सीडीओ कार्यालय भवन अलपत्र, भाडाको भवनमा कार्यालय

सीडीओ कार्यालय भवन अलपत्र, भाडाको भवनमा कार्यालय

 बनेपा : निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई कारबाही गर्ने गृह मन्त्रालयले बताए पनि काभ्रेमा भने पाचँ वर्षदेखि जिल्ला प्रशासन कार्यालय भवन अधुरो छाड्ने ठेकेदारलाई कारबाही हुन सकेको छैन। जनता र सेवाग्राहीको न्याय र समस्या समाधान गर्न बसेको जिल्ला प्रशासन कार्यालय भवन नै पाचँ वर्षदेखि अलपत्र गराई सेवा प्रभावित बनाउने ठेकेदारलाई सरकारले कुनै काम–कारबाही गर्न नसक्दा सेवाग्राही मरमा पर्दै आएका हुन्।

‘भूकम्पपछि जोखिम र असुरक्षित भवनबाट सेवा दिन बाध्य छौं’, जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले भने, ‘जोखिम भवनमा दैनिक कार्य गर्दा शारीरिक र मानशिक रूपमा कर्मचारी सेवाग्राही समस्यामा छौं।’ उनले त्रसित मनोविज्ञानमा काम गर्नुपर्ने बाध्यता रहेको बताए।

जिल्ला प्रशासन कार्यलय भवन निर्माणका लागि ०६९ वैशाख १२ मा जि.एम कन्स्ट्रक्सन प्रालिले ४ करोड ३२ लाख ५ हजार १ सय ४ रुपैयाँमा ठेक्का लिएको थियो। ०७१ पुसमै निर्माण सम्पन्न गर्नुपर्ने भवन समयमै ठेकेदारले निर्माण सम्पन्न नगर्दा जिल्ला प्रशासन कार्यालयले उच्च जोखिममा रहेको घरबाटै सेवाग्राहीलाई सेवा दिँदै आएको छ। ०७० साउन १२ मा नै भवन निर्माण सम्पन्न सक्ने सम्झौता भए पनि दुई पटक गरेर डेढ वर्ष म्याद थप गरे पनि हालसम्म काम सम्पन्न भएको छैन।

 भवनको ७० प्रतिशत मात्रै काम सम्पन्न भएपछि रोकिएको छ। यो अवधिमा कम्पनीले १ करोड ६० लाख ६२ हजार ५ सय रुपैयाँ भुक्तानीसमेत लगिसकेको जिल्ला प्रशासन कार्यालयका लेखापाल भीमप्रसाद पोखरेलले जानकारी दिए।

सम्झौतापत्रमा भनेभन्दा बढी काम गर्नुपरेको भन्दै ठेकेदारले प्रशासनलाई नै विपक्षी बनाएर पुनरावेदन अदालतमा मुद्दा दर्ता गरेको ०७२ असारमा निषेधाज्ञा र भदौमा करार पालना गरिपाऊँ र मध्यस्तकर्ता नियुक्ति गरिपाऊँ भन्दै निवेदन दिएका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए। राउतका अनुसार अदालतबाट मुद्दाको छिनोफानो नभएकाले कारबाही गर्न नपाएको गुनासो पोखे।

जिल्ला प्रशासन कार्यालयको भवन बनाउने कम्पनीलाई प्रधानमन्त्री कार्यालयले समयमै पूरा नगरेको भन्दैे सार्वजनिक खरिद अनुगमनअन्तर्गत ठेकेदार जि.एम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा समेत राखेको थियो। भवनको समस्याले जिल्ला प्रशासन कार्यालयले जोखिम भवनलाई टालटुल र रंगरोहन गरेर काम चलाउँदै आए पनि दैनिक कर्मचारी र सेवागा्रहीले मानसिक डर र क्रसमा काम गर्नुपरेको गुनासो छ।

कार्यालय साँघुरो तथा जीर्ण हुँदा विभिन्न फाँटका अधिकृतले एकै कोठाबाट सेवा दिँदै आएका छन्। जसले गर्दा सेवाग्राहीलाई समय बढी लाग्ने पुराना अभिलेख खोज्न झन्झट हुने समस्यासमेत हुने गरेको छ।

 पाँच वर्षदेखि अलपत्र निर्माणाधीन जिल्ला प्रशासन कार्यालय भवन।ठेकेदारको लापरवाहीले समयमै जिल्ला प्रशासन कार्यालय काभ्रेको भवन नबन्दा जोखिम र भाडाको भवबाट सेवा लिँदै सेवाग्राही।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.