‘अन्डरग्राउन्ड’बिनै दरबार स्कुल

‘अन्डरग्राउन्ड’बिनै दरबार स्कुल

काठमाडौं ः रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार स्कुल) र सँगै जोडिएको संस्कृत माध्यमिक विद्यालयको नयाँ भवन अन्डरग्राउन्ड पार्किङबिनै बन्ने भएको छ। अन्डरग्राउन्ड पार्किङ नराखी भवन बनाउन काठमाडौं महानगरपालिकाले स्वीकृति नदिएका कारण विद्यालयको निर्माण प्रक्रिया अवरुद्ध भएको थियो। तर पार्किङको विषय उठाउँदा विद्यालय भवन नै नबन्ने सम्भावना बढेपछि महानगर आफ्नो अडानबाट पछि हटेको हो।

स्कुल निःशुल्क बनाइदिने प्रतिबद्धता जनाएको चिनियाँ सरकारले नक्साको डिजाइन निर्माण र स्वीकृतिको क्रममा विभिन्न समूहले बारम्बार अवरोध गरेपछि लगानी अन्यत्रै लैजाने चेतावनी दिएको थियो। उसको चेतावनीपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महानगरपालिकाका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधि विद्यालय परिसरमै उपस्थित भएर अन्डरग्राउन्डबिनै स्कुल बनाउने प्रतिबद्धता जनाएपछि विद्यालय बनाउन चिनियाँ पक्ष सहमत भएको छ।

‘विद्यालय बनाउन शिक्षामन्त्री र महानगरका प्रमुख प्रशासकीय अधिकृत नै उपस्थित भएर प्रतिबद्धता जनाएपछि निकै खुसी लागेको छ’, विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले भने। एक साताभित्र नक्साको स्वीकृतिलगायत सबै काम सक्ने काठमाडौं महानगरले जनाएको छ। ‘प्राविधिक हिसाबले पनि अन्डरग्राउन्ड पार्किङ राख्न उपयुक्त देखिएन। अब निर्माण प्रक्रिया सुरु हुन्छ’, महानगका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाले भने।

सम्झौताअनुसार गत जनावरीदेखि नै निर्माण सुरु गरिसक्नुपर्ने विद्यालयमा नक्साको डिजाइन र स्वीकृतिमा ढिलाइ भएकै कारण निर्माण रोकिएको थियो। विगतका महानगरका प्रतिनिधिकै उपस्थितिमा चारतले भवन बनाउने तर पुरानो स्वरूप नबिगार्ने गरी नक्सा बनाउने सहमति भएको थियो। तर नक्सा स्वीकृत गर्ने समयमा महानगरले राजधानीको सवारी पार्किङको समस्या देखाउँदै विद्यालय परिसरमै अन्डरग्राउन्ड पार्किङ पनि बनाउनुपर्ने अडान लिएर नक्सा स्वीकृत गर्न मानेको थिएन।

पार्किङको विषय उठाउँदा विद्यालय भवन नै नबन्ने सम्भावना बढेपछि महानगर आफ्नो अडानबाट पछि हटेको हो।

नक्सा डिजाइनको समयमा अन्डरग्राउन्ड पार्किङको विषय नउठाउने तर स्वीकृति गर्ने बेलामा मात्र नयाँ विषय ल्याएर अड्को थापेको भन्दै चिनियाँ पक्षले असहमति जनाएको थियो। शैक्षिक संस्था र स्वास्थ्य संस्थाको भवनमा अन्डरग्राउन्ड पार्किङ बनाउने आफूहरूको नीति नरहेको र विगतदेखि नै प्रक्रिया सुरु गरिएको विद्यालय बनाउन नपाए आफूहरूले बनाइदिने भनेको अन्य १५ वटा विद्यालय पनि नबनाइदिने उसले अडान लिएपछि महानगरपालिका आफ्नो अडानबाट पछि हटेको हो।

दरबार स्कुलमा अन्डरग्राउन्ड पार्किङकै कारण चिनियाँले अन्य १५ वटा स्कुलमा पनि गर्न लागेको लगानी फिर्ता लैजान लागेको समाचार सार्वजनिक भए पनि प्रधानमन्त्री कार्यालयले पनि चासो राखेको थियो। प्रधानमन्त्रीले नै चासो राखेपछि शिक्षामन्त्री पोखरेल सोमबार आफैं विद्यालयमा उपस्थित भएर पुनर्निर्माण सोही दिनदेखि सुरु भएको घोषणा गरेका थिए।

भवन निर्माणका लागि नक्सा बनाउन छलफल थाल्दा सुुरुमा दरबार स्कुुल रहेको ठाउँ पुुराताŒिवक हिसाबले महŒवपूर्ण रहेको दाबी गर्दै पुुरातŒव विभागले पुुरानै शैलीमा बनाउनुुपर्ने अडान राखेर अवरोध गरेको थियो। लामो समयको बहसपछि विभागको स्वीकृतिमा भवनको पुुरानो स्वरूप र उचाइ नबिग्रने गरी चारतले नयाँ भवन बनाउने सहमति जुुटेको थियो। दुवैतर्फको विद्यालय भवन बनाउन ८० करोड नेपाली रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसमा राज्यको कुनै पनि लगानी छैन।

०००

विद्यार्थीलाई वाल्मीकि सारिने

पुरानो भवन भत्किएपछि स्कुल परिसरमै अस्थायी टहरा बनाएर राखिएका विद्यार्थीलाई नयाँ भवन बन्ने समय अवधिभर प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस परिसरमा अस्थायी टहरा बनाएर राखिने भएको छ। दुवै स्कुल (भानु र संस्कृत)का विद्यार्थीका लागि अस्थायी टहरा निर्माण सुरु भइसकेको भानु माविका प्रधानाध्यापक हेमचन्द्र महतोले बताए। जेठ अन्त्यसम्ममा विद्यार्थीलाई अस्थायी टहरामा राखेर सारिने उनको भनाइ छ। अस्थायी टहरा पनि चिनियाँ सरकारले नै निर्माण गरिदिने सहमति भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.