घाट निर्माणमा गुणस्तरहीन सामग्री

घाट निर्माणमा गुणस्तरहीन सामग्री

जनकपुरधाम : धनुषाको जनकपुर उपमहानगरपालिका–६ स्थित दशरथ तलाउको घाट निर्माणमा गुणस्तर नभएका सामग्री प्रयोग भइरहेको पाइएको छ। तलाउ सुकाएर धमाधम गुणस्तरहीन सामग्री हालेर घाट निर्माण भइरहे पनि सम्बन्धित निकाय मौन देखिएको छ।

ठेकेदारको निर्देशनमा कामदारले घाट निर्माणमा सडकेका इँटा प्रयोग गरिरहेका छन्। कामै नलाग्ने इँटा पर्खाल तथा सोलिङमा प्रयोग गरिरहेको जनाइएको छ। कामदार भदै माझीले कामै नलाग्ने इँटा प्रयोग भइरहेको स्वीकार गरेका छन। ‘ठेकेदारले भनेअनुसार हामीले यस्तो इँटा हालेका छौं’, उनले भने, ‘प्रयोग गर्न मिल्दैन भने ठेकेदारसँग कुरा गर्नुस्।’

ठेक्का सम्झौताअनुसार चार भाग गिट्टी तथा बालुवामा एक भाग सिमेन्ट मिलाएर मसला बनाउनुपर्छ। तर, यहाँ आठ भाग गिट्टी तथा बालुवामा एक भाग सिमेन्ट मिसाउने गरेको कामदार बताउँछन्। सिमेन्ट पनि कमसल प्रयोग भएको जनाइएको छ।

काम गुणस्तरहीन भइरहेको भन्दै स्थानीयले विरोध जनाएका छन्। पोखरी क्षेत्र खन्दा निस्किएको सडेको इँटा प्रयोग गरेर बनाइरहेको घाट दुई वर्ष पनि नटिक्ने स्थानीयको दाबी छ। तलाउछेउमै चटपटे बेचिरहेका सञ्जय साहले भने, ‘कारबाही गर्ने को ? सबै मिलेका छन्। त्यही भएर त सडेको इँटा प्रयोग भइरहे पनि कोही बोल्न सकेका छैनन्।’

जानकी मन्दिरको पछाडि रहेको यो तलाउको सौन्दर्य बढाउन सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले घाट निर्माणको ठेक्का लगाएको थियो। इन्जिनियर श्रवण यादवका अनुसार तलाउको चारैतिर घाट निर्माणको ठेक्का हेम सावित्री जेभी जनकपुरले ३ करोड ५१ लाखमा पारेको हो। तर, कम्पनीले कानुन लत्याएर पेटी ठेक्कामा काम राजेश साहलाई सुम्पेको जनाइएको छ।

उनका अनुसार सोलिङमा पुरानो इँटा प्रयोग गर्न मिल्ने गरी इस्टिमेट तयार भएको थियो। ‘तर, कामै नलाग्ने सडेको इँटा प्रयोग गर्न मिल्दैन’, उनले भने। उनले कमसल सिमेन्ट प्रयोगबारे अनभिज्ञ रहेको बताए। ‘सुरुमा कमसल पीपीसी सिमेन्ट प्रयोग गर्दा रोक लगाएको थिएँ’, उनले भने, ‘फेरित्यही सिमेन्ट प्रयोग गरिरहेको छ भने अनुगमन गरेर कारबाहीका लागि चिठी काट्छौं।’

ठेकेदारले पेटी ठेक्कामा काम अरूलाई दिएको विषयमा थाहा नभएको उनले बताए। भने, ‘ठेकेदारले आफ्नै मान्छेमार्फत काम गराउँदै छौं भनिरहेका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.