लियोनेल मेसीको जर्सी सगरमाथा शिखरमा

लियोनेल मेसीको जर्सी सगरमाथा शिखरमा

काठमाडौँः अर्जेन्टिनाका विश्वचर्चित फुटबलर लियोनेल मेसीले पहिरिने १० नम्बरको जर्सी सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । मेसीले लगाउने अर्जेन्टिनाको १० नम्बरको जर्सी हिम आरोही डान जेङ्गलुबुुले मंगलबार सर्वोच्च शिखर सगरमाथामा फहराएका हुन् । 

आफ्नो जर्सी सगरमाथा शिखरमा फराइएपछि मेसीले आफ्ना फ्यानहरुको नाममा सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै खुसी व्यक्त गरेका छन् । 
मेसीले आफ्नो जर्सी डान जेङ्गलुबुले सगरमाथा शिखरमा पुर्याएको समाचार आफ्ना ८९.५ मिलियन फेसबुक फ्यानमाझ सेयर गर्दै उनलाई बधाई तथा धन्यवाद दिएका छन् ।

बधाई छ डान जेङ्गलुबु सगरमाथा शिखर चढ्न सफल भएकोमा’, मेसीले भनेका छन्, ‘यो अभूतपूर्व उपलब्धिका लागि धेरै धेरै बधाई अनि विश्वको शिखरमा मेरो जर्सी फहराएर मलाई त्यहीँ पुगेको महसुस गराएकोमा धन्यवाद ।’

मेसी अहिले रसियामा यही जुनबाट हुने विश्वकपको तयारीका लागि अर्नेन्टिनाको ब्युनोस आयर्समा ब्यस्त छन् । विश्वकपको तयारीस्वरुप उनको देशले यही मे २९ मा हाइटीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.