२० वर्षपछि हत्यारा पक्राउ

२० वर्षपछि हत्यारा पक्राउ

पोखरा : आफ्नै गाउँका अमिरबहादुर रानाभाटलाई झन्डै २० वर्षअघि कुटपिट गरी मारेको ठहरिएका कास्कीको साविक मिजुरेडाँडा गाविस ८ का मनबहादुर शाहीलाई कास्की प्रहरीले सार्वजनिक गरेको छ। २०५६ साल असोजमा रानाभाटलाई शाही र दीपक लामा लगायतले कुटपिट गरी मारेको फैसला अदालतले थियो। 

घरमै सुतिरहेको अवस्थामा कास्की प्रहरीले सोमबार शाहीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले कास्की अदालतमा बुझाएको छ। शाही पक्राउ परे पनि लामासहितका अरु दोषी ३ जना भने अझै फरार छन्। रानाभाट हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६७ सालको असार ३२ गते शाहीलाई दोषी ठहर गरेको थियो। उनलाई सर्वश्वसहित जन्मकैदको सजाय अदालतले सुनाएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्क खत्रीले जनाए। 

रानाभाट हत्यासम्बन्धी मुद्दामा अनुसन्धानकै लागि शाहीलाई कास्की अदालतले जेल पठाएको थियो। पुर्पक्षका लागि ३ वर्ष जेल बसेका उनलाई जिल्ला अदालतले नै २०६० सालमा सफाइ दिएको थियो। त्यसपछि नै उनी जेलमुक्त भएका थिए। तर पछि पुनरावेदन अदालतले १२ वर्ष जेल सजाय सुनाएको र सर्वोच्च अदालतले पनि पुनरावेदनकै फैसला सदर गरेको थियो।

कास्की अदालतका तहसिलदार मोहनबहादुर अधिकारीका अनुसार शाहीले अब ८ वर्ष १ महिना २९ दिन जेल सजाय भुक्तान गर्न बाँकी छ। शाहीलाई बाँकी जेल सजाय भुक्तानीका लागि मंगलबारै जेल पठाएको अधिकारीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.