उपत्यकाका सातवटा क्यासिनोमा प्रहरीको छापा, दुईजना पक्राउ

उपत्यकाका सातवटा क्यासिनोमा प्रहरीको छापा, दुईजना पक्राउ

काठमाडौँ: प्रहरीले उपत्यकाका विभिन्न सातवटा क्यासिनोमा छापा मारेको छ। गैरकानुनीरुपमा नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले सोमबार उपत्यकाका सात क्यासिनोमा छापा हानेको हो ।

सातवटा क्यासिनोमा छापा मार्दा दरबारमार्गस्थित क्यासिनो रोयलमा जुवा खेल्दै गर्दाको अवस्थामा नेपाली भाषा बोल्ने सेते लामा र क्यासिनोका म्यानेजर पसश्व श्रेष्ठलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकाहरुलाई बुधबार जुवा ऐन अनुसार कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको अपराध महाशाखाले जानकारी दिएको छ ।

उनीहरुमाथि जुवा ऐन २०२० अनुसार पहिलो पटकलाई  २०० रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । दोश्रो पटकलाई एक महिनासम्म कैद र तेस्रो पटकलाई १ वर्षसम्म कैदको व्यवस्था रहेको छ । नेपालीहरुलाई क्यासिनोमा प्रवेश निषेध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.