आणविक पदार्थ प्रयोग व्यवस्थित गर्न कानुन बनाउँदै सरकार

आणविक पदार्थ प्रयोग व्यवस्थित गर्न कानुन बनाउँदै सरकार

काठमाडौं : आणविक पदार्थको आयातनिर्यात, ओसारपसार, भण्डारण र प्रयोग नियमन एवं व्यवस्थित गर्न सरकारले कानुन निर्माण थालेको छ । कानुन नहुँदा आणविक पदार्थ दुरूपयोग गर्नेमाथि कारवाही चलाउने कुनै आधार सरकारसँग छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले आणविक पदार्थसम्बन्धी ऐनको मस्यौदालाई अन्तिम रूप दिइरहेको मन्त्रालयका प्रवक्ता सुरेन्द्र सुवेदीले जानकारी दिए । ‘६ महिनाभित्र काम सक्ने गरी मन्त्रालय ऐन निर्माणमा लागेको छ’, उनले भने । मन्त्रालयले ऐन निर्माणका लागि विदेशी विज्ञसहित सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । नेपालमा स्वास्थ्य सेवा, कृषि, उद्योग (खानी)लगायत क्षेत्रमा आणविक पदार्थको प्रयोग हुने गरेको छ । आणविक पदार्थको जथाभावी प्रयोगले मानव स्वास्थ्य, वातावरण र सुरक्षामा गम्भीर असर पर्ने भए पनि कानुन अभावमा व्यवस्थित गर्न नसकिएको सरकारको भनाइ छ ।

परमाणुसम्बन्धी ऐन निर्माणका साथै कार्यान्वयन गर्न छिट्टै संयन्त्र निर्माण गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । ‘आणविक पदार्थको प्रयोग विकासका लागि आवश्यक भए पनि अनधिकृत उपयोग नियन्त्रण गर्न सरकारले चाँडै ऐन ल्याउँछ’, उनले भने । विकिरणजन्य पदार्थको प्रयोग अस्पताल, उद्योग, कृषिमा बढिरहेको भन्दै यसको समुचित भण्डारण र व्यवस्थापन गर्न सरकारले राष्ट्रिय नीतिसमेत ल्याउने उनले जानकारी दिए ।

देशमा धेरैजसो क्यान्सर अस्पतालमा यसको प्रयोग हुन्छ । क्यान्सरको निदान र उपचारमा विकिरण प्रयोग गरिन्छ भने कृषिमा उत्पादन वृद्धि गर्न, स्वाद मीठो बनाउन र रङ बदल्न पनि आणविक पदार्थको प्रयोग बढ्दो छ । यसैगरी विकास निर्माणका क्रममा विस्फोटक पदार्थ र खानी उत्खननमा पनि आणविक पदार्थको प्रयोग हुने गरेको छ ।

सरकारको अनुमति लिएर मात्र आणविक पदार्थ आयातनिर्यात, भण्डारण हुने गरेको छ । यसलाई व्यवस्थित गर्न सरकारले ३ वर्षअघि आणविक पदार्थ नियमनसम्बन्धी निर्देशिका जारी गरिसकेको छ । कानुन नहुँदा निर्देशिका पनि कार्यान्वयनमा आउन सकेको छैन । आणविक पदार्थको असुरक्षित प्रयोगबाट कुनै कामदार, कर्मचारी, सेवाग्राही वा सर्वसाधारणलाई पुग्न सक्ने मानवीय वा वातावरणीय क्षतिबापत स्वीकृति लिने व्यक्ति वा संस्थाले बिमा र अन्य आर्थिक क्षतिपूर्ति दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.