काठमाडौंबाटै समातिएका थिए गोरे : छानविन समित
काठमाडौं : सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूणमणि उप्रेती ‘गोरे' काठमाडौंका गौरीघाटबाट पक्राउ परेको छानबिन समितिले दावी गरेको छ । मंगलबार गृहमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा छानविन समितिले गोरेलाई मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।
भारतमा लुकीरहेका गोरेको प्रहरीले विषेश निगरानी गरिरहेको र नेपाल आएको सूचनाका पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
अभियुक्त गोरेलाई आजै जिल्ला अदालत मोरङमा पेस गरिने छानविन समितिले जनाएको छ । गोरेविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।
मोरङ उर्लाबारी नगरपालिका–७ स्थायी घर भएका ३७ वर्षीय गोरे काठमाडौं गौरीघाटमा बस्दै आएका थिए । गोरेलाई सोमबार भारतबाट पक्राउ गरी नेपाल ल्याइएको भनिए पनि छानविन समितिले काठमाडौंबाटै पक्राउ गरेको जानकारी दिएको छ ।