दाइजो दिएको खेत बेच्न नमान्दा हत्या

दाइजो दिएको खेत बेच्न नमान्दा हत्या

वीरगन्ज : दाइजोमा दिएको खेत बेच्न नमान्दा महिलाको हत्या गरिएको भन्दै मृतक महिलाका माइती पक्षले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरेका छन्।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ हरदासपुरका भुपेन्द्र पटेलकी श्रीमति २१ वर्षीया रिंकी देवी आइतबार बिहान घरमा मृत अवस्थामा भटिएकी हुन्।

रिंकी देवीका श्रीमान् भुपेन्द्र र ससुरा प्रेमप्रसाद पटेलले रिंकी देवीले घरको कोठाको बलोमा सलको पासो लगाएर आत्म हत्या गरेको बताएपनि माइती पक्षले भने रिंकीको हत्या गरिएको आरोप लगाएका छन्।

रिंकीको माइती वीरगन्ज महानगरपालिका-१६ अलौंमा छ। माइती पक्षले रिंकीको उनका पति, सासु , देवर र जेठाजुले  मिलेर हत्या गरेको आरोप लगएका हुन्। 

रिंकीले आत्महत्या गरेको खबर पाएपछि आइतबार बिहान साढे ११ बजे तिर घटनास्थलमा प्रहरी पुग्दा पनि रिंकीको शव पासो काटेर खाटमा सुताइएको अवस्थामा भेटिएको थियो। 

प्रहरी घटनास्थलमा पुग्दा शव,पासो काटेर खाटमा सुताएको अवस्थामा थियो,यसले शंका उत्पन्न भएको छ , पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, 'शव पोष्टमार्टमका लागि सोमबार नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ।' 

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ।शवको मुचुल्का उठाउने क्रममै मृतक रिंकी देवीका पति भुपेन्द्र र ससुरा प्रेम प्रसादलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो । 

तर अनुसन्धान र कारबाही नै नगरी आइतबार साँझ दुवैलाई छाडि दिएको भन्दै मृतक महिलाका माइती पक्षले र गाँउलेले सोमबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्।
 
मृतक महिलाको माइती रहेको वीरगन्ज १६ अलौंबाट सोमबार करिब दुई सयको संख्यामा आएका आफन्त र अभिभावकले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै सडकमा टायर बालेर यातायात पनि अवरुद्ध पारेका थिए।

स्थिती तनावग्रस्त बनेपछि प्रहरी उपरीक्षक रेवती ढकालले आवश्यक अनुसन्धानका लागि मृतक महिलाका पति र ससुरालाई तत्कालै प्रहरीले नियन्त्रणमा लिने र घटनाको बारेमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि उनीहरु फर्किएका छन्।   

मृतकका बुवा प्रभुप्रसाद कुर्मी।

मृतक महिलाका बुवा प्रभुप्रसाद कुर्मीले छोरीलाई दाइजोमा दिएको पाँच कठ्ठा खेतकै विषयलाई लिएर छोरीको हत्या गरिएको आरोप लगाए।

छोरीकै गाउँ हरदारपुरमा २० कठ्ठा खेत किनेको र त्यो मध्येको पाँच कठ्ठा खेत दाइजोस्वरुप छोरीको नाममा पास गरिदिएको भन्दै मृतक महिलाका बुवा प्रभुप्रसादले भने, 'त्यहि पाँच कठ्ठा जग्गाले मेरो छोरीको ज्यान लियो।'

जिल्ला प्रहरी कार्यालयमा सोमबार भेटिएका उनले भने,'दाइजोमा दिएको पाँच कठ्ठा खेत ज्वाइले बेचेर चार पाङग्रे गाडी किन्न छोरीलाई पटकपटक दबाब दिँदा छोरीले मानेकी थिइनन्।त्यसपछि ज्वाइका तीनैजना दाजुभाइले त्यो खेत भागबण्डा लगाउन भने तर त्यो कुरा पनि छोरीले नमाने पछि उनीहरुले मिलेर मेरी छोरीको हत्या गरेका हुन्।

गत शनिबार मात्र ज्वाँइ, उनका दुई दाजुभाइ र ससुराले दाइजोमा दिएको खेत छोरीको मन्जुरी बिना बेच्नका लागि भागबण्डा गर्न लागेपछि छोरीले आफूलाई फोनबाट जानकारी गराएको भएपनि त्यसलाई गम्भीररुपमा नलिएको भन्दै मृतक रिंकी देवीका बुवा प्रभुप्रसादले भने, 'त्यहि खेत छोरीले बेच्नका लागि भागबण्डा लगाउन नमान्दा उनीहरुले कुटपिट गरेर मेरी छोरीलाइ मारेका हुन्।'


भीड नियन्त्रण गर्दै प्रहरी। 

पर्साका प्रहरी उपरीक्षक ढकालले दाइजोमा माइती पक्षले दिएको खेतको विषयमा परिवारमा विवाद रहेको कुरा आफूले सोमबार मात्रै थाहा पाएको भन्दै भने,' अब यो विषय पनि अनुसन्धानको एउटा पाटो देखियो, यो घटनाका बारेमा गम्भीररुपमा अनुसन्धान गर्छ।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.