खाम मगरको बल पूजा र भूमे नाच सुरु

खाम मगरको बल पूजा र भूमे नाच सुरु

मुसीकोट : रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको खलंगा बजारसँगै रुकुम पूर्वका मगर बस्तीमा यतिबेला खाम मगरको चाड बल पूजा र भूमे नाचको रौनकले छोपेको छ। हरेक वर्ष जेठ १ गतेका दिन विधिपूर्वक लेकबाट बुकीको फुल टिपेर ल्याई भुमी पूजा गरेपछि बलपुजा सुरु हुन्छ।

असार ५ गतेसम्म रुकुमका मगर जाती मौलिक पोशाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ।रुकुम पूर्वका सिस्ने, पुथा उत्तरगंगा, र भुमे गाउँपालिकामा रहेका आदीवासी जनजातीले खासगरी खाम मगर जातिले विशेष महत्वका साथ मनाउने यो पर्वले रुकुम पश्चिमको सदरमुकाम खलंगामा  पनि विशेष महत्वका साथ मनाउने गर्छन्।

रुकुम पश्चिमको सदरमुकाम खलंगाको सहिद मैदानमा मगर भेला भएर साताको हरेक शनिबार भुमे नाच नाच्ने गरिएको स्थानीय विक्रम पुनले बताए।मगर जातीले पृथ्वी अर्थात् भूमीलाई  मुख्य देवताको रुपमा  पुज्ने चलन छ।

भूमीको पूजा गरेपछि भूमी देवता खुसी हुने र अनिकाल नलाग्ने, पृथ्वीमा कुनैपनि प्रलय नआउने र विभिन्न दुःखको नाश भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ। दु:ख कष्टबाट मुक्त हुने भएपछि भूमीको पूजा गर्दै आएको भुमे गाउँपालिकाकी -१की राममाया बुढाले बताइन्।उनले भनिन्,' मूल देवता भूमीलाई खुसी बनाएर मात्र राम्रो हुनेभएपछि हरेक वर्ष पूजा गर्छौं।

पूजामा गाउँभन्दा टाढा रहेका पनि गाउँ फर्किने गर्छन्।बलपूजा र भूमीपूजा नामले चिनिने यो पर्व मगर जातिका लागि निकै महत्वको चाड मानिन्छ।यस चाडलाई महिनाभरी भूमे नाच नाचेर र आपसमा सद्भाव साट्दै  मनाउने गर्छन्। 

खलंगाको सहिद मैदान, पातुखोलालगायतका स्थानमा रुकुम पूर्वका विभिन्न भागबाट बसाई सरी आएका झण्डै तीनसय घर खाम मगरको बस्ती छ। सबै मगर मिलेर लाङघाली सेवा समाजको स्थापना गरी मुसीकोटमा पनि मगर संस्कृतीको संरक्षण र प्रचार-प्रसार, संरक्षण र सम्वद्धनको प्रयास गरिरहेको समाजका अध्यक्ष भागिन्त बुढाले बताए। विशेष पूजा गरी नाचको समापन आगामी असार ५ गते गरिने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.