सेतीवेणीका बासिन्दा रातभर जाग्राम

सेतीवेणीका बासिन्दा रातभर जाग्राम

सेतीवेणी (स्याङ्जा) :  गल्याङ नगरपालिका ५ सेतीवेणीका बासिन्दा गाउँ नै जलमग्न हुने डरले रातभर जाग्राम बस्दै आएका छन्। कालीगण्डकी नदीसँगै जोडिएको सेतीवेणी बजारको सुरक्षाको लागि नदी किनारमा रिटेनिङ वाल नहुनु र बर्खाको समयमा गाउँमा बाढी पस्ने डरले स्थानीय रातभर जाग्राम बस्ने गरेको सुमन श्रेष्ठले सुनाए। नदीमा ठूलो बाढी आएर गाउँ नै जलमग्नु हुनुपूर्व सूचना दिने पूर्वसूचना प्रणाली कालीगण्डकी नदीमा अहिलेसम्म जडान नगरिँदा भारी वर्षा हुँदा स्थानीयले रातभर जाग्राम बस्नुपरेको उनले बताए।

कति बेला बाढी आउँछ थाहा नहुने भएकाले राति ठूलो पानी पर्दा आलोपालो गरी ड्युटी नै बस्ने गरेको स्थानीय जयबल्लभ न्यौपानेले सुनाए। कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधबाट साढे ६ किलोमिटरको दूरीमा रहेको सेतीवेणी गाउँ कालीगण्डकीको बाँध निर्माणपछिका वर्षदेखि बर्खामा डुबानमा पर्दै आएको न्यौपानेले बताए। ९० घरधुरी रहेको कालीगण्डकी किनार सेतीवेणी गाउँ नै सुरक्षित ठाउँमा सार्नुपर्ने स्थानीयको माग रहेको न्यौपानेले सुनाए।

जेठ महिनादेखि नै ठूलो पानी पर्न थालेपछि नदी किनार सेतीवेणीका बासिन्दा रातभर जागा बस्दै आएको उनले सुनाए। कालीगण्डकी किनारमा रहेको धार्मिक महŒवको विश्वकै ठूलो शालिग्राम शिलासमेत बाढीका कारण जोखिममा रहेको उनले बताए। स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको यस सेतीवेणी बजारको संरक्षणका लागि स्थानीय सरकार र केन्द्रीय सरकारसँग पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयले बताएका छन्।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध निर्माण भएपछि बनेको जलाशयका कारण बर्खाको समयमा गाउँ डुबानमा पर्ने गरेको स्थानीय मधुसुदन हैजूले सुनाए। बाँधका कारण बनेको जलाशय गाउँसम्म फैलिएकोले बर्खामा आएको बाढी गाउँमा पस्ने गरेको स्थानीयले बताएका छन्। बाँध बनाउनुअघि यस्तो समस्या कहिल्यै नआएकोे श्रेष्ठ सुनाउँछन्। कालीगण्डकी जलविद्युत् आयोजनासँग कालीगण्डकी किनारमा रिटेनिङ वाल लगाउन माग गरे पनि सुनुवाइ नभएको उनले बताए।

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा विद्युत् उत्पादनका लागि २०५९ सालमा बाँध निर्माणपछि बनेको जलाशयमा २०६५ सालदेखि मोटरबोट (स्टिमर) पनि सञ्चालनमा आएका छन्। १० वटा स्टिमर यात्रु र सामान ढुवानी गरेर गल्याङ नगरपालिका ५ सेतीवेणी बजारसम्म पुग्ने गर्छन्।

बाँध निर्माणका जलाशयमा चलेका स्टिमरले आवातजावतमा सहज भए पनि बर्खामा गाउँ नै डुबानमा पर्ने भएकोले गाउँलेको जीवन भने जोखिममा पर्दै गएकोले सरकारले डुबान नियन्त्रणको काममा तत्काल ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्।

गल्याङ नगरपालिकाका मेयर भूपराज अधिकारीले स्थानीयले बाढी आउनुअघि कालीगण्डकी नदीमा पूर्वसूचना प्रणाली राख्न र रिटेनिङ वाल निर्माणमा गरेको अनुरोध सम्बोधन हुने गरी काम अघि बढेको सुनाए। निर्वाचित भएर आएको बल्ल एक वर्ष भएको र बाढीका कारण जोखिम अवस्थामा रहेका गाउँको सुरक्षा गर्नु नगरपालिकाको दायित्व रहेकोले छिट्टै स्थानीयको माग सम्बोधन हुने गरी प्रक्रिया अघि बढाइएको मेयर अधिकारीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.