परीक्षार्थीलाई केही टिप्स
धेरैजसोलाई परीक्षा हाउगुजी लाग्छ। वर्षभरि कक्षामा गएर पढिरहेका विद्यार्थी वा कुनै जागिरको प्रतिस्पर्धा गरिरहेका, जो कसैलाई परीक्षासँग डरै लाग्छ। तपाईं पनि कुुनै परीक्षाको तयारी गरिरहनुु भएको हुुन सक्छ। अथवा सोचमा हुनुहुुन्छ कि ? यदि त्यसो नभए नजिकमा कोही परीक्षार्थी पक्कै हुन सक्छ। परीक्षाको अनावश्यक तनाव खेपिरहेको हुुन सक्छ। यस्तो बेलामा के गर्ने ?
पढ्नुुहोस् केही टिप्स।
पढाइमा पर्याप्त समय खर्चिनुुहोस्
यदि परीक्षामा सफलता हासिल गर्नु छ, पढाइबाट मनग्गे फाइदा लिनुु छ भने पर्याप्त समय खर्चिनुुपर्ने हुुन्छ। कसैको परीक्षाकै समयमा मात्र पढ्ने बानी हुन्छ। सुुरुदेखि नै समय व्यवस्थापन गर्दै पढ्ने गरेमा मात्र राम्रो नतिजा हासिल गर्न सकिन्छ। नत्र सोच्ने, तयारी गर्ने समय पुुग्दैन।
पढ्ने स्थान उपयुुक्त छान्नुहोस्
विद्यार्थीको पढ्ने वातावरण जहिले पनि शान्त हुुनुुुपर्छ। अनावश्यक आवाज नआउने अनि उज्यालो स्थानमा मात्र सजिलोसँग पढ्न सकिन्छ। कसैकसैको मधुुर संगीत बजाएर पढ्ने बानी हुुन सक्छ। पढाइमा बस्ने आसनले पनि ठूूलो प्रभाव पार्छ। ओछ्यानमा पल्टिएर, सिरकमा गुुटुुमुुटुु भएर पढ्ने बानीले अल्छी बनाउँछ। भरसक कुर्सीमा सीधा भएर पढ्ने बानी गर्नुुपर्छ।
पढेको कुुरा अरूलाई सुुनाउनुुहोस्
पढेको कुुरा अरूलाई जस्ताको तस्तै सुुनाउने बानी गर्नुुपर्छ। यसले कठिन सूत्रसमेत सम्झिन सजिलो हुुन्छ। त्यसैले, परीक्षार्थीले गफमा भुुलिएर समय बर्बाद गर्नेभन्दा अरूलाई सुन्न लगाएर फाइदा लिनुुपर्छ।
पुुराना परीक्षालाई ध्यान दिनुुहोस्
धेरैजसो परीक्षामा पुराना प्रश्नपत्र दोहोरिरहेका हुन्छन्। कोर्स पुरानो हुुँदै गएपछि त झन् नयाँ प्रश्नको सम्भावना पनि न्यून हुुन्छ। अघिल्ला परीक्षाका प्रश्नपत्र, उत्तर लेख्ने तरिका आदिबारे परीक्षार्थी सधैं चनाखो बन्नुुपर्छ। यसले एकातिर आत्मविश्वास बढाउँछ भने अर्कातिर पढ्नमा ध्यान जगाउँछ।
समूूहमा पढ्ने बानी बसाल्नुुहोस्
अधिकांश विद्यार्थीलाई समूहमा पढ्ने बानीले फाइदा पुग्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। समूहमा पढ्ने गर्दा छोटो समयमा धेरै पढ्न र तयारी गर्न सकिन्छ। आ–आफ्नो जिम्मामा रहेको विषय वा पाठ मात्र तयारी गर्दा समयको पनि बचत हुुन्छ। यसबाट अरूलाई सिकाउने, पढाउने कलाको पनि विकास हुुन्छ।
सन्तुुलित भोजन गर्नुुहोस्
कतिपयले पढ्ने कामलाई परि श्रम ठान्दैनन्। यसमा शारीरिकभन्दा मानसिक थकान बढी हुुन्छ। नियमित पढ्ने विद्यार्थीले आहारबिहारमा पनि ख्याल गर्नुुपर्ने हुुन्छ। ताजा एवंं पोषणयुुक्त खाना खाने बानी गर्नुपर्छ। स्वास्थ्य अनुुकूल भए मात्र सोचेको काम गर्न सकिन्छ।
समयसमयमा आराम गर्नुुहोस्
कुुनै पनि काम नियमित गरिरहन सम्भव छैन। त्यस्तै पढ्ने काम पनि लगातार सम्भव हुुँदैन। तनावमुुक्त भएर गरेको कामले मात्रै राम्रो नतिजा दिन्छ। त्यसैले, पढ्ने मान्छेले पनि बेलाबेलामा आराम गरेर फ्रेस हुुनुुपर्छ।
रुटिङ बनाएर काम गर्नुुहोस्
रुटिङ बनाएर काम गर्ने बानीले समयमा निर्धारित काम गर्न सजिलो हुुन्छ। यसले समयको बचत गर्ने बानीको समेत विकास हुुन्छ। अझ स–साना नानीहरूलाई त अभिभावक एवंं शिक्षकले नै समय तालिकाको व्यवस्था गरिदिनुुपर्छ। समय पालना भएको नभएको समेत ख्याल गर्नुुपर्छ।
परीक्षाको दिनको योजना बनाउनुुहोस्
परीक्षाको दिन तनावमुुक्त रहनुुपर्छ। यसका लागि केही दिनअघिबाटै योजना बनाउन आवश्यक हुुन्छ। परीक्षास्थलमा पुुग्ने समय, लाग्ने समय, सँगै जाने साथीको पनि विचार पु¥याउन आवश्यक छ। परीक्षासँग सम्बन्धित नियम, समय आदिबारे ध्यान दिन आवश्यक हुुन्छ। त्यस्तै, परीक्षाको समयमा सफा अक्षरमा सटिक उत्तर दिने प्रयास गर्नुुपर्छ। यसबाट उत्तरपुुस्तिका परीक्षकलाई प्रभाव पार्न समेत सजिलो हुुन्छ।
पर्याप्त पानी पिउनुुहोस्
परीक्षाको तयारीमा लागेका विद्यार्थीले मानसिक रूपमा थाकेको महसुुस गर्छन्। धेरैजसो विद्यार्थीको एकोहोरो पढ्ने बानी हुुन्छ। नियमित पानी पिउने गर्नाले थकान कम हुुन्छ। त्यसकारण उमेरअनुुसार पर्याप्त सफा पानी पिउने बानी गर्नुुपर्छ। यसले विद्यार्थीलाई मात्र होइन, हरेक उमेरसमूहका व्यक्तिलाई फाइदा पुुग्छ।