सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
विराटनगर : ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे पक्राउ परेको छन्।
छानविन समितिका संयोजक ईश्वरराज पौडेलले उप्रेतीलाई सोमबार भारतबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको पुष्टि गरेका छन्।
गोरे भन्ने चुडामणि उप्रेती मोरङ उर्लाबारी –७ का हुन्। उनी काठमाडौं गाौरीघाटमा बस्दै आएका थिए। फरार उप्रेतीलाई पक्राउ गर्न मोरङ प्रहरीले इन्टरपोलमार्फत 'डिफ्युजन नोटिस जारी भएको थियो।
बुधबार साढे १२ बजे गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने छानिवन समितिका संयाेजक पौडेल बताए।