दुई ओभरमा सन्दीपले लिए तीन विकेट
काठमाडौँः इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तरगत मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने दुई ओभरमा तीन विकेट लिएका छन् । सन्दीपले पहिलो ओभरमा एक र १० औँ ओभरमा दुई विकेट लिएका हुन् ।
सन्दीपले मुम्बईका ओपनर सूर्यकुमार यादवलाई ४ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन पठाए । पहिलो र दोस्रो बलमा बाउन्ड्री गएपछि चौथो बलमा सन्दीपले सूर्यकुमारलाई आउट गरेका हुन् ।
लामिछानेले व्यक्तिगत दोस्रो विकेट १० औँ ओभरमा लिए । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सन्दीपले किरोण पोल्लार्डलाई १० औं ओभरको पहिलो बलमै आउट गरेका हुन् । बाउन्ड्री हान्ने क्रममा पोल्लार्डलाई सन्दीपले म्याक्सवेल र बोल्टमार्फत् क्याच आउट गराएका हुन् ।
व्यक्तिगत तेस्रो विकेट लिने क्रममा सन्दीपले क्रुनाल पाण्ड्यालाई १० औं ओभरको चौथो बलमा क्याच आउट गराएका हुन् । उनको यो विकेट टिमका लागि भने पाँचौ हो ।
पहिले ब्याटिङ गर्दै दिल्लीले १७४ रन बनाएपछि ब्याटिङमा आएको मुम्बईविरुद्ध सन्दीपले बलिङको अवसर पाएका थिए । तेस्रो तेस्रो अवसर भने सन्दीपले १० र ११ ओभरमा पाए ।
सन्दीप आईपीएल बलिङको शीर्ष स्थानमा
चेन्नईविरुद्ध चम्किए सन्दीप, दिल्ली ३४ रनले विजयी
डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले