आईपीएल : चेन्नर्इले जित्दा राजस्थान प्लेअफमा, पञ्जाब बाहिरियो

आईपीएल : चेन्नर्इले  जित्दा राजस्थान प्लेअफमा, पञ्जाब बाहिरियो

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तरगत आइतबार रातिकोखेलमा चेन्नर्ई सुपर किंग्सले किंग्स ११ पञ्जाबलाई ५ विकेटले पराजित गरेपछि राजस्थान रोयल्स प्ले अफमा पुगेको छ । पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छ । 

पुनेमा भएको खेलमा चेन्नईले टस जिति फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन जोड्यो । चेन्नर्ईले १९.१ ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाउँदै जित हात पर्‍यो । 
 

पञ्जाबको सुरुवाती ब्याटिङ निकै खराब रह्यो , आक्रमक ब्याटिङ गर्ने ओपनर द्वय क्रिस खेल र केल राहुल र अर्का भरपर्दा ब्याट्सम्यान आरोन फिंच चार ओभरमै गुमाउन पुग्दा पञ्जाबको ब्याटिङ लाइन धरासायी बनेको थियो । 

मनोज तिवारी, डेभिड मिलर, करुण नायरले पञ्जाबको स्कोर उकास्न योगदान गरे । करुण नायरले सर्वाधिक ५४ रन बनाए, मनोज तिवारीले ३५, मेभिड मिलरले २४ र अक्सर पटेलले १४ रन बनाए अन्यले दोहोर अंकको रन बनाउन सकेनन् । 

चेन्नईका लागि दक्षिण अफ्रिकी बलर लुंगी जिदीले मात्रै ४ विकेट दिए ।

१५४ रनको सामान्य लक्ष्य पाएको चेन्नईको पनि सुरुवाती राम्रो थिएन । पाचौं ओभरमै २७ रन बनाउँदा ३ विकेट गुमाइ सकेको थियो । १० ओेभरमा ५८ रन बनाउँदा ४ विकेट गुमाएर कमजोर अवस्थामा पुगेको चेन्नर्ईलाई सुरेश रैना र दिपक चहरले पाचौं विकेटका लागि ५६ रनकोसाझेदारी गर्दै जितको नजिक पुर्‍याए । 

चेन्नईका लागि सुरेश रैना सर्वाधिक ६१ रन बनाए । दिपक चहरले ३९, हरवजन सिंहले १९ र धोनीले १६ रन बनाए । 
पञ्जाबका कप्तानसमेत रहेका रविचन्द्र आश्विन र अंकित राजपुतले चेन्नईको २–२ विकेट लिए । हारपछि १२ अंकमा पञ्जाब सीमित हुँदा र १४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको राजस्थान प्ले अफमा स्थान पाउन सफल भयो। 

आइतबार कै अघिल्लो खेलमा दिल्लीले मुम्बईलाई हराउँदा राजस्थानलाई प्ले अफमा पुग्ने बाटो खुलेको थियो । 
सनराइजर्स हैदरावाद १८ अंकसाथ पहिलो, समान अंक रहेका चेन्नई दोस्रो १६ अंक रहेको कोलकत्ता चेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाइ सकेको छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.