भेनेजुएलाको राष्ट्रपतिमा पुनः मादुरो निर्वाचित

भेनेजुएलाको राष्ट्रपतिमा पुनः मादुरो निर्वाचित

काराकास : भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो आगामी ६ वर्षका लागि अनुमोदित भएका छन्।भेनेजुएलाका निर्वाचन अधिकारीले भनेका छन्, ‘निर्वाचनमा मादुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।’ पूर्व सैनिक अधिकारीसमेत रहेका उनका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

‘हामीले फेरि निर्वाचनमा अत्यधिक सफलता पाएका छौँ। हामी इतिहासमा लगातार रूपमा अत्यधिक जनमत प्राप्त गर्ने राजनीतिक शक्ति ठहरिन पुगेका छौँ’, मादुरोले भने। शानदार विजयपछि विजय उत्सव मनाउन भेला भएका समर्थकलाई उनले सम्बोधन गर्दै यस्तो धारणा अभिव्यक्त गरेका हुन्। यद्यपि भेनेजुयलाको इतिहासमा निर्वाचनमा अनुपस्थित रहनेको दर सबैभन्दा धेरै ५२ प्रतिशत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। निर्वाचनमा भेनेजुएलाको प्रमुख विपक्षी दलहरूको गठबन्धन, डेमोक्रयाटिक युनिटी राउन्डटेबलले मतदानलाई सत्ताधारी दलको तमासा भन्दै बहिष्कार गरेको थियो।

यसैबीच निर्वाचनबाट आगामी ६ वर्षका लागि राष्ट्रपतिमा अनुमोदित भए पनि कैयौं अमेरिकी देशले अस्वीकार गरेका छन्। मादुरोमाथि दबाव सिर्जना गर्दै लिमा समूहका अर्जेन्टिना, ब्राजिल, क्यानडासहित विभिन्न १४ मुलुकले आफ्ना राजदूतहरूलाई भेनेजुएलाबाट फिर्ता बोलाएका छन्। निर्वाचनलाई उनीहरूले अवैधानिक भन्दै मान्यता नदिने घोषणा पनि गरेका छन्। अमेरिका, क्यानडा, युरोपेली युनियन र करिब एक दर्जन ल्याटिन अमेरिकी मुलुकले पनि निर्वाचनलाई मान्यता नदिने बताएका छन्।

ल्याटिन अमेरिकामा भेनेजुएलालाई लिमा समूहका मुलुकले एक्लाएका कारण भेनेजुएलाको अर्थतन्त्रमा इतिहासकै सबैभन्दा कडा संकट आएको बताउने गरिन्छ। भेनेजुएलामा राष्ट्रपति र उनको दलका कारण अर्थतन्त्र डामाडोल भएको भन्दै लामो समय आन्दोलनरत समूह निर्वाचनमा सहभागी भएको थिएन। मादुरोका विरोधीहरूले भेनेजुएलामा मानवीय तथा राजनीतिक संकट गहिरिएको बताउँदै आएका छन्। उनीहरूले मादुरोको जितपछि भेनेजुएलामा प्रजातान्त्रिक मूल्य मान्यताकोे हार भएको ठहर गरेका छन्। मादुरोले विधिको शासन, राजनीतिक स्वतन्त्रतालाई तोडेको विरोधीहरूको आरोप छ।

मादुरोले सन् २०१३ देखि ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सत्ता सम्हालेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.