लयमा फर्किएको ब्राजिल

लयमा फर्किएको ब्राजिल

ब्राजिल फिफा विश्वकप फुटबलको सर्वाधिक सफल टोली हो । हालसम्म सर्वाधिक पाँचपटक उपाधि जितेको ब्राजिल विश्वकपको प्रत्येक संस्करणमा सहभागी हुने एकमात्र टोली पनि हो । विश्वकप फुटबलको छैटौं उपाधिको योजनामा रहेको ब्राजिल यस पटक पनि निकै सशक्त देखिएको छ । आयोजक रूसपछि आगामी जुन १४ तारिखबाट सुरु हुने विश्वकपका लागि छनोट हुने ब्राजिल पहिलो टोली पनि हो । 

दक्षिण अमेरिकी राष्ट्रहरूबीचको छनोटमा सबैभन्दा माथि रहँदै ब्राजिलले छनोट चरण पार गरेको थियो । ब्राजिलले १८ खेलको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १२ जित र एकमात्र हारको नतिजा निकाल्नुबाट पनि यसपटक उसको क्षमता अनुमान गर्न सकिन्छ ।

सन् १९३० बाट सुरु भएको विश्वकप २१औं संस्करणमा पुग्दा ब्राजिल हालसम्म कुनै पनि संस्करणमा छुटेको छैन । ब्राजिलले आफ्नो प्रत्येक सहभागितामा सशक्त प्रदर्शन पनि गरेको छ । ब्राजिलले सन् १९७० यता विश्वकप फुटबलको हरेक संस्करणमा समूहगत चरण पार गरेको छ । ब्राजिल हालसम्म दुई पटक फाइनल, चार पटक सेमिफाइनल र पाँच पटक क्वार्टरफाइनलमा पुगेर रोकिएको छ ।

सन् १९५० र सन् १९९८ मा दुई पटक फाइनलमा पुगेर पराजित भएको ब्राजिल विश्वकप फुटबलको उपाधि रक्षा गर्ने पनि पहिलो टोली हो । ब्राजिलले सन् १९५८ र सन् १९६२ मा लगातार दुई पटक उपाधि जित्दै विश्वकप उपाधि रक्षाको कीर्तिमान बनाएको थियो । ब्राजिलले त्यसबाहेक सन् १९७०, सन् १९९४ र सन् २००२ मा उपाधि जितेको थियो ।

ब्राजिलभन्दा पछाडि रहेका इटाली र जर्मनीले मात्र हालसम्म चार÷चार पटक विश्वकपको उपाधि जितेका छन् । ब्राजिल सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकप जितेयता भने केही कमजोर देखिँदै आएको थियो । चार वर्षअघि आफैंले आयोजना गरेको विश्वकपमा समेत ब्राजिल सेमिफाइनलभन्दा माथि उक्लन असफल भएको थियो । त्यसबेला टोलीका महत्वपूर्ण खेलाडी नेमार चोटग्रस्त बन्दा ब्राजिल अन्तिम चारभन्दा अगाडि बढ्न असफल भएको थियो ।

यो विश्वकपमा पनि नेमार नै ब्राजिलको मुख्य हतियार बन्ने पक्का छ । यद्यपि टोलीका प्रशिक्षक टाइटले जिम्मेवारी सम्हालेयता नेमारमाथिको टोलीको निर्भरता केही कम गरेका छन् । त्यसको मतलव ब्राजिलसँग नेमारजस्तै सशक्त अन्य स्ट्राइकर पनि छन् । टाइट प्रशिक्षक नियुक्त भएयता सेन्टर स्ट्राइकर ग्याब्रियल जिसस टोलीका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले नौ गोल गरेका छन् ।

त्यसपछि मिडफिल्डर पाउलिन्हो र नेमारले सात÷सात गोल गरेका छन् । यसैगरी फिलिप कोउटिन्होले पनि पाँच गोल गरेका छन् । ब्राजिललाई विश्वकपअघि केही चुनौती पनि देखिएको छ । सिजनको मध्यबाटै चोटग्रस्त बनेका स्ट्राइकर नेमार पूर्णरूपमा मैदानमा फर्किसकेका छैनन् । प्रतियोगिताको पूर्वसन्ध्यामा आफ्ना भरपर्दा रक्षक डानी आल्भेस पनि चोटग्रस्त बनेका छन् । अल्भेसले यो विश्वकप नखेल्ने नै पक्का भइसकेको छ । ब्राजिलले विश्वकपका लागि आल्भेसबिनाको २३ खेलाडीको घोषणासमेत गरिसकेको छ ।

ब्राजिलियन टोली

गोलरक्षक : अलिस्सोन (रोमा), कास्सिओ (कोरिन्थियन्स), इडर्सन (म्यानचेस्टर सिटी) ।

रक्षक : डानिलो (म्यानचेस्टर सिटी), जेरोमेल (ग्रेमियो), फिलिप लुइज (एट्लेटिको म्याड्रिड), मार्सेलो (रियल म्याड्रिड), माक्र्युन्होस (पीएसजी),

मिरान्डा (इन्टर मिलान), फाग्नर (कोरिन्थियन्स), थिएगो सिल्भा (पीएसजी) ।

मिडफिल्डर : कासेमिरो (रियल म्याड्रिड), फर्नान्डिन्हो (म्यानचेस्टर सिटी), फ्रेड (साख्तर डोनेट्स), पाउलिन्हो (बार्सिलोना), फिलिप कोउटिन्हो (बार्सिलोना), रेनाटो अगस्टो (बेइजिङ गुएन), विलियन (चेल्सी) ।

स्ट्राइकर : डगलस कोस्टा (युभेन्टस), रोबर्टाे फर्मिनो (लिभरपुल), ग्याब्रियल जिसस (म्यानचेस्टर सिटी), नेमार (पीएसजी), टाइसन (शख्तर डोनेट्स) ।

प्रशिक्षक : टाइट ।

ब्राजिलको  विश्वकप

विश्वकप सहभागिता : २० पटक

उपाधि : ५ पटक

फिफा वरीयता : २

यसपाली ब्राजिलको खेल

समूह ‘ई’

जुन १७ : स्विट्जरल्यान्डविरुद्ध

जुन : २२ कोस्टारिकाविरुद्ध

जुन २७ : सर्वियाविरुद्ध

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.