राष्ट्रकवि घिमिरेलाई  उपचारका लागि भारत लगियो

राष्ट्रकवि घिमिरेलाई  उपचारका लागि भारत लगियो

काठमाडौं  : राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई बुधबार थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । उनको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेहान्त अस्पतालमा लगिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिएकी छन् । 

वैशाख २८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराएका राष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि अपराह्न ५ बजे जेट एयरको विमानमार्फत भारत लगिएको उनले बताइन् । 

राष्ट्रकविको घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानु परेको उपचारमा संलग्न चिकित्सक डा‍‍ विवेक शर्माले बताए ।

घिमिरेका साथमा  छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत गएका छन् । करिब चार महिनादेखि अस्वस्थ हुँदै आएका घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  भारतीय चिकित्सकसँग परामर्श गरी घिमिरेलाई थप उपचारका लागि भारत लाने वातावरण बताइदिएका थिए । ओलीले  सरकारले सम्पूर्ण खर्च बेहोर्ने बताएपछि उनलाई भारत लगिएको हो ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.