'सहकारीमा लेखा समिति र सञ्चालक परिपुरक हुन्'

'सहकारीमा लेखा समिति र सञ्चालक परिपुरक हुन्'

काठमाडौंं :  सहकारी क्षेत्रमा लेखा समितिको भूमिका महत्वपूर्ण हुने राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्।  राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘लेखा समितिको भूमिका अभिबृद्धि ’ विषयक दुई दिने प्रादेशिक कार्यशाला गोष्ठी उद्घाटनका अवसरमा बोल्ने वक्ताहरुले सहकारीमा लेखा समिति गौण हुदाँ समस्या आउने बताएका थिए। 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष बडालले सहकारी क्षेत्रलाई व्यवसायिक बनाउनका लागि लेखा तथा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहेको बताए।  । उनले सहकारी संघ÷संस्था जोगाउन लेखा समितिको महत्वपूर्ण भूमिका भन्र्द  वाह्य लेखापरिक्षक नियुक्त गर्ने समयमा पनि लेखा समितिको भूमिका हुनुपर्नेमा जोड दिए। 

संघ÷संस्था बिग्रेपछि भन्दा पनि बिग्रन नदिनका लागि लेखा तथा सुपरिवेक्षण समिति चनाखो हुनुपर्छ,’ उनले भने। सस्थाको आकार बृद्धि हुँदै जाँदा लेखा तथा सुपरिवेक्षण समितिको भूमिका पनि बढ्दै जाने उनको भनाई थियो। 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीभित्रको आन्तरिक शुसासन प्रभावकारी पार्नका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने बताए। सहकारी ऐन २०७४ले लेखा समितिको भूमिका बृद्धि गरिदिएको बताउँदै सचिव मैनालीले भने,,‘कर्जा प्रभाव ठिकसँग गरेको छ कि छैन, धितो मुल्याकंनलगायतको विषयमा पनि लेखा समितिको भूमिका महत्वपूर्ण रहन्छ।’

उनले लेखा समितिलाई लेखा प्रतिवेदन गम्भीररुपमा छलफल गरेर पृष्ठपोषण गर्ने, सुझाव दिने र पैरवी गर्ने अधिकार कानुनले नै दिएको औल्याए। ‘लेखा समितिले साधारण सदस्यको आँखाका रुपमा काम गर्नुपर्छ।’ उनले भने। 

कार्यक्रममा  राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले साधारणसभाबाट निर्वाचित हुने लेखा समिति सदस्यप्रति उत्तरदायि हुनुपर्ने बताए। २०७४ को सहकारी ऐनले लेखा समितिमा बस्ने व्यक्तिहरु लेखाको ज्ञान भएको हुनुपर्ने कुरालाई समेत उल्लेख गरेको उनको भनाई थियो  । ‘कहिलेकाही लेखा समिति प्रतिपक्षजस्तो देखिए पनि संचालक समिति र लेखा समिति परिपुरक हुन्।’ उनले भने ‘लेखा समिति दैनिक काम सहभागी हुँदैन तर यसले सबै काम कार्वाहीलाई नजिकबाट निहाल्छ।’

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले संघ÷संस्थालाई बलियो बनाउनका लागि लेखा समितिको भूमिका महत्वपूर्ण हुने बताइन्। ‘लेखा समितिको चयन गर्दा उपयुक्त व्यक्तिलाई चयन गर्नुपर्ने हो तर समितिमा राख्नका लागि मात्र, संचालक समितिमा नअटाएपछि लेखामा राख्ने प्रचलनले पनि समस्या आउँछ। यसमा ध्यान दिनुपर्छ,उनले भनिन्। 

लेखा समितिलाई देखाउनका लागि नभइ संघ÷संस्थालाई प्रभावकारी र पारदर्शी रुपमा अगाडी बढाउनका लागि महत्वपूर्ण अंगका रुपमा लिनुपर्ने उनको धारणा थियो। 

राष्ट्रिय सहकारी महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै लेखाले प्रभावकारी भूमिका निर्वाह गर्दा संस्था सवल हुने बताइन्। ‘लेखा समितिले वाच डगको रुपमा सदस्यप्रति उत्तरदायी भएर काम गर्नुपर्छ। सहकारी ऐन २०७४ को दफा ४७ ले लेखा समितिमा तोकिएको योग्यता भएको व्यक्तिको चयन गर्नुपर्ने कुरा उल्लेख गरेको छ।’ उनले भनिन् यो, ‘लेखा समितिको काम प्राविधिक काम हो। त्यसैले वित्तिय विवरण विश्लेषण गरेर सुझाव दिन सक्ने हुनुपर्छ। यसैलाई पृष्ठ पोषण गर्नका लागि महासंघले नियमित रुपमा कार्यक्रम गरिरहेको छ।’

सोमबारदेखि सुरु भएको प्रदेश ३ स्तरीय सो गोष्ठीमा विषयगत केन्द्रीय सहकारी संघ, जिल्लास्तरीय सहकारी संघहरु, राष्ट्रिय सहकारी बैंकलगायतका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.