'सैनिक रनिङ्ग शिल्ड' को उपाधि सैनिकलाई

'सैनिक रनिङ्ग शिल्ड' को उपाधि सैनिकलाई

भक्तपुर : आयोजक सैनिक आवासीय महाविद्यालयले १७ औं अन्तरस्कुल 'सैनिक रनिङ्ग शिल्ड' फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्दै लगातारको विजेता बन्न सफल भएको छ।

भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगितामा सोमबार भएको फाइनलमा बुढानिलकण्ठ स्कुललाई २-० गोलले पन्छाउँदै सैनिकले उपाधि रक्षा गरेको हो ।

सैनिकको लागि दुईटै गोल आयुष कुँवरले गरेका थिए।उपाधिसँगै सैनिकले २० हजार नगद पुरस्कारसमेत जोगाएको छ।उपविजेतामै सीमित भएको बुढानिलकण्ठले शिल्ड, पदक र प्रमाणपत्रसहित १० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ।

काभ्रेसहित काठमाडौं उपत्यकाका १७ विद्यालयहको सहभागी भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल प्रहरी स्कुलका आयुष श्रेष्ठ घोषित भए। त्यस्तै विजेता सैनिकका स्वरुप तामाङ उत्कृष्ट गोलकिपर बन्दा सैनिककै विमल बुढाथोकी उदीयमान खेलाडी बन्न सफल भए।

१७ औं अन्तरस्कुल सैनिक रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको विजेतालाई शिल्ड तथा नगद पुरस्कार वितरण गरिँदै।

प्रतियोगिता अवधिभर १६ गोल गर्न सफल सैनिककै उत्तम शाही सर्वाधिक गोलकर्ताले पुरस्कृत भए। उपविजेता बुढानिलकण्ठका विरोज प्रजा राणा उत्कृष्ट रक्षक घोषित भए। विद्या संस्कार स्कुल अनुशासित टीमले पुरस्कृत भए।

प्रतियोगिताका विजेता स्कुल तथा खेलाडी र उत्कृष्ट खेलाडीहरुलाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले शिल्ड, पदक र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरेका थिए।

त्यस्तै नेपाली सेनाका सहायक रथी एवं सैनिक लोककल्याणकारी निर्देशनालयका निर्देशक रघु भण्डारीले प्रतियोगिताको उपविजेता स्कुल तथा खेलाडीलाई शिल्ड, पदक र प्रमाणपत्रसहित नगद पुरस्कार वितरण गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.