पुलबाट खोलामा ट्रक खस्दा एकको मृत्यु, दुई घाइते

पुलबाट खोलामा ट्रक खस्दा एकको मृत्यु, दुई घाइते

बेनिघा(धादिङ) : पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –१० मा रहेको हुग्दी खोला पुलबाट ट्रक खसेको छ। 

खाेलामा खसी ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु भएको  र दुई जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख १५६८ नं को ट्रक बुधबार बिहान पुलबाट खोलामा खसेको  थियो । ट्रक तीब्र गतिमा भएका कारण खोलामा खसेको प्रहरीको भनाइ छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका–१० का २३ वर्षीय शेरबहादुर सोमह मगर रहेको प्रहरीले जानकारी दिएको छ । घाइत हुनोन घाइेत मध्यविन्दु–१० कै मनोज आले र अर्घाखाँची गंगा नगरपालिका घर भएका लेखबहादुर घर्ती रहेका छन् ।

 घाइतेलाई स्थानीयबासी र जोगीमारा प्रहरीले उद्धारगरी राजमार्ग सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.