अखण्डताविरोधी, अराजकता र हिंसा फैल्याउनेविरुद्ध सरकार कठोर

अखण्डताविरोधी, अराजकता र हिंसा फैल्याउनेविरुद्ध सरकार कठोर

काठमाडौँः सरकारले विभिन्न नाममा हुने गरेका अखण्डता विरोधी तथा हिंसा फैल्याउने क्रियाकलापलाई निष्तेज बनाउने रणनीति बनाएको छ । 

संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले नेपालको जातीय भाषिक र धार्मिक सहिष्णुताका लागि प्रतिवद्धता जनाएको हो । 

वाम दलको सरकारले कुनै पनि नाममा अखण्डताविरोधी क्रियाकलाप नस्वीकार्ने पनि संकेत गरेको छ । लोकतन्त्र, न्याय र स्वतन्त्रताप्रति पूर्णप्रतिवद्धता जनाउँदै सरकारले सबै नागरिक समान भएको पनि उल्लेख गरेको छ । 

सबै प्रकारका भेदभाव अब अन्त्य गरेर छाड्ने अठोट गर्दै सरकारले अब अब प्रतिगमको सपना पुरा नहुने पनि जनाएको छ । कसैले प्रतिगमनको सपना देखेको छ भने अब त्यो पुरानो भइसकेको सन्देश सरकाले नीति तथा कार्यक्रमबाट दिएको छ । 

सरकाले नीति तथा कार्यक्रमबाटै हिंसा फैल्याउन खोज्नेलाई पनि कडा चेतावनी दिएको छ । शान्ति कायम गर्ने कुरालाई सरकारले सर्बोपरि महत्त्व दिएको जनाउँदै सरकराले समृद्ध अब नेपालका लागि मृगतृष्णा मात्रै हुन नसक्ने उल्लेख गरेको छ । 

सरकारले अशान्तिका लागि कुनै अवस्था आउन नदिइने पनि बाचा गरेको छ । जनताका जायज माग सुनिने तर जोर जुलुम र अरजाकता कुनै अवस्थामा स्वीकार नहुने पनि सरकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.