भक्तबहादुर हवल्दार साबः जसले आचार्य श्रीनिवासको पोल खोले

भक्तबहादुर हवल्दार साबः जसले आचार्य श्रीनिवासको पोल खोले

 बिराटनगरः दर्जा प्रहरी हवल्दार । जिम्मेवारी अपराधिक घटनाबारे अनुसन्धान गरी समाजमा शान्ति सुरक्षा कायम गराउने ।  घटनाको अनुसन्धान गर्ने मात्रै हैन जतिसक्दो चाँडो अपराधमा संलग्न पत्ता लगाएर कानुनको दायरामा ल्याउनुपर्ने दायित्व पनि । यही दायित्व र जिम्मेवारी बोकेका भक्तबहादुर विष्टको कुनै घटना हुन साथ खोजी हुन थाल्छ । 

मोरङमा मात्रै होइन पूर्वका विभिन्न ठाउँमा भएका अपराधिक घटनाको अनुसन्धान गर्दै वास्तविकता पत्ता लगाउनेदेखि घटनामा संलग्नको पहिचानका लागि पनि प्रहरीका उच्च अधिकारीले उनकै खोजी गर्छन । 

दर्जा (पद) सानै भएपनि अपराध अनुसन्धानमा उत्कृष्टता प्रदर्शन गरेकै कारण पछिल्लो समय अपराधिक घटना हुन साथ उच्च अधिकारी मात्रै हैन सिंगो प्रहरी संगठनले उनकै आवश्यकता महसुस गर्ने गरेको छ । 

उनले पछिल्लो समय पूर्वमा भएका ठूला र जघन्य प्रकृतिका अपराधिक घटनाको सफल अनुसन्धान गरेका कारण उनी उच्च अधिकारीको नजरमा परेका छन् । ‘संगठनले दिएको सबै खाले जिम्मेवारी पूरा गर्ने हिसावमा कुनै कन्जुस्याई गर्दिन र गरेको पनि छैन,’ उनले भने, ‘जुनसुकै जिम्मेवारी पनि इमान्दारीपूर्वक निर्वाह गरेको छु ।’ 

पदीय हिसावले सानै जिम्मेवारीमा रहेका उनै विष्टले गर्ने अनुसन्धान कुनै अनुभवी र अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी अधिकारी भन्दा कम नभएको मोरङ प्रहरीका डीएसपी निशान थापाले बताए । 

थापाले भने, ‘विष्टको अपराध अनुसन्धान गर्ने तौडतरिका भिन्न र विशेष खालको छ । त्यही भएर कुनै पनि घटना हुन साथ अनुसन्धान गर्दै दोषी पत्ता लगाउने सन्दर्भमा उनकै खोजी हुनु स्वभाविक हो ।’ 

सम्बन्धित समाचार: धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा

उनले अनुसन्धानका क्रममा विष्टले प्रयोग गर्ने सुत्र र फिट गर्ने संयन्त्र अपराध अनुसन्धानका क्षेत्रमा काम गर्ने अन्य प्रहरीका लागि पनि आधार बन्ने बताए । डीएसपी थापाका अनुसार विष्टको नेत्रृत्वमा भएका सबै अपराधिक घटनाको सुष्म हिसावको अनुसन्धान सफल बनिरहेका छन् । 

अपराध अनुसन्धानमा विशेष कौशल प्रदर्शन गरिरहेका उनै प्रहरी हवल्दार विष्ट अनुसन्धानमा उत्कृष्ट ठहरिए पनि । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले अपराध अनुसन्धान सफल र उत्कृष्ट ढंगबाट गरेको भन्दै उनलाई बैशाख महिनाको पुलिस अफ दी मन्थको उपाधिबाट सम्मान गरेको छ । 

ठूला अपराधमा सुक्ष्मरुपमा अनुसन्धान गरी अपराधमा संलग्न पक्राउ गर्न मद्धत पुर्याएका कारण वर्षको पहिल्यै महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी ज्ञानविक्रम शाहले बताए । 

उनका अनुसार विष्टको सक्रियता र सफल अनुसन्धानकै कारण अपराधमा संलग्नहरु चाँडो पक्राउ परिरहेका छन् । 

‘सफल अनुसन्धान र अपराधमा संलग्न पक्राउ गर्न उनले खेलेको उल्लेखनीय भूमिका र सकारात्मक छापको कदर गरिएको हो,’ डीआईजी शाहले भने, ‘राम्रा काम गर्ने प्रहरीलाई यसरी हौसला प्रदान गरिन्छ र नराम्रो गर्नेलाई कारवाही गरिन्छ ।’ 

उनले निडर, निर्भिक र इमान्दार भएर अपराध नियन्त्रणमा उल्लेख्य भूमिका खेलेकै कारण विष्टलाई सम्मान गरिएको जानकारी दिए । 

जघन्य प्रकृतिका अपराध कर्तब्य ज्यान, ठगी, गोली प्रहार, लुटपाट लगायतका घटनाको सफल अनुसन्धान गरेको प्रदेश प्रहरी कार्यालयले दिएको सम्मान पत्रमा उल्लेख छ । 

पछिल्लो समय मोरङमा हत्या, ठगी, गोली प्रहार, लुटपाट, चोरी, बम विष्फोटका घटना भएका छन् । पछिल्लो समय धार्मिक दंगा फैल्याउने हिसाबले हिन्दुधर्म गुरु श्रीनिवास आचार्यले आफैँलाई गोली हान्न लगाएको वास्तविकता पत्ता लगाएको श्रेय पनि विष्टलाई नै जान्छ । 

हिन्दु धर्मगुरुका रुपमा परिचित आचार्य श्रीनिवास गत वैशाख २४ गते पक्राउ परेका थिए । मोरङ प्रहरीको टोलीले आफ्नै योजनामा आफैँलाई गोली हान्न लगाएको अभियोगमा श्रीनिवासलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

आचार्यमाथि चैत २५ गते गोली प्रहार भएको घटनाको हवलदार विस्टसहितले अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएपछि आचार्यलाई पक्राउ गरिएको थियो । 

त्यस्तै, विराटनगर १३ मा रहेको भारतीय राजदूतावासको कार्यालयमा गराइएको बम विष्फोट, भाइबरमार्फत चिट्ठा प¥यो भन्दै लाखौ रुपमा ठगी गरिएको, हुन्डी कारोबार संचालन गरेको लगायतका घटनाको अनुसन्धान विष्टकै सक्रियताले सफल बनेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

मोरङको कटहरीमा व्यापारिक घरनाका सासू बुहारीको गोली हानेर गरिएको हत्या तथा विराटनगर–१० मा तीन टुक्रा पारेर विभत्स तरिकाले गरिएको २० वर्षीय विनोद यादवको हत्या समेतका घटनाको वास्तविकता पत्ता लगाएकै कारण घटनामा संलग्न पक्राउ परेको श्रेय पनि विष्टलाई जाने एक प्रहरी अधिकारीले बताए । 

सम्बन्धित समाचार: श्रीनिवासाचार्य गोली प्रकरण : ‘समाज बिथोल्ने प्रयास’

विष्टकै अगुवाई र सक्रियतामा एक वर्षको अवधिमा तीन दर्जन ठूला र जघन्य प्रकृतिका अपराधिक घटनाको वास्तविकता पत्ता लागेको थियो । सफल अनुसन्धान गर्दै वास्तविकता पत्ता लगाउन सकेकै कारण घटनामा संलग्न उम्कन नपाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

एक प्रहरी अधिकारीले सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी तथा भन्सार छली र लागूऔषध ओसारपसार नियन्त्रणमा पनि विष्टको महत्वपूर्ण भूमिका खेलेका छन् । उनका अनुसार  २०५८ सालदेखि प्रहरी सेवामा आवद्ध हवल्दार बिष्ट ‘अन्डरकभर अप्रेसन’ का लागि साहसी र अनुभवी मानिन्छन् ।

विष्टलाई यस अघि पनि २०७३ सालमा पुलिस अफ दी मन्थका रुपमा सम्मान गरिएको थियो । उत्कृष्ट कार्य र अपराधिक घटनाको सफल अनुसन्धान गरेर दोस्रो पटक यो सम्मानबाट सम्मानित हुने उनी एक्लो प्रहरी कर्मचारी हुन् । 

प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्य र अपराधको सफल अनुसन्धान गर्ने प्रहरीलाई मूल्यांकन गर्दै प्रोत्सान र हौसला प्रदान गर्न प्रत्येक महिना पुलिस अफ दी मन्थबाट सम्मान गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.