मूर्तिकलामा मोह
नारायणगोपाल गुरुवाचार्यको स्वरमा एउटा गीत छ, ‘मन्दिरमा छ कि मूर्तिमा माया...।’ गीतको पंक्तिअनुसार माया बढी कहाँ छ ? यो अर्को बहसको विषय हो। तर, मन्दिर र मूर्ति एकअर्काका पर्याय हुन्। अपवादबाहेक सबै मन्दिरमा मूर्ति पुनर्स्थापित हुन्छ। तर अब मूर्तिको स्थान मन्दिर मात्र रहेन। नयाँ बनिरहेका आधुनिक घर हुन् या परम्परागत खालका, सबैजसो घरधनीको घरमा पूजाकोठा प्राथमिकता परेको छ। जहाँ साना भए पनि मूर्ति सजिन थालेको छ। यसले मूर्तिको व्यापार पनि बढाएको छ।
काठमाडौं उपत्यकालाई मन्दिरै मन्दिरको सहर भनिन्छ। यहाँ लिच्छविकालबाटै मूूर्ति निर्माणले फड्को मारेको पाइएको छ। त्यससँगै कतिपयले सोखको रूपमा मूर्ति बनाउँदै पछि व्यवसायको रूपमा अँगाल्दै गए। हाल मूूर्ति निर्माण व्यवसाय कलाको क्षेत्रमा मात्र होइन, रोजगारीको क्षेत्रमा समेत महत्वपूर्ण बन्दै गएको छ।
१० वर्षअघि पाटन, सुुन्धाराका बाबुु महर्जन के काम गरेर खाने भन्ने कुराले रात दिन पिरोलिन्थे। सानातिना काम गरे पनि स्थायित्व नभएपछि उनी चिन्तित थिए। यसैबीच उनले छिमेकीसँग ढुुंगाको मूर्ति बनाउने काम सिके। भन्छन्, ‘सुुरुमा केही असजिलो भए पनि मेहनत गर्दै गएँ। राम्रोसँग काम गर्न सक्ने भएको छुु। आपूmले रोजेको कामप्रति सन्तुुष्ट छुु। घरबार चलाएको छुु।’
दिनानुुदिन कामको चाप बढिरहेको महर्जनको बुुझाइ छ। ‘हरेक मन्दिरमा मूूर्तिहरू स्थापना गरिन्छन्। घरमा समेत मूूर्ति सजाउने चलन बढेर गएको छ। कामको कत्ति पनि खाँचो छैन।’ उनी भन्छन्, ‘मुुलुुक धर्म निरपेक्ष भएसँगै मन्दिर, मूूर्ति स्थापना गर्ने क्रम अझ बढेर गएको छ। हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित देवताका मूूर्तिको माग अत्यधिक छ।’
ललितपुुरका रोशन वज्राचार्य ढुुंगाका मूूर्ति बनाउने काम गरेरै मासिक ४० हजार सम्म कमाइ गर्छन्। आफ्नो पेसाप्रति खुुसी हुुँदै उनी भन्छन्, ‘मूूर्तिकलाको काम सिक्न धेरै समय लाग्दैन। त्यो पनि लगाव र मेहनतमा भर पर्छ। काम सजिलो यस अर्थमा छ, साइजअनुुसारका ढुुंगा अरूले नै ल्याइदिन्छन्। गह्रौं काम गर्नुु पर्दैन।’ अलिअलि धुुलोमा काम गर्नुु परे पनि मास्क लगाउने गरेको उनी बताउँछन्।
सबैभन्दा धेरै गणेश र बुुद्धका मूूर्तिको माग भएको र सोअनुुसार पुु¥याउन गाह्रो भएको वज्राचार्यको भनाइ छ। मूूर्तिको बजार स्थानीय मात्र नभएर विदेशी पर्यटकहरूले पनि ज्यादै रुचाउने गरेको उनी बताउँछन्। ‘विदेशीलाई चित्त बुुझ्यो भने जति पनि पैसा खर्चिन तयार हुुन्छन्। तर ठूला मूूर्ति लैजान उनीहरूलाई असजिलो हुन्छ।’
धादिङका सन्देश तामाङ काम नपाएर भौंतारिइरहेका थिए। काठमाडौं आएर उनले गाउँकै दाजुुहरूको प्रेरणामा ढुुंगा कुुँद्ने काम सिके। केही महिनामै धेरै काम जानिसके। ‘काम सिक्दै मासिक १५–२० हजार हात पार्न थालेको छुु। यसमै भविष्य देखेको छुु।’ कलाको काम गरेर दाम हात पार्दा उनी दंग छन्।
मीना वज्राचार्य पाटनको, सुन्धारामा बुुद्धको मूर्तिको किनारमा बुुट्टा भर्ने र सफा गर्ने काममा व्यस्त थिइन्। ठूला ढुुंगा कुुँद्ने काममा महिलाहरू नभएको र सहयोगीको रूपमा मात्र काम गर्ने गरेको उनी बताउँछिन्। ‘हाम्रो कारखानामा ज्याला र ठेक्का दुवैमा काम गर्नेहरू छन्। उनीहरूको औसत कमाइ ३०–४० हजार हुुन्छ। मेहनत गर्नेले त्योभन्दा धेरै पनि कमाएका छन्।’
मीना तीन दशकदेखि आफ्ना श्रीमान्लाई यही काममा सहयोग गरिरहेकी छन्। मूूर्तिकलाको काम गरेर घरमै बसीबसी परिवार चलाएकोमा उनी गर्व गर्छिन्। ‘आफ्नो काम गर्दा तनाव खप्नुु पर्दैन। आराम गर्ने समय पनि प्रशस्त हुुन्छ। आफ्नो काममा मज्जा छ।’
लाजिम्पाटको सिर्जना कलेज अफ फाइन आर्टमा प्राध्यापनरत लक्ष्मण भुजेल मूर्तिकला विषय लिएर पढेका विद्यार्थी कोही पनि कामबिना नबसेको बताउँछन्।
दोलखाका केशव तामाङ विगत आठ वर्षदेखि मूूर्तिकलाको काम गरिरहेका रहेछन्। यही कामबाट उनले परिवार पालेको, छोराछोरी पढाएको र बेलाबेलामा घरमा समेत पैसा पठाउने गरेको सुनाए। ‘मासिक ५० हजारसम्म कमाइ हुुन्छ। घर परिवार चलेकै छ।’
पैसा कमाउनकै लागि विदेश जानुु नपर्ने केशवको सुुझाव छ। सीपयुुक्त काम नगरेर आजको भोलि पैसा कमाइ हाल्ने प्रवृत्तिप्रति उनी दिक्क छन्। ‘विदेशमा वर्षौं पसिना बगाएर आउँदा पनि सीपको उपयोग गर्न सकिँदैन। बरु स्थानीय बजार बुुझेर काममा हात हाल्दा दिगो हुुन्छ। भविष्यमा पनि काम लाग्छ।’ उनी मूूर्तिकलामै सम्भावना देख्छन्। युुवालाई काम सिक्न र स्वदेशमै पसिना बगाउन आह्वान गर्छन्।
पाटन मंगलबजारको एक पसलमा सूूर्यको मूूर्ति किन्न आएका रत्न महर्जन कलात्मक सहर पाटनको बासिन्दा हुुँ भन्दा गर्व लाग्ने बताउँछन्। मूूर्तिकला व्यावसायिक बन्दै गएकोप्रति खुुसी हुुँदै उनी भन्छन्, ‘कलाको माग दिनहुुँ बढिरहेकै हुुन्छ। यो सन्तोषजनक छ।’ तर जथाभावी लहडमा व्यवसाय सुुरु गरिएसँगै मूूर्तिकलाका मूूल्य मान्यता, शास्त्रीय पक्षको समेत ख्याल नगरिँदा एकरूपता नदेखिएको उनको गुुनासो छ।
ढुुंगाका मूूर्तिको माग बढे पनि तुुलनात्मक रूपमा ढुुंगा पाउनै छाडेको अर्का मूूर्तिकार राजेश लामा बताउँछन्। ‘दक्षिणकालीतिरबाट आउने ढुुंगा पूरै बन्द भएको छ। स्थानीय निकायको नयाँ नियम र सीमाले हामी मारमा छौं।’ एकाएक ढुुंगा पाउन छाडेपछि आफूूहरूको रोजीरोटी नै गुुम्ने अवस्थामा पुुगेको उनी बताउँछन्। सरकारी पक्षले चाँडोभन्दा चाँडो यसका लागि समाधान खोज्नुुपर्ने उनको सुुझाव छ।
राम्रा ढुुंगा नहुुँदा काम राम्रो नहुुने उनी तर्क गर्छन्। सालिक बनाउन अझ राम्रा ढुुंगा चाहिने उनी बताउँछन्। ‘यो काम तुुलनात्मक रूपमा जोखिम हुुन्छ। फोटोअनुुसार सालिकमा अनुुहार मिलेन भने लिनै मान्दैनन्।’ यसमा समय पनि धेरै लाग्ने र कमाइ पनि राम्रो हुुने उनको बुुझाइ छ। अरूले जस्तै उनी पनि मूर्तिकलामा भविष्य खोज्न युुवालाई सुुझाउँछन्।
काठमाडौं, लाजिम्पाटको सिर्जना कलेज अफ फाइन आर्टमा प्राध्यापनरत लक्ष्मण भुजेल मूर्तिकला विषय लिएर पढेका विद्यार्थी कोही पनि कामबिना नबसेको बताउँछन्। प्लस टुु लेभलमा विषय छान्न पाउने साथै स्नातक तहमा अन्य विषयबाट समेत प्रवेश पाउने बताउँदै उनी भन्छन्, ‘यहाँ पढ्दापढ्दै पार्टटाइम जब गर्नेहरू धेरै छन्। यहाँबाट उत्पादित विद्यार्थी कोही पनि खाली छैनन्।
काम हेरी ५० हजारदेखि एक लाखसम्म कमाउने पनि छन्।’ सामुदायिक क्याम्पस भएकाले यहाँ पढ्न धेरै सिर्जनामा पढ्न धेरै शुल्क पनि लाग्दैन। नेपाल ललितकला क्याम्पस, त्रिवि कीर्तिपुरमा यसबारे एमएसम्मको पढाइ हुन्छ। मूर्तिकला बनाइमाग्न मान्छेहरू कलेजमा धाउने गरेको उनको भनाइ छ।