अटोमेटिक पेस्तोलसहित करिब २ सय किलो गाँजा बरामद

अटोमेटिक पेस्तोलसहित करिब २ सय किलो गाँजा बरामद

  बर्दिबासः महोत्तरी प्रहरीले पेस्तोलसहित झण्डै २ सय किलो लागुऔषध गाँजा बरामद गरेको छ । एकडारा गाउँपालिका—३ अजमलपट्टीमा भारततिर पठाउन प्याकिङ्ग गरेर लुकाइराखेको अवस्थामा हतियार र गाँजा बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेरर कडायतले जनाए ।

प्रहरी टोलीले छापा मार्दा लागु औषध गाँजा, पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरेको छ । अजमलपट्टीका जितेन्द्रकुमार मण्डलको घर र आँगनमा रातो प्लाष्टिकले प्याकिङ्ग गरेर राखेको अवस्थामा ४६ किलो गाँजा (१२ पाकेट), तौल गर्ने डिजिटल बेटिङ मेशीन १ थान, कमानी तराजु १ थान , दुई सय  ग्रामको २ थान ढक र सय  ग्रामको १ थान ढक बरामद गरिएको प्रहरीले जनाएको छ ।  

जितेन्द्रका छिमेकी चुनचुन देवी मण्डलको घर भित्रबाट  हतियारसहित गाँजा बरामद भएको छ । रातो प्लाष्टिकमा प्याक गरेको गाँजा एक सय ४० किलो (१९ पाकेट), सामसुङ कम्पनीको मोबाइल १ थान, घर कम्पाउण्ड बाहिरको टोकरीमा राखेको घाँस भित्र हरियो रंगको कपडाले बेरी लु्काइराखेको घरेलु बनावटको अटोमेटिक पुरानो पेस्तोल १ थान, गोली १ थान र मिस फायर ३ राउण्ड गोली बरामद गरिएको छ ।

गाँजा तस्करहरु फरार छन् । उनहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
समाचारको लागी फोटो पनि पठाएको छु ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.