बलात्कार अभियुक्त वडाध्यक्षको राजनीति चलखेल

बलात्कार अभियुक्त वडाध्यक्षको राजनीति चलखेल

दमौली : प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले केही दिनमा देखिने गरी सुरक्षा व्यवस्थामा परिवर्तन हुने भनेर घोषणा गरेको दुई दिन नबित्दै तनहुँ प्रहरीले धमाधम विभिन्न आपराधिक कार्यमा संलग्नलाई पक्रन थालेको छ।

लामो समयदेखि प्रहरी रेकर्डमा फरार भनिएका अभियुक्तसमेत धमाधम पक्राउ भइरहेका छन्। यही गतिमा काम भइरहे अझै अरू केही अभियुक्त पनि केही दिनमै नियन्त्रणमा आउने प्रहरी स्रोतको दाबी छ। तर, यति सक्रियतापूर्वक गतिविधि देखाएका शाहले जनप्रतिनिधि मुछिएको बलात्कारका अभियुक्तलाई किन पक्राउ गर्न सकेका छैनन्, धेरैले आश्चर्य व्यक्त गरेका छन्।

प्रहरी उपरीक्षक शाहले कार्यभार सम्हालेलगत्तै गरेको पत्रकार सम्मेलनमा बलात्कार आरोपित घिरिङ ४ का वडाध्यक्ष झकबहादुर कुमाललाई नपक्रन कुनै दबाब नआएको बताएका थिए। एमालेबाट निर्वाचित वडाध्यक्ष कुमाललाई नपक्रन नेतृत्वबाट दबाब गएको विषय सार्वजनिक भएको थियो। कुमालले आफू वडामै रहेर काम गरिरहेको बताइरहँदा पनि प्रहरीले उनलाई पक्रन सकेन। त्यसपछि उनी फरार भएको दाबी प्रहरीको छ।

घटनाको राजनीतिक रंग

एक विवाहित स्थानीय युवतीलाई नवलपरासी सुस्तापूर्वको जंगलमा लगेर बलात्कार गरेको अभियोगमा जाहेरी दर्ता भएर पक्राउको सर्कुलर आइसक्दा पनि कुमालले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइरहेका थिए। अहिले पनि नियमित पारिवारिक सम्पर्कमा रहेका कुमालले घटना मिलाउन दबाब दिइरहेको बताइन्छ। तर, प्रहरीले भने उनी सम्पर्कमा नरहेकाले पक्रन नसकेको जिकिर गरेको छ। ‘हामीले उहाँलाई काम गर्न नदिन पत्राचार गरिसकेका छौं’, प्रहरी उपरीक्षक शाहले भने, ‘उहाँको खोजी जारी छ।’ उनले प्रयोग गर्ने गरेको पुरानो नम्बर बन्द भएकाले समस्या भएको शाहले बताए।

तर, कुमाल परिवारको नियमित सम्पर्कमा रहेको बताइन्छ। अझै पनि पीडितका परिवारले धम्की आइरहेको बताएका छन्। पीडित पक्षलाई कांग्रेस नेताहरूले दिएको साथ र अध्यक्ष एमालेका भएका कारण नेताहरूको साथका कारण घटना राजनीतिक बन्दै छ। प्रहरी पनि दबाबकै चपेटामा परेको ठानिएको छ। कांग्रेस नेताहरूले पीडितलाई लिएर प्रहरीलाई दबाब दिने गरेका छन् भने एमाले नेताहरूले संरक्षणका लागि दबाब दिने गरेको जानकारहरू बताउँछन्। तर, प्रहरी उपरीक्षक शाह भन्छन्, ‘हामीलाई दबाब छैन। खोजी जारी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.