नेकपा बैठक: सांगठानिक संरचनाबारे विष्णु पौडेल नेतृत्वको कार्यदल
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सांगठानिक संरचनाबारे सुझाव दिन कार्यदल बनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको सोमबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सांगठनिक संरचनाबारे सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन बनाएको हो कार्यदलमा बेदुराम भुषाल, देव गुरुङ र खिमलाल देवकोटा रहेका छन् ।
बैठकले प्रदेश, जिल्ला र गाउँतहको संरचनाका लागि साविकका दुवै अध्यक्षलाई संयोजक बनाएर समिति बनाएको छ ।