौदा समिती तय गर्ने विषयको छलफलमा थिए। 

उपसभापति बिमलेन्द्र निधिका अनुसार अनौपचारिक रुपमा विद्यान संशोधन समिती बनाउने गृहकार्य समेत अन्तिम चरणमा पुगेको छ। निधिले अन्नपूर्णसँग भने, एक दुई दिनमै त्यसको पनि घोषणा हुन्छ।’ स्रोतका अनुसार महामन्त्री पूर्णबहादुर खडकाको संयोजकत्वमा विद्यान संशोधन मस्यौदा समिती बनाउने गृहकार्य भइरहेको छ। 

उपसभापति निधिका अनुसार जिल्ला सभापतिको भेलामा उक्त समितीले पार्टीको नयाँ संरचना बारेमा सल्लाह संकलन गर्नेछ। निधिका अनुसार पुरानो २४० निर्वाचन क्षेत्र र जिल्लाको संरचनालाई बदलेर नयाँ विद्यानले १६५ संघीय निर्वाचन क्षेत्र, ३३० प्रादेशिक निर्वाचन क्षेत्र, ७५३ ओटा स्थानीय तह, ७ प्रादेशिक संरचना र ७७ जिल्लागत संरचना कायम गर्नेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.