महिला मन्त्रीको अवस्था: फुलमन्त्री भन्दा राज्यमन्त्री धनी

महिला मन्त्रीको अवस्था: फुलमन्त्री भन्दा राज्यमन्त्री धनी

काठमाडौँ: केपी ओली सरकारमा महिला मन्त्रीको आर्थिक अवस्था पुरुषको भन्दा कमजोर रहेको पाइएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा महिला मन्त्रीहरु गरिब देखिएका हुन् । यता अधिकांश मन्त्रीका श्रीमती भने करोडौँ सम्पत्तिका मालिक देखिएका छन् । 

मन्त्रीका श्रीमतीहरु करोडपति हुँदा महिला मन्त्रीहरु भने गरिब भएको सम्पत्ति विवरणले देखाएको हो । ओली सरकारका ४ महिला मन्त्रीमध्ये तीनजनाले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, खानेपानी मन्त्री विना मगर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमकुमारी अर्यालले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

थममाया गरिब मन्त्री 

पुरुष मन्त्रीको तुलनामा महिला मन्त्रीको सम्पत्ति न्यून देखिएको छ । मन्त्री थममाया थापाको म्यादीको बेनी-८ मा ७ रोपनी एकाना ८ दाम जग्गा र १ तोला तथा बैंकमा १५ हजार रुपैयाँ रहेको उल्लेख छ । सम्पत्ति विवरण अनुसार थापा सबैभन्दा गरिबमन्त्री भएकी छन् । 

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी खानेपानी मन्त्री मगरसँग ५ तोला सुन र १६ तोला चाँदी तथा श्रीमान स्वर्गीय प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको उल्लेख छ । 

मगरले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भरतपुर महानगरपालिका-१४ मा श्रीमान प्रकाशको नाममा २ कठ्ठा  र सासू सीता दाहालको नाम भरतपुर-१२ मा एक कठ्ठा जग्गा रहेको उल्लेख छ ।

राज्यमन्त्री धनी

दुई मन्त्री भन्दा राज्यमन्त्री पद्मा अर्याल धनी रहेको सम्पत्ति विवरणले देखाएको छ । स्याङ्जाको वालिङमा १२ आना जग्गामा घर रहेको अर्यालको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसैगरी कृषि विकास बैंकमा ८ लाख रुपैयाँ बचत रहेको उल्लेख छ । 

उनको नाममा मेगा बैकमा ९३३ वटा, जनता टिभीमा एक लाख, विभिन्न सहकारीमा ७५ हजार सेयर छ ।  राज्यमन्त्री अर्यालको नाममा एसबीआई बैंकमा ५ लाख ऋणसमेत छ । 

रुपन्देहीको देवदहमा १७ कठ्ठा २ धुर, बर्दियाको कालिकामा ५ कठ्ठा जग्गा हालै बिक्री गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । मन्त्री आर्यालका श्रीमान लक्ष्मीपति पौडेलको नाममा कीर्तिपुरमा साढे ९ आना, रुपन्देहीमा साढे १८ कठ्ठा, स्याङ्जाकै वालिङमा २ रोपनी ७ आना र अर्जुनचौपामा ६५ रोपनी जग्गा छ । श्रीमानकै नाममा ३ वटा ट्याक्टर समेत रहेका छन् । 

मन्त्री अर्यालसँग १५ तोला सुन र २० तोला चाँदी  रहेको सम्पत्ति विवरणमा उल्लेख छ । कृषि, भूमि व्यवस्था तथा सहकारी रामकुमारी चौधरीले भने सम्पत्ति विवरण सार्वजनिक गरेकी छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.