फेरिँदै बसुन्धरा पार्क

फेरिँदै बसुन्धरा पार्क

 पोखरा : सरकारले फेवाताल किनारको बसुन्धरा पार्क अधिग्रहण गरेको ३७ वर्ष पछि मात्र अधिग्रहण गर्दाको उद्देश्य अनुसार हरीयाली पार्कको रूपमा विकास गर्ने गरी काम अघि बढाएको छ।

सरकारले फेवाताल संरक्षणका लागि भन्दै बैदामका स्थानीयले ताल किनारको तत्कालीन मुलाकोखेतलाई हरियाली पार्कको रूपमा विकास गर्न ०३८ सालमा एक सय आठ रोपनी जमिन अधिग्रहण गरेको थियो। सरकारले उद्देश्यबाहिर गएर बसुन्धरा पार्कमा केवलकार बनाउन निजी कम्पनीलाई जमिन भाडामा दिने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए।

सर्वाेच्च अदालतले फेवाताल किनारको बसुन्धरा पार्कबाट तालपारीको अनदुडाँडासम्म बनाउन लागिएको केवलकार १६ वैशाखमा नबनाउन आदेश दिएसँगै बसुन्धरा पार्कलाई हरियाली पार्कको रूपमा विकास गर्ने गरी सोमबारबाट काम सुरु भएको छ।

सहरी विकास मन्त्रालयको योजनामा मास्टर प्लान बनाई बसुन्धरा पार्कलाई हरियाली पार्कको रूपमा विकास गर्ने गरी पहिलो चरणमा ५० लाख रुपैयाँको लगानीमा वाल लगाउँने काम सुरु भएको हो। मन्त्रालयले करिब २० करोडको लागतमा पार्कलाई आन्तरिक तथा बाह्य पर्यटक दिनभर रमाउन सक्ने गरी आकर्षक र व्यवस्थित बनाउन पाँचवर्षे योजना अघि सारेको पोखरा-लेखनाथ नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले बताए।

सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभागले मास्टर प्लान बनाएर व्यवस्थित आधुनिक पार्कको रूपमा विकास गर्न आर्थिक वर्ष ०७४÷७५ मा ५० लाख छुट्याएको थियो। उपभोक्ता समितिमार्फत पहिलो चरणमा पार्कको पूर्वतर्फको मुख्य सडकबाट फिस्टेल घाटसम्मको दुई सय ५१ मिटर पर्खाल निर्माणको काम सुरु भएको बसुन्धरा पार्क संरक्षण समितिका अध्यक्ष दलबहादुर केसीले बताए। पार्कलाई व्यवस्थित बनाउन मास्टर प्लानमा पार्कका विभिन्न तीन क्षेत्रमा गेट, व्यवस्थित शौचालय, ढुंगे धारा, बाल उद्यान, आकर्षक पोखरी निर्माण हुने अध्यक्ष केसीले जानकारी दिए।

अधिग्रहण गरेको ३७ वर्षपछि ढिलै भए पनि सरकारले अधिग्रहणको उद्देश्यअनुसार पार्कलाई संरक्षण र विकास गर्न लागेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन्। रामसार क्षेत्रमा सूचीकृत फेवातालको किनारस्थित बसुन्धरा पार्कको साथै ताल किनारका अन्य सिमसार क्षेत्रको पनि संरक्षण हुनुपर्ने स्थानीय भगवती पहारीले बताइन्। तत्कालीन समयमा मुलाको खेलको नामले परिचित पार्क ०५२ सालमा राजपरिवारका सदस्यका नाममा बसुन्धरा पार्क नामकरण गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.