विश्वकपकै पहिलो गोलकर्ता लाउरेन्ट

विश्वकपकै पहिलो गोलकर्ता लाउरेन्ट

विश्वकप फुटबलको इतिहासमा पहिलो गोल गर्ने खेलाडी हुन्, फ्रान्सका लुसियन लाउरेन्ट। सन् १९०७ को डिसेम्बर १० मा जन्मिएका लाउरेन्टले सन् १९३० मा भएको पहिलो विश्वकपको मेक्सिकोविरुद्घको पहिलो खेलको १९औं मिनेटमै गोल गर्दै कीर्तिमान रचेका थिए। यद्यपि उक्त विश्वकपमा एउटै समयमा फ्रान्स र मेक्सिको तथा अमेरिका र बेल्जियमबीच उद्घाटन खेल खेलाइएको थियो।

अर्को खेलमा अमेरिकाका बार्ट म्याकघीले २३औं मिनेटमा मात्र गोल गर्न सकेकाले उनी विश्वकपको इतिहासमा गोल गर्ने दोस्रो खेलाडी बन्न पुगे। विश्वकप फुटबलको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी पनि फ्रान्सकै आन्द्रे मास्चिनट हुन्।

उनले मेक्सिकोविरुद्घको खेलको ४३औं र ८७औं मिनेटमा गोल गरेका थिए। विश्वकपमा पहिलो गोल गर्ने खेलाडी लाउरेन्टको सन् २००५ को अप्रिल ११ मा ९७ वर्षको उमेरमा निधन भएको थियो।

पहिलो विश्वकपको पहिलो र दोस्रो खेल खेले पनि घाइते भएका कारण उनले तेस्रो खेल भने खेल्न सकेका थिएनन्। घाइते भएकै कारण उनले सन् १९३४ को विश्वकप पनि खेल्न सकेनन्।

अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिनुअघि उनले फ्रान्सका लागि केवल १० खेल खेलेर दुई गोल गरेका थिए। उनले विभिन्न क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए। दोस्रो विश्वयुद्धको समयमा उनी सेनामा पनि भर्ना भए। विश्वयुद्धका क्रममा जर्मन सेनाले उनलाई तीन वर्ष बन्दी बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.