महिलाहरू विद्यालयमा भर्ना

महिलाहरू विद्यालयमा भर्ना

स्याङ्जा : वालिङ नगरपालिका १३ थुमपोखराका कमला थापा उमेरले ४५ वर्ष पुगिसकिन्। उनका छोराछोरीले एमएसम्मको शिक्षा पूरा गरिसके। आफूले कक्षा ५ मा पढ्दै गर्दा बीचमै छोड्नुपरेको पीडा भुल्न नसकेकी उनले अहिले कक्षा ५ मै भर्ना भएर पढ्न थालेकी छन्।

यसैगरी, थुमपोखरास्थित पीपलछापकी ४३ वर्षीया पार्वता गैरे पनि कक्षा ९ मा पढ्दै छिन्। उनीलगायत २० जना महिला मिलेर पढ्ने निर्णय गरे र थुमपोखरास्थित लक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भए। उमेरले ३५ वर्ष उमेर कटेका महिला घर नजिकैको विद्यालयमै भर्ना भएका हुन्।

पढ्ने उमेरमा विवाह भएपछि बीचमै पढाइ छाड्न बाध्य भएका उनीहरूले जीवनको उत्तराद्र्धमा आएर पढाइलाई निरन्तरता दिन थालेको कक्षा ७ मा भर्ना भएकी दीपकला गैरेले बताइन्। गाउँका दिदीबहिनी सबैको सल्लाहबमोजिम भर्ना भएको गैरेको भनाइ छ।

उनीहरू सबै महिला कृषि सहकारी संस्थाका सदस्य एवं विद्यालयका अभिभावक एवं संरक्षक पनि हुन्। कक्षा ५ देखि ११ सम्म भर्ना भएका उनीहरूलाई नियमित विद्यार्थीसरह नै पढाइने विद्यालयका प्रधानाध्यापक गोपाल गैरेले जानकारी दिए। महिलालाई अध्ययनका लागि सहज बनाउन सुरुका केही दिन कम्प्युटर, संगीतलगायत अतिरिक्त कक्षा सञ्चालन गरिनेछन्। बिस्तारै पढाइमा रुचि बढ्दै गएपछि र आफ्ना नियमित कार्य गर्न थालेपछि कक्षामा राखेर पढाइने शिक्षिका सीता गौडेलको भनाइ छ।

अधिकांश महिलाका छोराछोरी रोजगारका लागि घरबाहिरै छन्। घरबाहिर रहेका छोराछोरीसँगको भेटघाट तथा कुराकानीका लागि पनि अध्ययन आवश्यक रहेको कल्पना आलेले बताइन्। भर्नापछि अतिरिक्त कम्प्युटर कक्षा र कक्षा १२ सम्मको अध्ययन पूरा गर्ने उनीहरूको इच्छा रहेको जनाए। मञ्जु गैरे, दीपकला गैरे, पार्वती गैरेले, कल्पना थापालगायत भर्ना भएका सबै नियमित विद्यालयमै गएर पढ्ने बताए। ‘महिला कृषि सहकारीलाई राम्रोसँग चलाउन पनि शिक्षित महिलाहरूको आवश्यकता’, सहकारीका अध्यक्ष सीता गैरेले भनिन्, ‘संस्थामा आबद्ध महिलाहरूलाई विद्यालय जान प्रेरित गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.