धादिङमा क्यानोनिङ महोत्सव हुने

धादिङमा क्यानोनिङ महोत्सव हुने

 धादिङ ः  धादिङको थाक्रे गाउँपालिका–६ मा रहेको रानीझरनामा क्यानोनिङ रन्देभू (महोत्सव) हुने भएको छ। आउँदो जेठ २० गतेदेखि २४ गतेसम्म क्यानोनिङ गाइड तालिम सञ्चालन गरी २५ र २६ गते क्यानोनिङ रन्देभू गरिने नेपाल क्यानोनिङ एसोसिएसनले जनाएको छ।

सन् २०११ मा एसियामै पहिलो पटक अन्तर्राष्ट्रिय क्यानोनिङ रन्देभू आयोजना गरेको नेपाल क्यानोनिङ एसोसिएसनले आफ्नो वार्षिक कार्यक्रमअनुसार पर्वतीय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पु¥याउन महोत्सव आयोजना गर्न लागेको एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले जानकारी दिए। उनले भने, ‘प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त हुने भएकाले सम्पूर्ण पर्यटन व्यवसायी तथा साहसिक खेल प्रेमीलाई सहभागिताका लागि आह्वान गरेका छौं।’ ओझेलमा परेका ठाउँमा वार्षिक रूपमा महोत्सव आयोजना गरी प्रचारप्रसार गर्ने अभियान स्वरूप यस वर्ष धादिङको रानीझरना छनोट गरिएको लामाले बताए।

धादिङको थाक्रेको रानीझरनामा एकै स्थानमा रहेको तीनवटा फरक÷फरक शैलीको सुन्दर छाँगा छ। यस ठाउँमा रहेको झरनाको प्रचारप्रसार र प्रवद्र्धनका लागि यस वर्ष थाक्रे गाउँपालिकाले बजेट विनियोजन गरेको थियो।

हिउँदयाममा समेत पर्याप्त पानी हुने पहिलो झरना २५ मिटर उचाईमा छ। क्यानोनिङका लागि अति उपयोगी उक्त पहिलो झरनासँगै नौ मिटरको अर्को झरना छ। दोस्रो झरनाको फेदमा पौडी खेल्न मिल्ने दहसमेत छ। तेस्रो झरना एकान्त र आनन्दमयी झरना हो। यहाँ जम्पिङ, स्विमिङ, क्यानोनिङको मनोरन्जन लिन सकिन्छ। एकान्त र शान्त वातावरण चाहने जो कोहीलाई झरना आकर्षणको केन्द्र बनेको छ।


नेपाल क्यानोनिङ एसोसिएसनले वार्षिक कार्यक्रमअनुसार साहसिक पर्यटन विकास र प्रवद्र्धनमा टेवा पु¥याउन रन्देभू आयोजना गर्न लागेको हो।

विगत वर्षमा सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोसी, नुवाकोटको थानापाती र ककनीमा नेपाल क्यानोनिङ रन्देभूको आयोजना गरिएको थियो। यस वर्ष धादिङको थाक्रेमा रहेको रानीझरनामा महोत्सव गरिने र त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। लामाले भने, ‘महोत्सवमा स्वदेशी तथा विदेशी क्यानोनिङ प्रोफेसनल, पर्यटन व्यवसायी सहभागी गराउने लक्ष्य छ।’

नेपाल पर्यटन बोर्ड र अन्य पर्यटनसँग सम्बन्धित संघसंस्था तथा व्यवसायीको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमअन्तर्गत क्यानोनिङ रन्देभूमा पाँच सयभन्दा बढी सहभागी हुने र गाइड ट्रेनिङमा १५ जनालाई आधारभूत तालिम प्रदान गरिने क्यानोनिङ एसोसिएसनले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.