मेडिकल सञ्चालकमाथि ठगी आरोपमा छानबिन

मेडिकल सञ्चालकमाथि ठगी आरोपमा छानबिन

काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारलाई ठगेको आरोपमा पक्राउ ३१ मेडिकल सेन्टरका ४० सञ्चालकविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।स्वास्थ्य परीक्षण तथा भिसा प्रोसेसिङका नाममा यी संस्था र व्यक्तिले वैदेशिक रोजगारीमा जाने कामदारलाई करोडौं रुपैयाँ आर्थिक भार थपेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका डीआईजी धीरु बस्नेतको कमान्डमा बनेको विशेष समितिले आइतबार अपराह्न काठमाडौं र ललितपुरमा सञ्चालित मेडिकल सेन्टर, हेल्थ केयर सेन्टर र पोलिक्लिनिकमा छापा मारेको थियो । जसमा सञ्चालक र कामदार गरी ४० जना पक्राउ परेका छन् ।

सरकारले मलेसिया जानका लागि एक सय ४६ वटा विभिन्न मेडिकल सेन्टरलाई स्वास्थ्य परीक्षणका लागि स्वीकृति दिए पनि हाल प्रहरीद्वारा छापा मारिएका कम्पनीहरूले ‘सिन्डिकेट’ चलाएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले दाबी गरे ।

श्रममन्त्री गोकर्ण विष्ट र गृहमन्त्री रामबहादुर थापाको सल्लाहमा प्रहरी प्रधान कार्यालयले डीआईजी बस्नेतको नेतृत्वमा समिति गठन गरेको हो । १३ वटा टोली बनाएर अप्रेसन सुरु गरेको प्रहरीले ३१ वटा मेडिकल सेन्टरबाट कम्प्युटर, रेकर्ड फाईल, बायोमेट्रिक डाटा रजिस्टर, छाप, राहदानी, बिलप्याड र प्यान बिल बरामद गरेको छ ।

प्रहरीले ती संस्थाबाट बरामद गरेका कम्प्युटर र रजिस्टरको अभिलेख हेरेर प्रमाण जुटाउने जानकारी परिसरका मुद्दा शाखाका प्रमुख एवं प्रवक्ता डीएसपी मोहन थापाले दिए । उनले भने, ‘पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतमा ठगी अभियोगमा अनुसन्धान गर्न म्याद लिएका छौं । अब सम्बन्धित संस्थाबाट बरामद भएका वस्तु केलाएर छानबिन गर्छौं ।’ डीएसपी थापाले ठगीमा मुद्दा चलाउन पर्याप्त प्रमाण पुग्ने दाबी गरे । ‘उहाँहरूले सरकारले तोकेभन्दा बढी दरमा मेडिकल गर्ने र भिसा प्रोसेसिङका नाममा मनपरि पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ थापाले अन्नपूर्णसँग भने, ‘कस्ले कति ठगे अनुसन्धान गर्दै जाँदा पर्दाफास हुन्छ ।’
 

संस्था, पक्राउ परेका व्यक्ति र वरामद सामान 

संस्था        -        पक्राउ परेका नाम       - बरामद समान

१) कुलेश्वर पोलिक्लिनिक - मोनिका        श्रेष्ठ (सञ्चालक) - छैन

२) स्वर्णिम मेडिकल सेन्टर - गणेश तिमल्सिना (म्यानेजर) -कम्प्युटर,  २४ वटा नगद रसिद

                                       देवेन्द्र आचार्य (सञ्चालक) रजिस्टर, मेडिकल रिर्पोटहरू

३) सुपर हेल्थ केयर - केशर थापा (सञ्चालक) - ल्यापटप, कम्प्युटर, २० वटा राहदानी, तीन वटा रजिस्टर, बिल भरपाई

४) वन स्टप सेन्टर - रामप्रसाद        श्रेष्ठ (सञ्चालक) - छैन

५) फ्युजन पोलिक्लिनिक - सरिता गिरी (म्यानेजर) - छैन

६) हिमालय डाइनेस्टिक क्लिनिक- यामकुमार खड्का (सञ्चालक)- छैन

७) वेलकेयर अस्पताल एन्ड रिसर्च सेन्टर - मुकुन्द भट्टराई (संचालक)       - कम्प्युटर, प्रिन्टर, रजिस्टर

८) मञ्जु श्री मेडिकल सेन्टर - निमीकुमारी तिवारी (सञ्चालक) -दुई कम्प्युटर, ल्यापटप र विल भरपाई

९) सुजना मेडिकल सेन्टर- रोजिना शाक्य, मुना शाक्य, रेशम खत्री (संचालक) - छैन

१०) सनसाइन मेडिकल सेन्टर -सुमन सत्याल (म्यानेजर) - छैन

११) सुधा क्लिनिक प्रालि - ईश्वर भण्डारी (म्यानेजेर)- छैन

१२) चेतना स्वास्थ्य सेवा केन्द्र - विदुर थापा (म्यानेजर) - छैन

१३) पब्लिक हेल्थ केयर सेन्टर- सुमन        श्रेष्ठ (लेखापाल) - दुई कम्प्युटर

१४) काष्ठमण्डप हेल्थ केयर सेन्टर - लक्ष्मीकान्त ज्ञवाली (सञ्चालक) - कम्प्युटर, ल्यापटप र नगद

१५) अनमोल मेडिकल सेन्टर -राधिका पाण्डे, देवकी मि श्र (कर्मचारी) - कम्प्युटर, राहदानी र विल

१६) क्वालिटी हेल्थ केयर - तिलक बोहरा (सञ्चालक) - कम्प्युटर, बिल र राहदानी

१७) डाइनास्ट्रिक मेडिकल सेन्टर - राजेश राई (सञ्चालक) -कम्प्युटर, बिल र राहदानी

१८) कसमस मेडिकल सेन्टर- महेन्द्रकुमार जिसी (सञ्चालक)

हरि घर्ती र असीम सापकोटा (स्टाफ)        - कम्प्युटर र नगद

१९)लालुपाते मेडिकल सेन्टर - सूर्य कार्की (मेडिकल)-कम्प्युटर र नगद

२०) वल्र्ड भ्यू मेडिकल प्रालि -अमृत विश्वकर्मा (सञ्चालक)- मोबाइल, कम्प्युटर, बायोमेट्रिक रजिस्टर

२१) सिरफ हेल्थ केयर - दीपक शर्मा र नवराज अर्याल (सञ्चालक)- तीन वटा कम्प्युटर र रजिस्टर

२२) मार्कोपोले मेडिकल सेन्टर- भोला सत्याल, सुनिल कुमार आचार्य (सञ्चालक)- कम्प्युटर र नगद

२३) आरके मेडिकल सेन्टर -रामकृष्ण अवस्थी र करुवा वाग्ले (सञ्चालक) - कम्प्युटर र नगद

२४)शिखर पोलिक्लिनिक- रामप्रसाद लम्साल र संजीव पाण्डे       (सञ्चालक)- कम्प्युटर र रजिस्टर

२५) टाइटन हेल्थ केयर - हरि पौडेल र राजकुमार राई (सञ्चालक)-कम्प्युटर र नगद

२६) अमिताभ बुद्ध मेडिकल सेन्टर - पुकार तिवारी (सञ्चालक)- कम्प्युटर र मेडिकल रेकर्ड फाइल

२७) मेरिडियन हेल्थ सेन्टर - देवान राई (सञ्चालक)- कम्प्युटर र मेडिकल रेकर्ड फाइल

२८) साउथ एसियन हेल्थ सेन्टर- निशु झा (स्टाफ)-स्वास्थ सेवा कर रजिस्टर, कम्प्युटर र प्यानविल

२९) क्यापिटल मेडिकल सेन्टर -राजकुमार लामिछाने (म्यानेजर)-कम्प्युटर, चेक र नगद

३०) जीएसजी सर्भिस नेपाल - छैन- कम्प्युटर बिलप्याड र छाप

३१) भ्याली मेडिकल सेन्टर - छैन -दुई कम्प्युटर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.