दिल्लीले भन्यो: सन्दीप लामिछाने सबैभन्दा प्रतिभावान क्रिकेटर

दिल्लीले भन्यो: सन्दीप लामिछाने सबैभन्दा प्रतिभावान क्रिकेटर

एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल) को यो सिजनमा दिल्ली डेयर डेभिल्सको यात्रा  प्ले अफ भन्दा पहिले नै समाप्त भयो । दिल्लीका लागि सुरुवात गतिलो रहेन तर अन्त्य भने स्मरणीय रह्यो । यसको अर्थ के हो भने यस सिजनमा सुरूका दुई खेलमा हारेको दिल्लीले आफ्ना अन्तिम दुई खेलमा भने शानदार जित निकाल्यो । 

अन्तिम दुई खेलमा दिल्लीले चेन्नई सुपर किङ्ग्स (२ पटकको आईपीएल च्याम्पियन) र मुम्बई इन्डियन्स (३ पटकको आईपीएल च्याम्पियन र साविक विजेता) लाई हरायो । 

यस सिजनमा दिल्लीले १४ मा ५ खेलमा जित निकाल्यो भने साविक बिजेता मुम्बईलाई दुई पटक नै पराजित गर्यो । तर पनि दिल्ली प्ले-अफका लागि छनौट हुन असफल रह्यो । 

तर यसका बावजुद दिल्लीले यस्ता केही खेलाडी पायो जसले समग्र क्लबकै प्रदर्शनलाई यादगार बनाइदिए । यस सिजन दिल्लीका लागि ऋषभ पन्त (६८४ रन) सहित सबैभन्दा धेरै स्कोर गर्ने खेलाडीकारुपमा छन् । अर्कातिर ट्रेन्ट बोल्ट (१८ विकेट) सहित सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । 

दिल्लीका शीर्ष ३ प्रतिभावान खेलाडी

१) सन्दीप लामिछाने

दिल्लीका लागि यस सिजनमा केही नयाँ प्रतिभावान खेलाडीहरुले गरेको प्रदर्शन अविस्मरणीय रह्यो । यसमा सबैभन्दा पहिलो नाम नेपालका लेग स्पिनर सन्दीप लामिछानेको छ।

जसले जति अवसर पाए त्यसको भरपूर फाइदा उठाए। लामिछानेलाई अन्तिम ३ खेलमा अवसर मिल्यो । र, उनले यी तीनै खेलमा १६.४४ को औसतमा ५ विकेट लिए । यस क्रममा लामिछानेले ६.८३ को इकोनोमीले रन खर्च गरे । जुन एक टी-२० खेललाई हेर्ने हो भने धेरै शानदार हो। मुम्बई इन्डियसविरुद्ध अन्तिम लिग म्याचमा सदीन्पले अमित मिश्रासँग मिलेर दिल्लीको जीतमा अहम भूमिका खेले । 

२) पृथ्वी शा

यस सूचीमा दोस्रो खेलाडी हुन् पृथ्वी शा । जब दिल्लीका दुवै विदेशी बलर ब्याटसम्यानले दिल्लीलाई गतिलो सुरुवात दिलाउन सकेनन् तब आएको अवसरलाई उनले सदुपयोग गरे ।

अन्डर १९ टिमलाई च्याम्पियन बनाउने कप्तान पृथ्वी शाले उत्कृष्ट अन्दाजमा फाइदा उठाउँदै ९ खेलमा २४५ रन बनाए । पहिलो खेलमै १० बलमा २२ रनको पारी खेल्दै पृथ्वीले आफूलाई प्रमाणित गरे । 

त्यसपछि दिल्लीका लागि लगातार उनले ओपनरको भूमिका निर्वाह गरे । कोलकाताविरुद्ध शाले ६२ रनको शानदार पारी खेले। यस पुरै सिजन उनले १५३ को स्ट्राइक रेटमा रन बनाए । 

३) अभिषेक शर्मा

तेस्रा खेलाडी हुन् अभिषेक शर्मा । जसले पहिलो खेलमै आफूतर्फ सबैको ध्यान तान्न सफल भए । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध अभिषेकले केबल १९ बलमा ४६ रनको विस्फोटक पारी खेल्दै आफ्नो छोटो ट्रेलर देखाए । 

जसले आगामी दिनमा धेरै आशा जगाइदिएका छन् । तर अभिषेकलाई बलिङको मौका मिलेन । दिल्ली आगामी सिजनमा उनी क्लबका लागि चम्किलो तारा बन्ने आशा जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.